निर्मला पन्त प्रकरण : आसपासका सयौँको डिएनए परीक्षणको तयारी



हाम्रो इकोनोमि

 

निर्मला पन्त बलात्कारपछि हत्याको अनुसन्धान परिणाम ९७ दिनसम्म पनि शून्यमै रहेपछि प्रहरीले कञ्चनपुरमा सयौँ व्यक्तिको डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका आफन्तहरूको समेत डिएनए परीक्षण गर्न लागिएको हो ।

 

मंगलबार डिएनए परीक्षणका लागि थप चारजनाको रगत परीक्षण गर्न लागिएको छ । अनुसन्धानका क्रममा विभिन्न कोणबाट धेरै शंका देखिएका व्यक्तिहरूको डिएनए परीक्षण गर्न लागिएको कञ्चनपुरका एसपी कुवेर कडायतले बताए ।

 

निर्मला पन्त प्रकरणमा आधा दर्जन छानबिन समिति गठन भए । अनुसन्धानमा प्रहरीले गरेको कमजोरी पत्ता लगाउन ती समिति गठन भएका हुन् । तर, अभियुक्त पत्ता लगाउन भने अहिलेसम्म कुनै पनि विशेष समिति गठन भएको छैन ।

 

मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा १२ मा विशेष अनुसन्धान टोली गठन गर्न सक्ने प्रावधान छ । माथिल्ला अधिकारी तथा प्रहरी महानिरीक्षकले उक्त टोली गठन गर्न सक्ने र अनुसन्धान अधिकृतसरहको अधिकार रहने प्रावधान छ ।

 

अनुसन्धानमा सघाउन प्रहरी प्रधान कार्यालय तथा सिआइबीबाट थप प्रहरीहरू कञ्चनपुर पठाइएको छ । तर, विशेषज्ञसहितको विशेष अनुसन्धान टोली भने गठन गर्न सकिने व्यवस्थालाई वास्ता गरिएको छैन ।

 

१ भदौदेखि लागू भएको अपराध संहिताले अपराधको गम्भीरताका आधारमा विशेष टोली गठन गर्न सकिने व्यवस्था गरेको छ । प्रहरीबाहिरका विशेषज्ञसमेत राख्न सकिने प्रावधान कानुनमा छ । प्रहरी अनुसन्धानमा जनमानसबाट आशंका बढिरहेका वेला विज्ञ व्यक्तिलाई राखेर अनुसन्धान गर्न सकिने भए पनि प्रहरीले चासो दिएको छैन ।

 

 

अन्य विकल्प नभएपछि सबैको डिएनए परीक्षण : प्रहरी
प्रहरीसँग अन्य प्रमाण नभएपछि डिएनएलाई नै अनुसन्धानको आधार बनाएको हो । अन्य देशमा पनि यस्तो अभ्यास हुँदै आएको छ । ‘अनुसन्धानको अन्य बाटो छैन, स्थानीयबाट कुनै सूचना प्राप्त हुँदैन,’ एक अनुसन्धान अधिकारी भन्छन्, ‘यस्तो अवस्थामा शंका लागेको सबैको डिएनए परीक्षण गर्नेबाहेक हामीसँग अरू उपाय छैन ।’

 

सुरुमा चारजना र उनीहरू सबैको रिपोर्ट म्याच नभए क्रमशः सयौँ व्यक्तिहरूको डिएनए परीक्षण गर्ने तयारी छ । घटनाका वेला त्यहीँ आसपास भएका, खराब पृष्ठभूमि भएका र सोधपुछका क्रममा शंका लागेका व्यक्तिहरूमाथि डिएनए परीक्षण गर्न लागिएको अनुसन्धानमा आबद्ध एक अधिकारीले बताए ।

 

यसअघि चक्र बडू, दिलीपसिंह विष्ट, तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण तथा अर्का स्थानीय युवा आयुष विष्टको डिएनए परीक्षण भएको थियो । निर्मलाको शरीरमा भेटिएको पुरुषको ‘स्पर्म’का आधारमा डिएनए परीक्षण गरिएको थियो ।

 

तर, हरिप्रसाद मैनाली नेतृत्वको छानबिन समिति तथा राष्ट्रिय मानव अधिकार आयोगले छानबिनमा डिएनएनको नमुनामै शंका व्यक्त गरेका छन् ।

 

अनुसन्धानका लागि सातवटा छानबिन टोली बने पनि अभियुक्त पत्ता लागेका छैनन् । बरु घटनाको राम्रोसँग अनुसन्धान नगरेको तथा प्रमाण नष्ट गरेको आरोपमा एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई सेवाबाट हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...