‘मुन्नी’को भूमिकामा देखिएकी प्रियना आचार्य आउनसाथ किन रोकियो भद्रगोल ?



 

टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोलको प्रशारण रोकिएपछि यसका शुभचिन्तकहरू निराश बनेका छन् ।

भद्रगोलको नयाँ श्रृंखलाको पर्खाइमा रहेका दर्शकहरू अन्योलमा रहेका बेला भद्रगोलकै एक कलाकारले भद्रगोल रोकिनुको कारण खुलाएका छन् ।‘

एकदुमे’को भूमिकामा अभिनय गर्ने कलाकार सुवोध गौतमले नयाँ आर्थिक वर्ष शुरू भएपछि नवीकरण लगायतका प्रक्रिया पूरा नभएकाले भद्रगोल रोकिएको सन्देश फेसबूकमा लेखेका छन् ।

 

‘नयाँ आर्थिक वर्षको शुरूवातसँगै भद्रगोल सर्जकहरू र मिडिया एजेन्सीबीचमा नयाँ सम्झौता गर्नुपर्ने भएको हुँदा नयाँ सम्झौता प्रक्रिया पूरा नहुञ्जेल केही हप्ता नयाँ भाग भद्रगोल प्रशारण हुन नसक्ने कुरा जानकारी गराउँदछौं ।

नयाँ सम्झौता प्रक्रिया पूरा हुनासाथ फेरि हामी नयाँ भाग लिएर आउने छौं । यसबाट दर्शक महानुभावमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।

भद्रगोल परिवार ।’ गौतमले फेसबूकमा लेखेका छन् ।पछिल्लो दुई श्रृंखलामा ‘मुन्नी’को भूमिकामा देखिएकी प्रियना आचार्यलाई तेस्रो श्रृंखलामा देख्न पाइएला कि नपाइएला भनेर दर्शकहरू कौतुहल थिए । अब त्यो कौतुहलता अझै केही दिन रहने भएको छ ।

नेपालमा बलिउड चलचित्रको प्रभाव कति छ भन्ने कुरा जब बलिउडको प्रतीक्षित चलचित्र रिलिज हुन्छ र त्यस चलचित्रसँग प्रतिस्पर्धामा आउने साहस गर्ने नेपाली चलचित्र हुँदैनन् त्यति बेला प्रमाणित हुन्छ ।

पछिल्लो समय बलिउड चलचित्रको प्रदर्शनको विषयलाई लिएर निकै नै बहस चल्यो । नेपाली चलचित्रलाई ठुला ब्यानरका बलिउड चलचित्रबाट जति त्रास छ उति नै सगँसगैँ प्रदर्शनमा प्रतिस्पर्धा गर्ने आँट छैन ।

पछिल्ला केही चलचित्रलाई मानक मान्ने हो भने हलमा राम्रो दर्शक पाइरहेका नेपाली चलचित्रले एकाएक बलिउड चलचित्र रिलिज भएसँगै दर्शकको खडेरी भोग्नु पर्‍यो ।

यसै कारण पनि नेपाली चलचित्र निर्माताहरूले प्रदर्शनको मिति र नेपाली हलवालाहरूले नेपाली चलचित्रलाई गर्ने पक्षपातको विषयलाई लिएर अदालतको ढोका नै ढकढकाए तर नजिता खासै उपल्ब्धिमुलक आएन ।

सानो बजार अनि सीमित दर्शकको पहुँच भएको कारण मात्र नभएर नेपाली चलचित्रले गर्न नसकेको स्तरोन्नतीका कारण पनि नेपाली चलचित्रलाई दर्शकले हत्तपत्त विश्वास गर्दैनन् ।आजको दिनसम्म आइपुग्दा नेपाली चलचित्रको बजार भनेको राजधानी केन्द्रित नै हो ।

देशका अन्य मुख्य सहरसम्म यसको आयतन फैलिए पनि दुरदराजका दर्शकको लागी भने आकाशको फल नै हुने गरेको छ ।हाम्रो चलचित्रको जन्म हुँदा केही भोटो फेरिसकेको बलिउडले अघिल्लो पुस्ता र आजका पुस्ता समेतलाई चलचित्र हेर्न सिकाएको नकार्न सकिँदैन । नेपाली चलचित्रको इतिहास देखी हेर्ने हो भने हिन्दी चलचित्रको औँला समातेर नेपाली चलचित्रले हिँड्न सिकेको हो । आज पनि अधिकांश चलचित्र कुनै न कुनै हिसाबले बलिउडबाट प्रभावित भएका हुन्छन् ।

