मिस वर्ल्डमा शृंखला खतिवडाको आज अन्तिम परीक्षा, नेता र अभिनेताहरुको शुभकामना



 

विश्व सुन्दरी प्रतियोगितामा नेपाल सुन्दरी शृंखला खतिवडाको आज अन्तिम परीक्षा छ । चीनको सान्यामा जारी मिस वर्ल्ड २०१८ को आज फाइनल राउन्ड हो । फाइनल राउन्डको बिजेता नै मिस वल्र्ड २०१८ हुनेछ । मिस वल्र्डका लागि नेपाल सुन्दरी खतिवडाले बलियो दावेदारी पेश गरिरहेकी छिन् ।

प्रतियोगितामा १२१ देशका सुन्दरीहरुले प्रतिस्पर्धा गरिरहेका थिए । अन्तिम ३० मा नेपाल सुन्दरी खतिवडा पुग्न सफल भएकी छिन् । उनी विश्व सुन्दरी हुन्छिन की हुँदैनन् त्यसको ब्यग्र प्रतिक्षा नेपालमा भइरहेको छ । कतिपय नेपालीले त्यसलाई राष्ट्रिय गौरवका रूपमा लिएका छन्, भने कतिपय परम्परागत विरोधीहरुले विरोध नै गरिरहेका छन् ।

नेपाल सुन्दरी शंखला खतिवडालाई नेतादेखि अभिनेतासम्मले हौसला प्रदान गर्दै शुभकामना दिएका छन् । अभिनेत्री केकी अधिकारीदेखि माल्भिका सुब्बासम्मले हौसला प्रदान गरेका छन् भने नेकपा नेता योगेश भट्टराईले अघिदेखि नै हौसला प्रदान गर्दै आएका छन् ।

 

नेकपा नेता तथा बाबु विरोध खतिवडा छोरीलाई हौसला दिन बेइजिड पुगेका छन् । कतिपय नेपालीहरुले शंखलालाई शुभकामना दिँदै उपाधी जिते पनि नजितेपनि उनले नेपालको नाम विश्वसामु राखेर नेपालीको मन जितेको भन्दै शुभकामना दिएका छन् ।

नेपालबाट धेरै सुन्दरीहरुले विश्व सुन्दरी प्रतियोगितामा भाग लिए । तर सवै पहिलो वा दोस्रो राउन्डबाटै बाहिरिए । तर शंखला फाइनल राउन्डमा पुगेपछि नेपालबाट पहिलो विश्व सुन्दरी हुन शुभकामना दिइरहेका छन् । शंखला विश्व सुन्दरी नभएपनि प्रतियोगिताको एउटा उपाधि ब्युटी विथ पर्पोज जितिसकेकी छिन् ।

 

यसअघि भारतकी मानुषी छिल्लर विश्व सुन्दरी भएकी थिइन । उनले आज छानिने विश्व सुन्दरीको ताज पहिराउने छिन् । त्यही ताज लिएर शंखला नेपाल आउने आशा धेरैले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट

माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका