प्रधानमन्त्रीद्वारा बाराको फेटा गाउँपालिकाको हवाइ निरीक्षण



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले हवाहुरी प्रभावित बाराको फेटा गाउँपालिकाको हवाइ निरीक्षण गरेका छन् ।  झापाबाट बारा आइपुगेका प्रधानमन्त्री ओलीले सोमबार दिउँसो हावाहुरीबाट सबैभन्दा बढी प्रभावित फेटाको हेलिकोप्टरबाट निरीक्षण गरेका हुन् ।

 

प्रधानमन्त्री चढेको हेलिकोप्टर घटनास्थलको निरीक्षणपछि कलैयास्थित सेनाको क्याम्पमा अवतरण भयो । त्यहाँ प्रधानमन्त्रीले हावाहुरीबाट भएको क्षति, उद्धार तथा राहतमा भइरहेको प्रयासबारे ‘ब्रिफिङ’ लिएका छन् ।

 

आइतबार विभिन्न कार्यक्रममा भाग लिन गृहजिल्ला मोरङ र झापा पुगेका प्रधानमन्त्री ओली तथा गृहमन्त्री रामबहादुर थापा बादल नेपाली सेनाको हेलिकोप्टरबाट सोमबार बारामा ओर्लिएका हुन् ।

 

प्रधानमन्त्रीसँगै घटनास्थलमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा बादल पनि छन् । साथै कलैयामा प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र  तीनवटै सुरक्षा निकायका प्रमुखहरु सहभागी छन् ।

घटनाको निरीक्षण र ‘ब्रिफिङ’पछि प्रधानमन्त्रीसहितको उच्चस्तरीय टोलीले कलैया अस्पतालमा रहेका बिरामीलाई भेट्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले  बताए ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...