अन्यत्र प्रतिबन्ध, नेपालमा पवित्र रक्सी, वीर्य मिसाइएको होली वाइन क कसले खाए



 

प्रा.डा. सुरेन्द्र केसी नेपाल आजमा ‘इतिहास र अनुभूति’ नामक भिडियोस्तम्भका स्तम्भकार हुनुहुन्छ । उहाँले यसपटकको कुराकानीमा एसिया प्यासिफिक समिटबाट बढी चर्चा गर्नु भएको छ । प्रस्तुत छ उहाँसँग भएको कुराकानीको सारसंक्षेपः

 

एसिया प्यासिफिक समिट विवादास्पद भयो । संस्थापक पनि विवादमा परेको छ । एकनाथ ढकाल नेपालमा पदको व्यवस्थापन गर्न सक्ने हैसियत नभए पनि मन्त्री पद पाउने छवि थियो विगतमा । एसिया प्यासिफिक सम्म्मेलन पछि ढकालले ठूलो लगानी गर्दारहेछन् भन्ने देखियो । त्यसको प्रतिफल नै उनी मन्त्री पद पाएबाट स्पष्ट देखियो । सबै नेतालाई एकनाथले खुसी पारेका रहेछन । आजको दिनका लागि विगतमा ठूलो लगानी गरेको अहिले देखियो ।

 

कर्यक्रमको छवि उज्वल भएको भए भाइचारा अभिवृद्धि गर्न सक्ने थियो । तर यो आफैंमा विवादास्पद भयो । आफैमा बदनाम बनिदियो । नाम सुन्नेबित्तिकै मुख लेप्रयाउने अवस्था आयो । लाभान्वित भएकाहरु खुसी, नभएकाहरु विचार गरेर हेर्ने अवस्था रह्यो । नेपालको बदनामी हुने र प्रतिफल पनि नपाउने अवस्था देखियो ।

 

समिटको नारा आकर्षक थियो । नारा त मनमोहक जसले पनि बनाउन सक्छ । माओवादीले नै जनयुद्धअघि कति धेरै मनमोहक नाराअगाडि सारेको थियो । लोकतन्त्रकै हकमा त्यस्तै नारा थिए । केप ीओलीले नै आकर्षक नारा दिएर चुनाव जिते । नाराले नै वास्तविकताको उद्घाटन गर्दैन । व्यवहारबाट हेर्दा प्यासिफिक समिट धार्मिक उद्देश्य रहेछ । संस्थापक नै विवादास्पद व्यक्ति रहेछन । एकनाथ ढकाल त धर्मको नाममा राजनीति गर्ने व्यक्ति रहेछन् भन्ने बुझ्नु पर्छ ।

 

फादर मुन हामीसँग वाकिफ व्यक्ति होइनन् । यो घटनापछि यिनको नाम जोडिएर आयो । सायद यिनी उत्तरकोरियाली नागरिक हुन् । त्यहाँ यिनले आपराधिक कर्म गरेर जेल परे । त्यहाँबाट फुत्किएर दक्षिण कोरिया पुगे । त्यही उनको स्थायी बसोबास भएको हो । त्यहाँबाट पनि व्यवसायिक कामले अमेरिका पुगे । करछलीको अपराधबाट जोगिन फेरि बन्दी भएका व्यक्ति हुन् । त्यसपछि युनिभर्सल पिस फेडेरेसन स्थापना गरेको देखिन्छ ।

 

धर्मको बारेमा बेग्लै बहस गर्न सकिन्छ । क्रिष्चियन धर्म र हालको सम्मेलनको सन्दर्भमा फादरमुनको नाम जोडिन आएकोछ । फादरमुन संदीग्ध हुन् भन्ने थाहा पाउँदा पाउँदै नेपालका लब्ध प्रतिष्ठत व्यक्तिहरु आत्मसमर्पण गर्न जान्छन् भने बहस त्यो विन्दुमा पो हुनुपर्छ होइन र ? भरत दाहालको आधार मान्ने हो भने त पशुपति विकास कोषको सदस्य सचिव पनि यसको मतियार भएर हिँडेको बताउने गरिन्छ ।

 

धर्म अनेक सम्प्रदायले बनेको हुन्छ । किसिम किसिमका सम्प्रदायका गुरुहरु देखा पर्छन् । भारतमा रामरहिमको नाम चर्चित भयो । उनको नामबाटै डर हुन्छ । उनको नेपालमा संलग्ता देखिएको छ । आशाराम बापु त जेलमै छन् । तिनका कार्यकर्ता त यति माथि कि नेपालका सचिवहरु पनि आफूलाई आशाराममा चेला हुँ भन्न रुचाउँथे ।

 

