हुलाक टिकटमा सलहेस फूल छाप्ने मन्त्रीको प्रतिबद्ता



हाम्रो इकोनोमि

 

 

सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले हुलाक टिकटमा सलहेस फूल छाप्ने प्रतिबद्ता जनाएका छन् । रैथाने एकता परिषदको हुलाक टिकटमा सलहेस फूल छाप्न माग गरेको थियो । सिरहाको लहान छेउमा करिव ९ बिगाहा क्षेत्रफलमा रहेको ऐतिहासिक सलहेस फूलवारीमा प्रत्येक बर्ष बैशाख १ गते हारम प्रजातीको रुखमा फूल्ने फूललाई सलहेस फूल भन्ने गरिन्छ ।

 

नयाँ बर्षको पहिलो दिन फूल्ने उक्त फूल हेर्न मोरगं , सप्तरी , सिरहा , धनुषा लगायतका जिल्लाहरुबाट लाखौँको सख्याँमा आन्तरीक पर्यटक सलहेस फूलवारीमा भेला हुने गरेका छन् भने भारतको पट्ना , बगांल , समस्तिपुर , मधुवनी , दरभगां , सितामाडी देखी राजधानी दिल्लिबाट समेत हजारौँको सख्याँमा धार्मिक पर्यटकहरु ओईरिने गरेका छन् । ऐतिहासिक राजा सलहेस र उनका भाईहरु मोतिराम र बुधेश्वरले नजिकै रहेको मानिक दहमा नुहाएर उक्त फूलवारीमा फूलेका फूलहरु टिपेर देवता पुज्ने गरेको किवंदन्ति छ ।

 

हुलाक टिकट छापिदा राष्ट्यि महत्वको बिषय बन्ने तथा अन्तराष्ट्यिस्तरमा सलहेस फूलको प्रचार प्रशार हुने र बाह्य पर्यटनको ध्यान केन्द्रित गर्न सहयोग पुग्ने भएकाले सरकारसगँ हुलाक टिकटमा सलहेस फूल छाप्न माग गरेका हौँ , रैथाने एकता परिषद्का सयोंजक सन्तोष बराइलीले भने , हाम्रो माग सम्बोधन गर्दै सञ्चार मन्त्री गोकुल बास्कोटाले सार्वजानिका रुपमै हुलाक टिकटमा सलहेस फूल छाप्ने प्रतिबद्ता जनाएका छन् । रेडियो नेपालको प्रादेशिक प्रसारण प्रदेस नम्बर दुईको नयाँ भवन शिलान्यास तथा प्रादेशिक प्रशारणको शुभारम्भ गर्न शनिवार महोतरीको बर्दिवास , गौरीडाँडा आएका सञ्चारमन्त्री बास्कोटालाई भेटेर रैथाने एकता परिषद्का सयोंजक बराइली सहित परिषद्का दुई दर्जन बढि नेताले लिखित माग पत्र मन्त्री बास्कोटालाई बुझाएका थिए ।

 

प्रादेशिक प्रशारणको सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गोकुल बास्कोटाले आउने आर्थिक बर्षबाट लागु हुने गरि हुलाक टिकटमा सलहेस फूल छाप्ने प्रतिबद्ता जनाएका थिए । हुलाकको टिकट सञ्चार मन्त्रालयले छाप्दै आएको छ । रेडियो नेपालको प्रादेशिक प्रशारण शुभारम्भ कार्यक्रममा प्रदेश दुईका मुख्यमन्त्री लालबावु राउत पनि शिशेष अतिथिको रुपमा सहभागी थिए । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटा र मुख्यमन्त्री राउतले प्रादेशिक प्रशारणको सयुंक्त रुपमा शुभारम्भ गरेका थिए ।

 

गौरिडाँडास्थित रेडियो नेपालको क्षेत्रिय कार्यालयको प्रागंणमा आयोजित शुभारम्भ कार्यक्रममा प्रदेश दुईका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव , प्रदेशसभा सदस्यहरु , बिभिन्न नगरपालिका र गाउँपालिकाहरुका प्रमुख , उपप्रमुख लगायत जनप्रतिनिधी र स्थानिय निकायका कर्मचारीहरुको बाक्लो उपस्थित थियो । शुभारम्भ कार्यक्रमको रेडियो नेपालले प्रत्यक्ष प्रशारण गरिएको थियो । मधेसका रैथाने समुदायको हक अधिकार खोसिदै गएको र रैथाने समुदायको हक अधिार खोसिन नदिन आवाज उठाउने उदेस्यले तीन बर्ष अघि लहानमा भब्य मोटर साईकल र्याली गरेर सन्तोष बराइलीको नेतृत्वमा रैथाने एकता परिषद् घोषणा गरिएको थियो । उतिबेला तत्कालिन एमालेले मधेसवादी दलहरु विरुद् मधेसमा गतिविधी गर्न रैथाने एकता परिषद् गठन गरेको आरोप लगाईएको थियो ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...