ओली गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्री हुन् : खड्का



 

शाही यूवा शक्ति, नेपालका अध्यक्ष पशुपति खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्रीको संज्ञा दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा शाही यूवा शक्ति, नेपालले आगामी पुष १ गते काठमाडौंमा गर्न लागिएको विशाल मोटरसाईकल र्यालीको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खड्काले वर्तमान सरकारका प्रधानमन्त्री सक्रिय राजतन्त्रभन्दा सयौं गुणा निरंकुश बनेको आरोप लगाएका हुन् ।

 

खड्काले भने,‘वर्तमान शासन सत्ता जनताको भावनाविपरित चलेको छ, गणतन्त्रभन्दा सक्रिय राजतन्त्र एकदमै जनपक्षीय थियो, केही निश्चित् नेताहरुको स्वार्थमा जनताहरु रनभुल्लमा परेर हिजोको दिनमा गल्ति गरेका हुन, अब चेतिसकेका छन्, सरकारले राष्ट्र, राष्ट्रियता र धर्मलाई डलरमा बिक्री गरेको छ, नेपाली जनताहरुले आफ्नो धर्म, राष्ट्र र राष्ट्रियताका बारेमा गम्भिर बन्नुपर्ने स्थिति आएको छ ।’

 

वर्तमान सरकार र सरकारका मन्त्रीहरुका क्रियाकलापहरुलाई जनताले अस्वीकार गरेको दाबी गर्दै अध्यक्ष खड्काले भने, ‘देशमा राजतन्त्र चाहिन्छ, अहिलेका नेताहरुभन्दा राजा कयौं गुणा ठीक रहेछन्, भन्ने जनताले महशुस गरिसकेका छन् ।’

 

पहिलोपटक १९१० मा जंगबहादुर राणा र दोस्रोपटक २०२० सालमा राजा महेन्द्र शाहको पालामा बनेको मुलुकी ऐनको सम्झनामा मात्र शाही यूवा शक्ति नेपालले पुस १ गते विशाल मोटरसाईकल ¥यालीको आयोजना गरेको बताउँदै अध्यक्ष खड्काले यो तेश्रो पटकको आयोजना भएको बताए ।

 

उनले भने,‘पाँच विकास क्षत्र, १४ अञ्चल र ७५ जिल्ला कायम राख्ने र राजतन्त्रात्मक शासन व्यवस्थाका आधारमा मुलुकलाई विकसित र आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो ।’

 

कार्यक्रममा शाही यूवा शक्ति नेपालका प्रवक्ता गोविन्द ढुङ्गाना, उपाध्यक्ष मञ्जु थापा, सचिव राम बस्नेत, केन्द्रीय सदस्यहरु सन्देश साह, साङ्गे लामा, ईश्वर ढुङ्गाना, काठमाडौं जिल्ला अध्यक्ष भोला प्रसाद पौडेललगायतले वर्तमान सरकार र गणतन्त्रको विरोध गर्दै राजतन्त्रको आवश्यकता औंल्याएका थिए ।

चित्रबहादुर केसीले भने नेपालमा राजतन्त्र पूर्नस्थापना हुन्छ

राष्ट्रिय जनमोर्चाले अझैपनि मुलुकमा राजतन्त्र पूर्नस्थापना हुने खतरा रहेको औंल्याएको छ । यसप्रति सबै सचेत हुनुपर्ने उसको अपिल छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पार्टीले आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै यस्तो खतरा औंल्याएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले भारतमा हिन्दुवादीहरुको सरकार भएकोले नेपालमा पनि पूर्वराजा र राजावादीहरु हिन्दू धर्मको नामबाट जनतामा भ्रम फैलाउन अभ्यस्त रहेको गम्भिर आरोप लगाए ।

 

उनले भने,‘अहिले पूर्वराजा र राजवादीहरु नेपालमा धर्मको नाममा राजनीति गरिरहेका छन् । र, भारतको अनुकुलतामा नेपालमा संघीयता आएकोले यो व्यवस्था कमजोर हुन्छ । त्यही कमजोरीमाथि टेकेर राजतन्त्र व्यँतिने खतरापनि उत्तिकै छ । संघीयता खारेजी नगरिकन नेपालमा गणतन्त्र सुदृढ हुने अवस्था देखिँदैन् ।’ कार्यक्रममा पार्टीको अवधारणापत्र अध्यक्ष केसीले वाचन गरेका थिए ।

 

कार्यक्रममा नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले सही वस्तुगत अवस्था नभई जनवादी गणतन्त्र आउने अवस्था नभएको हुँदा तत्काल् यही गणतान्त्रिक व्यवस्थालाई नै सुदृढ गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

 

त्यस्तै कार्यक्रममा मोहन बैद्य नेतृत्वको नेकपा क्रान्त्रिकारी माओवादीको पोलिटव्यूरो सदस्य दिनेश शर्माले प्रतिगामी खतराको विरुद्ध आफूहरु क्रान्तिकारी एकजुट भएर जानुपर्ने बताए । उनले भने,‘त्यसको लागि संयुक्त कार्यक्रम बनाएर जानुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
एमालेबाट कीर्तिपुरको मेयरमा मानन्धर सिफारिस

    नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई नै उम्मेदवार

चुनावी गठबन्धन गर्न एकीकृत समाजवादी खुल्ला

    नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा चुनावी

एमालेबाट उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचन

    नेकपा एमालेले लुम्बिनी प्रदेशको रुकुमपूर्वमा रहेको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी

माओवादीको केन्द्रीय कमिटी बैठक नबस्ने

    नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक उपनिर्वाचन अघि नबस्ने भएको छ