प्रधानमन्त्रीको एक्लो रक्षाकवजमा योगेश भट्टराई, सचिवालयको रहस्यमय मौनता !



हाम्रो इकोनोमि

 

पार्टीभित्रका प्रभावशाली नेता, विपक्ष दल र सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथी पूर्वाग्रही आलोचना भइरहेका बेला नेकपाको सयन्त्र पूर्णरुपमा चुपचाप छ । चौतर्फी आक्रमण सुरु भएपछि प्रधानमन्त्रीले अरिंगाल बन्न कार्यकर्तालाई आग्रह गरेका थिए ।

 

तरपनि नेता कार्यकर्ता अरिंगाल बन्न तयार भएनन् । चिया पसलदेखि पार्टीका कार्यक्रममा निरासा जनाइरहेका छन् ।

 

दुई पार्टी मिलेर बनेको शक्तिशाली नेकपा अहिले रक्षात्मक अबस्थामा छ । नागरिकमै नेकपाप्रति बितृष्णा फैलाउने काम भएपनि जुझारु कार्यकर्ता न बोल्न सक्छन् नत लेख्न । सरकारको रक्षा केवल प्रधानमन्त्री आफैले गरिरहेका छन् ।

 

नेकपामा एक्लो ब्यक्ति जस्तै प्रधानमन्त्री बनिरहेका छन् । पार्टीका प्रभावशाली नेताहरु यतिबेला सरकारका पक्षमा उभिनु पर्ने हो तर उनीहरु गुट र उपगुट निर्माणमा लागि परेका छन् ।

 

प्रधानमन्त्री ओलीमाथी निरन्तर प्रहार भइरहँदा पार्टीको सयन्त्र मात्र चुपचाप छैन, प्रधानमन्त्री ओलीको सचिवालय रहस्यमय मौनतामा छ । प्रधानमन्त्रीको सचिवालयमा सक्षम ब्यक्तिहरु छन् तरपनि उनीहरुको क्षमतामा प्रश्न चिन्ह खडा भइरहेको छ ।

 

उनीहरुले न त सरकारको प्रतिरक्षामा बोलेका छन् नत, सुधारका कुनै देखिने उपाय रचेका छन् । उनीहरु केवल प्रधानमन्त्रीका अगाडी भजन गान गरेर जागिर पकाइरहेका छन् ।

 

यसको गतिलो उदाहरण हो, सामाजिक सुरक्षा योजनामा प्रधानमन्त्रीको पोष्टर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकहरुको तस्विर अंकित पोष्टर बनाएको थियो । पोष्टरलाई अन्तिमरुप दिन प्रधानमन्त्री कार्यालयमा पठाइयो ।

 

तर प्रधानमन्त्रीको सचिवालयले श्रमिकको तस्विर हटाएर प्रधानमन्त्रीको तस्विर राख्न निर्देशन दियो । प्रधानमन्त्रीको तस्विर अंकित पोष्टर काठमाडौका सडक पोलमा टाँसियो, त्यो निकै विवादीत बन्यो । तरपनि प्रधानमन्त्रीलाई सुझाव दिने सचिवालय मौन बस्यो ।

 

पार्टी सयन्त्रदेखि प्रधानमन्त्रीको सचिवालय मौन बसेका बेला नेकपा स्थायी कमिटीका सदस्य योशेश भट्टराई रक्षाकवजमा उत्रेका छन् । पूर्व एमालेको इतिहाँसमा प्रधानमन्त्री ओलीबाट सवैभन्दा बढि प्रताडित भट्टराई नै हुन् तरपनि ओली सरकारको बचाउमा उनी एक्लो रक्षाकवज बनेका छन् । अकबरी सुनलाई कसी लाउनु पर्दैन, सरकारका दिशा गलत छैन भन्दै उनले प्रतिरक्षा गरिरहेका छन् ।

 

भट्टराई निकटका केही नेताहरु प्रधानमन्त्री ओलीप्रति असन्तुष्ट हुँदै गुट भेला गरिरहेका छन् तर भट्टराई भने गुटभेला प्रति सन्तुष्ट छैनन् । अहिले गुट भेला आबश्यक नभएको भन्दै उनी आफु निकटका नेताहरुलाई सम्झाइरहेका छन् ।

 

प्रधानमन्त्रीको रक्षा कवजमा अर्का ब्यक्ति छन् सञ्चारमन्त्री गोकुल बास्कोटा । बास्कोटा सरकारको प्रवक्ता भएका कारण उनको नैतिक जिम्मेवारी पनि हो । उनले नैतिक जिम्मेवारी पालना गरिहरेका छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...