राजदूतको सुनुवाई हुदै, को को छन चार जना



हाम्रो इकोनोमि

 

सरकारद्धारा चार देशका लागि प्रस्तावित राजदूतको सुनुवाई आज हुदैछ । चारै जना प्रस्तावित राजदूतविरुद्ध कुनै उजुरी नपरेकाले सबैको नाम अनुमोदन हुने सम्भावना बलियो रहेको छ । संघीय संसदको संसदीय सुनुवाई समितिले प्रस्तावित राजदुतलाई सुनुवाईका लागि विहान साढे ११ बजे बोलाएको छ ।

 

प्रस्तावित चारै जनालाई साढे ११ बजे बोलाएको भएपनि पालैपालो सुनुवाई गर्ने समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । सरकारले राजदूतमा भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अञ्जान शाक्य र यूएईका लागि कृष्णप्रसाद ढकालको नाम सिफारिस गरेको छ ।

 

सुनुवाई समितिले यसअघि गत शुक्रबार उजुरी कर्तासँग र विभिन्न मुलुकमा राजदुतको जिम्मेवारी सम्हालिसकेका पूर्वराजदुतको अनुभवका विषयमा पनि छलफल गरेको थियो ।

 

प्रस्तावित राजदुतविरुद्ध ब्यक्तिगत उजुरी नपरेपनि चयन प्रक्रिया लगायत सैद्धान्तिक पक्षलाई समेटेर एउटा उजुरी परेको थियो । प्रस्तावित राजदुतको संसदीय सुनुवाई सकिएपछि सरकारको सिफारिस व्यक्तिको नाम अनुमोदनका लागि सम्बन्धित मुलुकमा पठाउने छ । उहाहरुको स्वीकृतिपछि सरकारको सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...