देउवालाई सिध्याउन चाक्सिबारीमा बन्यो यस्तो खर्तनाक ग्राण्ड डिजाईन



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका देउवा इतरका नेताहरुले कांग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा बृहद् बैठक गरेका छन् । आईतबार विहान देउवा इतरका नेताहरुले आगामी रणनीति र आसन्न महासमिति बैठकमा प्रस्तुत हुने खाकाको तयारीको लागि बैठक गरेका हुन् ।

 

बैठकले महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको विधान मस्यौदा समितिको आईतबार हुने बैठकमा प्रस्तुत गर्ने धारणाको विषयमा समितिका सदस्यहरुलाई सुझाव दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सो समितिमा चाक्सिबारीमा उपस्थित भएकाहरु मध्ये मिनेन्द्र रिजाल, प्रदीप पौडेल, लगायतका नेताहरु रहेका छन् ।

 

सो बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री सिंह, पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी,  केन्द्रीय सदस्यहरु दिलेन्द्र बडु, डा. शेखर कोइराला, चन्द्र भण्डारी, गगन थापा, प्रदीप पौडेल, नविन्द्रराज जोशी, कमला पन्त, जीवन परियार, काठमाडौं जिल्ला सभापति सबुज बानियाँ लगायतको उपस्थिती थियो । बैठकमा महासमिति बैठकमा प्रस्तुत हुने रणनीतिबारे समेत छलफल भएको बतार्इएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...