यस्ता घुर्कीले प्रधानमन्त्रीको एउटा रौ पनि झर्दैनः बालुवाटार



हाम्रो इकोनोमि

 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बोलाइएको पार्टीको सचिवालय बैठक अघि अनौठो किस्सा भयो । सचिवालय सदस्य वामदेव गौतमको हकमा त्यो किस्सा नौलो थिएन । तर, बाँकी तीन सदस्यको हकमा नौलो भयो । किन भने, वामदेव केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा पनि बोलाएर कुराउने, अपमान गर्ने भन्दै सन्केर हिँडेको हल्ला बालुवाटारभरी छ । त्यही कुरा काटेर बसिरहेका छन्, बालुवाटारेहरु ।

 

बैठक ३ बजे बोलाइएकाले सचिवालय सदस्यहरु समयमै बालुवाटार पुगे । त्यसमा पनि वरिष्ठ नेता माधवकुमार नेपाल सबै भन्दा पहिले पुगे । क्रमशः झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटार छिरे । तर, ‘साढे ३ बज्दा पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बैठक कक्षमा आएनन् ।

 

 यो, कुरा गुनासो गर्दै बाहिर निस्किएका झलनाथ खानलले भनेका । सुरुमा त उनले, ‘१५ मिनेटभन्दा बढी नपर्खिने पहिल्यै गरिएको निर्णय पालना नगरिएकाले चारजना उठेर हिँडेका हौँ’ भने । तर, पछि पार्टी संचालनको विधि पालना नगरेको र संचालनमा देखिएको बेथितिविरुद्ध कदम चालेकोसम्म भन्न भ्याए ।

 

यसअघि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले साउन पहिलो हप्ता बसेको सचिवालय बैठकमा कडिकडाउसाथ कुरा राखेपछि ‘तोकिएको समयभन्दा बैठक बस्न एक–डेढ घण्टा ढिलो हुन थालेपछि समयको पालना गर्ने, १५ मिनेटभन्दा ढिलाई नगर्ने विषयमा दुई पटक छलफल गरेर अबका दिनमा त्यसो नगर्ने समझदारीसहित निर्णय गरिएको थियो । पार्टी संचालनमा विधि र प्रक्रियाबारे प्रश्न उठाउँदै बैठक बहिष्कार गरिएको वरिष्ठ नेता झलनाथ खनालको भनाई छ । उनले आफुहरुले सल्लाह गरेर उठेर हिँडेको बताए ।

 

उनीहरुले बैठक बहिस्कार गरे पनि अध्यक्षद्वय ओली र प्रचण्डसहित ५ जना बैठक बसे । महासचिव पौडेल, सचिवालय सदस्यद्वय रामबहादुर थापा र ईश्वर पोखरेल सहभागि बैठकले २९ मंसिरमा स्थायी समिति बैठक बोलाउने निर्णय गर्‍यो । तर, सचिवालय बैठक भने अनिश्चित बनेको छ ।

 

यो क्षणिक मुभमेन्ट हो, संगठित होइन

पहिले त्यसैत्यसै स्थगित हुने बैठक अहिले चार जना शीर्षस्थ नेताले बहिस्कार गर्दा पनि बस्ने ? निर्णय गर्ने ? ती चार जनाको मुभमेन्टलाई कसरी लिने ? भनी प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसँग जिज्ञासा राख्दा, उनीबाट यसको जवाफ आएन । उनी बैठकमा व्यस्त भए ।

 

उनले भने, ‘अहिले म यो विषयमा कुरा गर्ने ठाउँमा छैन । पछि कुरा गरौँला ।’ यही जिज्ञासा सचिवालय बैठकमा सहभागि महासचिव विष्णु पौडेललाई राखियो । उनले भने, ‘यसमा बाहिर जेजति कुराहरु आएका छन् त्यति नै हो, अरु कुनै कारण वा इस्यु छैन ।’

 

यही जिज्ञासा प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्याललाई राख्दा उनले यो क्षणिक मुभमेन्ट हो, भने । उनले अगाडि थपे, ‘यो क्षणिक कुरा हो । झोंक चलेर उठ्नु भएको होला । यो झट्ट भएको कुरा हो । यसमा गहिरो कुनै कारण लुकेको छैन । चारै जना संगठित भएर लागेको भन्ने हुँदै होइन ।’

 

उनीहरुले पार्टी संचालनको कार्यशैली र अध्यक्षको भूमिकामाथि प्रश्न उठाएका छन् कसरी क्षणिक भो ? जवाफमा उनले भने, ‘त्यसरी भन्ने हो भने, फेरि एसिया प्यासिफिक सम्मेलनको कुरा आउँछ । माधव नेपालले आयोजना गरेको भनियो भन्नलाई । त्यहाँ नारायणकाजी त जानु भएन नि ! त्यसैले यो संगठित होइन ।’

 

अनि के यो प्रधानमन्त्रीको हुर्मत लिन खोजेको ? जवाफमा उनले भने, ‘मैले भने त, त्यस्तो गहिरो विषय होइन । बैठकले निर्णय सुनायो । उहाँहरु हिड्नु भएपछि अध्यक्षले फोन गर्नु भएको छ । नेताहरुबीच सल्लाह नगरी निर्णय सार्वजनिक त हुँदैन नि ! सल्लाहले नै निर्णय बाहिर आएको हो ।’

 

वामदेव सन्केपछि चारैजना उठेर हिँडे  
सबैभन्दा पहिले वरिष्ठ नेता माधवकुमार नेपाल बालुवाटार पुगे, समयमै । अध्यक्षद्वय २ बजेदेखि अर्को कक्षमा परामर्शमा रहेको जानकारी गराउँदै महासचिव विष्णु पौडेल प्राविधिक कामका लागि अर्को कम्युटर कक्षतिर हानिए ।

 

लगत्तै झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बालुवाटारमा प्रकट भए । दुबै अध्यक्ष बैठक कक्षमा आउन ढिलाई भएपछि आएकाजति सदस्यलाई समय कटाउन बालुवाटार व्यवस्थापनले चिया र मकैको व्यवस्था गर्‍यो ।

 

ढिलो हुँदै गएपछि वामदेव सन्किए, ‘बैठकमा बोलाएर अपमान गर्ने ?’ बैठकमा कुराउने र स्थगित गर्ने कार्यशैली सुधार नभएको भन्दै उनी सन्किएपछि चारै जनाले आपसी कुराकानी गरे । वामदेवले भनेपछि दुई बरिष्ठ नेता नेपाल, खनाल सहित प्रवक्ता श्रेष्ठ सामूहिक बहिष्कारका लागि राजी भए । वामदेव ओलीको अघिल्लो कार्यकालमा पनि यसरी नै, बोलाएर अपमान गर्ने भन्दै सन्केर हिडेका बताइएको छ ।

 

वामदेवकै वहकाउमा बाँकी सदस्यहरु पनि बाहिरिएको, भन्छ बालुवाटार। बैठक बहिस्कारपछि गौतमले विभिन्न संचारमाध्यमलाई अन्र्तवार्ता दिँदै बैठक प्रधानमन्त्री निवासमा नभई होइन पार्टी कार्यालयमा बस्नुपर्छ, भनेका छन् ।

 

उनले दुवै अध्यक्षले बैठकमा फर्किन फोन गरेपनि आफुहरु नफर्किएको कुरा उनले सुनाएका छन् । उनले यो विषय सामान्य नभएको बताउँदा बालुवाटार स्रोतले भने, यो क्षणिक मुभमेन्ट भएकाले यस्ता घुर्कीले प्रधानमन्त्रीको एउटा रौ पनि नझर्ने प्रतिक्रिया दिएको छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...