डा. बाबुराम भट्टराईको १० हजार लिंदा प्रकाण्डलाई यस्तो तनाव



हाम्रो इकोनोमि

 

माओवादी केन्द्रले क्रान्ति र जनयुद्धलाई धोका दिएको भन्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) का कारण पार्टीभित्र ठूलो विवाद भएको छ ।

 


चन्दा, अपहरण, बम आतंकलगायतका आरोपमा पक्राउ परेर झण्डै एक महिना थुनामा बसेका प्रकाण्डले अहिले चन्दा आतंक मच्चाउन थालेको बताइन्छ । टेकु प्रहरीमा रहेका बेला प्रकाण्डलाई नयाँ शक्ति पार्टी नेपालका संयोजक डा।बाबुराम भट्टराईले भेटेका थिए ।

 

भेटका बेला डा।भट्टराईले प्रकाण्डलाई खानपिनका लागि भनेर दश हजार दिएको नेकपाका एक नेताले बताए । डा।भट्टराईले प्रकाण्डलाई दश हजार दिएको सूचना पाएपछि विप्लवले किन पैसा लिएको भनेर गाली गरेको स्रोतले जनाएको छ ।

 

अवैध रुपमा चन्दा उठाएर ठूला व्यापारीहरूलाई आजित बनाएका प्रकाण्डले फेरि पनि चन्दा आतंक चलाउन थालेका छन् । स्रोतका अनुसार आफ्ना निकटका केही नेताहरूलाई उठ्न बाँकी चन्दा उठाउन निर्देशन दिएका छन् ।

 

गृहजिल्ला जाजरकोट पुगेका प्रकाण्डले करोडौं रुपियाँ चन्दावापत उठाइसकेका छन् । उनले चन्दाको बास्तविक हिसाव किताव विप्लवलाई नदिने गरेको एक नेताले बताए ।

 

चन्दाको पैसाकै कारण विप्लव र प्रकाण्डबीच विवाद हुँदै आएको छ । विप्लवले प्रकाण्डसँग हिसाव किताव माग गर्दै आए पनि प्रकाण्डले विभिन्न बहाना बनाएर छल्दै आएको आरोप छ ।

 

चन्दाकै पैसाको हिसाव किताव माग गर्न थालेपछि प्रकाण्डले विप्लवलाई धम्काउन जनवर्गीय संगठनहरूमा आफू निकटका नेताहरूलाई राखेर समानान्तर संगठन बनाएको आरोप पनि छ । प्रकाण्डमा सुधार नभए विप्लवले कारबाही गरेर पार्टीबाट निस्काशन गर्नेसम्मको योजना बनाएको स्रोतले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...