दशैं-तिहारमा यी दिन बैंक बन्द
बैंकमा जम्मा गरेको रकम दशैंका लागि झिक्न कहिले जाँदै हुनुहुन्छ ? अवश्य पनि समयमै जानु होला ।
तर, दशैं–तिहारमा कुन दिनदेखि कुन दिनसम्म बैंकहरु खुल्ला हुन्छन् तपाईले जानकारी पाउनु भएको छ ? यदि छैन भने तपाईलाई हामी यो जानकारी दिंदैछौ ।
यस पटक दशैंमा बैंकहरु पाँच दिन बन्द रहने जनाइएको छ । राष्ट्र बैंकका अनुसार असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म अर्थात फूलपातिदेखि एकादशीका दिनसम्म बैंकहरु बन्द रहने भएका छन् ।
अघिल्लो वर्षभन्दा यस पटक तीन दिनको विदा घटेको हो । अघिल्लो दशैंमा घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाका दिन समेत बैंकहरु बन्द रहने गरेका थिए ।
त्यस्तै तिहारमा कात्तिक २१ गते (लक्ष्मीपूजा) २२ गते (गोवद्र्धन पूजा) र २३ गते (भाइटीका) का दिन बन्द हुने भएका छन् ।