प्रविधि देखी कलाकार अनि कथासम्म बलिउडबाटै सापटी लिएर नेपाली चलचित्रलाई संवृद्ध बनाउन यात्रा सुरु गरेको प्रमाण हामी माझ आजसम्म पनि छ । नेपाली चलचित्रको विकासको सुरुवाती दिनहरूमा भर्खर सङ्घर्षकालीन अवस्थामा गुज्रिरहेको बलिउडसँगै हिँडिरहेको हाम्रो चलचित्रले आफ्नो आयतन कति फैलाउन

सक्यो त्यो त चलचित्रको विकाश र स्तरोन्नतीलाई नजिकबाट नियालिरहेकाले बताउलान् तर हामी भने आज पनि कुन हप्ता बलिउड चलचित्र प्रदर्शनमा आउनेछैन आइहाले पनि कुन ब्यानर र प्रतीक्षित अप्रतिक्षित चलचित्र मापन गर्दै आफ्नाले तन मन अनि जीवनभर लगाएर कमाएको धन लगाएर निर्माण गरेको चलचित्र प्रदर्शन गर्न क्यालेन्डर हेर्छौँ । हामीलाई आफूले बनाएको चलचित्रमा विश्वास कम र आशङ्का बढी छ । हामी आफू बाँचेको समय, दर्शकको आँखा, अनि रुचिलाई चिन्न कन्जुस्याईं गर्छौँ अनि समाचारको हेडलाईनमा आफ्नो नाम पर्‍यो परेन र कसरी पार्ने भन्दै एक पछि अर्को चलचित्र बनाउँछौँ ।

अर्को तर्फ हेरौँ हामीलाई थाहा छ नेपाली चलचित्रको भूगोल सानो छ , हामीले गर्ने लगानी सानो छ, श्रोत साधन कमी छ अनि कमी छ नेपाली चलचित्र प्रतिको विश्वास । आफूले सबै थोक सुम्पेर बनाएको चलचित्र राम्रो चलोस् दर्शकले माया गरुन् अनि फेरी अर्को पटक काम गर्दा कमी कमजोरी सुधार्न पाइयोस् भन्ने सबै निर्माता लगायत चलचित्रकर्मीलाई लाग्छ तर कुरा आफूमा मात्रै आएर टुङ्गिने भन्ने होइन ।

यहाँ त हरेक कुरामा व्यवसाय छ व्यापार छ पैसा छ । जहाँ पैसा छैन त्यहाँ केही छैन । चलचित्र निर्माण गर्नु मात्र ठुलो कुरा होइन यसलाई कसरी बजारमा ल्याउने भन्ने ठुलो कुरा हो ।

कुरा यहाँ नेर आएर अड्किन्छ किनकि चलचित्र बनाउनु, कलाकारले अभिनय गर्नु अनि साना साना कुरालाई निक्कै मिहिनेत गरेर सिङ्गो चलचित्रको रूप दिनु एउटा कला भयो । तर जब चलचित्रले एउटा रूप पाउँछ तब त्यो पुग्ने त व्यावसायिक बस्तु भएर हलमा नै हो जहाँ चलचित्र होइन बस्तु बेचिन्छ ।

जुन राम्रो देखिन्छ जुन बढी बिक्छ उहीको डिमान्ड बढी हुन्छ । कुरा आएर जोडिन्छ हिन्दी सिनेमा र नेपाली सिनेमा अनि प्रदर्शन मिति र हलले दिने शोजमा । अवश्य पनि बलिउड सिनेमा कलाको रूपमा मात्र नभएर दर्शको नाडी छामेर बनाइन्छ र त हाम्रो सिनेजगतमा उसैको चर्चा बढी हुन्छ डर बढी हुन्छ । दर्शकलाई पनि कुन हप्ता आफूलाई मन पर्ने कलाकारको फिल्म रिलिज हुँदै छ कण्ठ हुन्छ ।

नेपाली चलचित्रको विकास हुनु नहुनु अनि दर्शकले अपेक्षा गरेका जस्ता चलचित्र दिन सक्नु नसक्नु यी सबै हामी आफैँमा भर पर्ने कुरा हुन् । निर्माण गर्नेले आफूले पार गर्नु पर्ने हद, दर्शकले राख्नु पर्ने अपेक्षाका सिमाना अनि व्यवसायिकतामा एकरुपता र पारदर्शिता लगायत कुराको सही संयोजन भएकै एउटा इन्डस्ट्रीको लागी सफल मानक हुन सक्छन् ।

पक्कै पनि अरूको मुख ताकेर बस्ने र अरूले छोडेको भाग प पर्खेर बस्ने प्रवृत्ति हरेक क्षेत्रको अधोगतीका लागी मानक हुन् । नेपाली चलचित्रको अलग र उच्च स्थान निर्माण गर्न जिम्मेवारी हामी सबैको छ । बलिउड चलचित्रको मितिलाई केन्द्रमा राखेर नेपाली चलचित्रले मिति तोक्नु पर्ने दिनको छिट्टै समाप्ति होओस् कामना ।

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।