अमेरिकामा अन्धाधुन्ध गोली प्रहारबाट ११ जनाको मृत्यु, २ गम्भीर



हाम्रो इकोनोमि

 

अमेरिकाको पेन्सिलभेनिया राज्यको पिटर्सबर्ग शहरमा भएको अन्धाधुन्ध गोली प्रहारमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

४६ वर्षीय रोबर्ट बोवर्स नाम गरेका व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा उक्त घटना भएको हो ।

यहुदीहरुको पूजास्थल ट्री अफ लाइफ सिनगानमा एउटा राइफल र दुई पेस्तोलसहित प्रवेश गरेका उनले गोली प्रहार गरेका हुन् ।

पूजास्थलमा प्रार्थना चलिरहेका बेला गोली प्रहार भएको हो ।

गोली चलाउँदा उनले ‘सबै यहुदीहरुले मर्नुपर्ने’ नारा लगाएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ११ जनाको मृत्यु भएको पुष्टि गर्दै यो घटनालाई भयानक हमला भएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...