भारतमा चन्द्रास्वामी इन्दिरा गान्धीका धार्मिक गुरु भन्ने गरिन्थ्यो । रामदेवको लीला पनि देखिएकै छ । रामदेवको खुट्टा ढोग्ने पनि यिनीहरु नै हुन् । मुनको नाम मात्रै किन विवाद ? उनीबाट लाभ लिएकाहरु एक खाले कुरा गर्छन् । लाभ नपाएकाहरु अर्को कुरा गर्छन् । हामीले त तथ्य थाहा पाउन जुरुरी छ ।

 

नेपालको संविधानअनुसार प्रधानमन्त्रीले तक्मा विभूषण लिनु पर्छ सरकारको निर्णय लिनु पर्ने उल्लेख छ ।केपी ओली ले कुनै रित पूरा नगरी १ लाख डलरकोृ पुरस्कार लिए । एक निरिह कर्मचारीले चाहिँ त्यसरी तक्मा लिए भने खोसिन्छ ।

 

अन्यत्र प्रतिबन्ध

एकनाथ ढकालको कुरा सुन्दा यस्तो कार्यक्रम अमेरिका, दक्षिण कोरिया, जापानलगायत मुलुकमा भएको छ । नेपालका सबैजसो प्रधानमन्त्री सहभागी भएका रहेछन् । विश्वहिन्दु महासंघको संस्थापक अध्यक्ष नगेन्द्रप्रसाद रिजाल नै यसमा सहभागी भएका रहेछन् । प्रतिपक्षी दल त बोल्दै बोल्दैन । कुरा के हो त ? खोजी आवश्यक छ ।

 

पवित्र रक्सी

 

त्यो दिनको एक पत्रिकाले होलीवाइन पिलाएको, जोडीहरुलाई आशीर्वाद दिएको कुरा लेख्यो । अर्कोले त्यस्तो केही नभएको लेख्यो । यसकारण केही विवाद पनि देखियो । होली वाइनमा फादरमुनको वीर्य पनि मिसाइएको भन्ने कुरा सुनियो । यस्तो हो भने त खत्तमै भयो नी त । नेपालका प्रतिष्ठितहरुले पनि त्यस्तो वाइन पिए भन्ने कुरा आयो ।

 

यस्तो हो भने त लास्टै भयो नी । यस्तो किसिमको नग्नता किन देखिएको छ । यो बुझ्न सकेको छैन मैले । नेपालमा बलियो अभिभावक भएन । राष्ट्रपति आफ्नै स्वार्थ सुविधामै व्यस्त भइन् । कम्युनिष्टले विगतमा हामीलाई धर्म अफिम हो भनेर सिकाए ।

 

 

अहिले कम्युनिष्ट नेताहरु नै वीर्यपान गरिरहेको सुनिन्छ । नेपालीहरुको लागि यो लज्जास्पद कुरा हो । धर्मनिरपेक्ष मुलुकमा यो भन्दा पनि हिजो राष्ट्राध्यक्षहरुले जे जे गरे त्यो नमिल्ने हो । कुनै खास धर्मको धार्मिक गतिविधि राजकीय हैसियतमा गर्न नहुने सिद्धान्त हो । तर यहाँ त गरेका छन् ।

 

पशुपति पनि जाने, कुमारीको भोटो हेर्न पनि जाने गर्नु हुँदैन । धर्मनिरपेक्ष र धार्मिक स्वतन्त्रता भएको देशमा किन नपाउनेभ भन्ने छ । तर यो गलत हो । सरकारकै लेटर प्याड प्रयोग गरेर हालै ४४ देशका मानिसलाई बोलाइयो । पहेलो लुगा लगाएका पण्डीत पनि त्यहाँ थिए ।

 

नेपाल धर्मनिरपेक्ष भयो भनेर उफ्रिने, पहेलो लुगा लगाउ (दामोदर गौतम)ंने अनि क्रिष्चियनको कार्यक्रममा भाग लिनेहरुको धर्म कसले बचाइदिनु पर्ने हो ? गोविन्द टण्डनले ? जो आफै हिजो पशुपतिको सदस्य सचिव भएका थिए ।
धार्मिक सांस्कृति हस्तक्षेप भएको कारण यहि हो । नेपालका आधिकारिक संस्थाले भारतीय हिरोइन चाहिन्छ । नेपालमा राजेश हमाल, भुवन केसी छैनन् ? रेखा र करिश्मा छैनन् ?

पुरा संवाद नेपाल आजले तयार परेको यो भिडियोमा हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली अस्वस्थ

  प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो

राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी

  राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी भइरहेको छ ।  गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा

पोखरामा रास्वपाको प्रदर्शन

  सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल