यी हुन् नेपालकै सुन्दरी इन्स्पेक्टर एलिजा गिरी जस्ले गुण्डालाइ सवक सिकाउँन चालिन महत्वपूर्ण कदम !
प्रहरीहरु गैरव्यवसायिक र अवैध क्रियाकलापमा संलग्न हुन थालेपछि प्रहरी प्रधान कार्यालयले गोप्य रुपमा निगरानी शुरु गरेको छ । सेवाग्राहीसँग घुस लिनेदेखि अन्य अवैध क्रियाकलाप गरेका प्रहरीमाथि अपरेसन गर्न विशेष टोली गठन भएको छ ।
प्रहरी वृत्त बौद्धका डिएसपी श्यामकुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेसँगै प्रहरी भित्र शुद्धीकरण अभियान शुरु भएको हो ।
अहिले काठमाडौंका केही वृत्तका डिएसपीहरुको क्रियाकलापका बारेमा आईजीपीको सचिवालयमा गुनासो आउन थालेपछि उनीहरुमाथि गोप्य निगरानी गर्न सचिवालयले काठमाडौं परिसरलाई निर्देशन दिएको बुझिएको छ । स्रोतका अनुसार बानेश्वर, बालाजु, महाराजगन्ज र दरबारमार्गका डिएसपी डेन्जर जोनमा परेका छन् ।
कोटेश्वर प्रभागकी इन्स्पेक्टर एलिजा गिरीले गुण्डागर्दीमा संलग्न काभ्रेका मोनम लामा र टुसाल लामालाई मुद्दा चलाउन केही दिनअघि बानेश्वर वृत्तमा पठाएकी थिइन् । तर, वृत्तका डिएसपी गोविन्द राज काफ्लेले भने टुसाललाई मुद्दा चलाई मोनमलाई छाडेका छन् ।
कोटेश्वर क्षेत्रमा गुण्डागर्दी र अवैध असुलीमा संलग्न मोनमलाई छाड्दा डिएसपी काफ्लेले ठूलो आर्थिक चलखेल गरेको स्रोतले बतायो । कामभन्दा बढी चर्चामा रमाउने काफ्लेको विषयमा पनि सचिवालयमा गुनासो आउने गरेको छ ।
त्यसैगरी बालाजु वृत्तका डिएसपी चिरञ्जीवी कोइरालाको विषयमा पनि सचिवालयमा उजुरी परेको बुझिएको छ । बालाजु क्षेत्रका मेनपावर, रेष्टुरेन्ट र होटलबाट अवैध असुली गर्दै आएको भन्दै उनी विरुद्ध उजुरी नै परेको स्रोतले थप बतायो ।त्यसो, त महाराजगञ्ज वृत्तका डिएसपी फणिन्द्र प्रसाइँपनि अनुसन्धानमा लापरबाही गरेको भन्दै छानबिनको दायरामा तानिन लागेका छन् ।
केही दिनअघि गोंगबुमा भएको बालक प्रयास कुँवरको हत्यामा संलग्न महेन्द्र एसकेलाई पक्राउ गरी रातभर राखेर डिएसपी प्रसाइँले बिहान घर पु(याई छाडेका थिए । सो बारेमा अनुसन्धानमा लापरबाही गरेको भन्दै अपराध महाशाखामा डिएसपीमाथि छानबिन हुनुपर्ने माग बढेको थियो ।
दरबारमार्ग वृत्तका डिएसपी दानबहादुर मल्ल पनि डेन्जर जोनमा परेका छन् । जुवाडेसँग रकम असुल्नेदेखि डिस्को र क्लबमा झगडा गर्ने गुन्डालाई छाडेर उनी विवादमा आइरहेका छन् ।
केही दिन अघि एक क्लबमा खुकुरी हानेको मुुद्दामा पक्राउ परेका प्रकाश पुन नामका गुन्डालाई छाड्न मल्लले ठूलो रकमको चलखेल गरेका थिए । तर यो कुरा काठमाडौं परिसरका एसपी अशोक सिंहको कानमा पुगेपछि सिंहले मल्ललाई झपारे र पुनमाथि म्याद थपेर मुद्दा चलाइयो ।
निर्मला हत्याकाण्ड, प्रदीप दोषी भए कारबाही होस्, तर दिलीपसिंह विष्टलाई जस्तै अन्याय नहोस्
निर्मला हत्याको झण्डैं पाँच महिना भैंसक्दासम्म सरकारले ठोस रुपमा प्रमाण फेला पार्न सकेको छैन । भीमदत्त नगरपालिका–१८ भगतपुरमा पुरानो कच्ची घर छ । जहाँ प्रदीप रावल एक्लै बस्छन् ।
विपन्न परिवारका उनले स्थानीय बैजनाथ माध्यमिक विद्यालयमा ९ कक्षा पढ्दापढ्दै चार वर्षअघि अध्ययन छाडेका थिए । बुबा टेकबहादुर र आमा राधादेवी रोजगारीको सिलसिलामा बेंग्लोरमा छन् ।
एउटी बहिनीलाई काका बलबहादुरले पालनपोषण गरेका छन् । महेन्द्रनगर बजारमा व्यवसाय गर्दै आएका उनले भने, “प्रदीपलाई पनि राम्रोसँग पढ्ने भए पढाइदिन्छु भनेको थिएँ, तर उसले साथीसंगतको लहलहैमा पढाइ छाड्यो ।” निर्मला पन्तको हत्या आशंकामा काठमाडौंमा पक्राउ परेका युवक प्रदीप लागुऔषध दुर्व्यसनी हुन् ।
उनी चोरी र डकैतीमा संलग्न रहेको स्थानीय बताउँछन् । तर, निर्मला प्रकरणमा उनी दोषी छन् कि छैनन् भन्ने अनुसन्धानकै विषय छ । निर्मलाको हत्या भएको स्थानभन्दा ६ सय मिटर पश्चिमतर्फको पाले चौधरीको मासुपसलबाट पैसा, ग्यास र कुखुरा चोरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको एक स्थानीयले बताए ।
सोही आरोपमा पक्राउ परेका विशाल चौधरी पनि निर्मला प्रकरणमा पक्राउ परेका छन् । पाले चौधरीको पसल निर्मलाकी साथी रोशनी बमको घरनजिकै पर्छ । काका बलबहादुर भन्छन्,“निर्मला हत्याकाण्डमा दोषी भए उसले सजाय भोग्नुपर्छ । तर, दिलीप विष्टलाई झैँ फसाउन मात्रै खोजिएको भए गरिबमाथि अन्याय हुन्छ । सरकारले त्यस्तो नगरोस् ।”


