भोजको फोहोर सफा नगर्दा दलित विद्यार्थी विद्यालयबाट निकालिए



 

 

फोहोर सफा नगरेको भन्दै महोत्तरीको भङ्गाहा नगरपालिकाको विद्यालयबाट एकजना विद्यार्थी निष्कासित भएका छन् ।

 

किशोरी जनता माध्यामिक विद्यालयले भङ्गाहा-९ हरिनमरीका कक्षा ७ मा अध्यनरत १२ वर्षीय मुकेश मल्लिकलाई निष्कासन गरेकाे हेा ।

 

मुकेशले आफूलाई प्रधानाध्यापक मनोहरप्रसाद यादवले विद्यालयको फोहोर सफा नगरेको भन्दै निष्कासन गरेको बताएका छन् । उनी डोम समुदायका विद्यार्थी हुन् ।

 

विद्यालयमा यही असोज १० गते विद्यालयका लेखापाल राकेश यादवकी हजुरआमाको किरियाभाेज खाँदा जम्मा भएको फोहर सफा गर्न भनेको र गन्हाएको फोहोर सफा गर्न नमानेपछि विदालयबाटै निष्कासन गरिएको पीडित विद्यार्थीले बताएका छन् ।

 

मुकेशका आमाबाबुले भने आफूहरुलाई तल्लो जात भनेर प्रध्यानाध्यापकले दुर्व्यबहार गरेको बताएका छन् । मुकेशका बुवा हरिनमरीले आफूलाई पनि प्रधानाध्यापकले बारम्बार फोहर सफा गर भन्दै हप्काएको बताए ।

 

विद्यालयमा किरिया भोज

असोज १० गते पढाइ बन्द गरी विद्यालय परिसरमा किरिया भोज खुवाइएको थियो । भोजपछि बाँकी रहेको खानेकुरा र फोहोर डोम भएकै कारण आफ्नो छोरालाई सफा गर्न लगाइएको हरिनमरीको दावी छ ।

 

विद्यालयबाट निष्कासनमा परेका मुकेशले आफूलाई न्याय दिलाइदिन आग्रह गरेका छन् ।

 

स्थानीय वासिन्दाले यसअघि ३ वर्षअघि प्रधानाध्यापक यादवले राकेश मल्लिकलाईसमेत कुटपिट गरी विद्यालयबाट निष्कासन गरेको बताएका छन् ।

 

भंगाहा नगरपालिकाका नगरप्रमुख सञ्जीव साहले प्रधानाध्यापकले विद्यार्थीमाथि अमानवीय व्यवहार गर्नु गम्भीर विषय भन्दै कानूनअनुसार कारबाही गर्न माग गरेका छन् ।

एक वडाः एक मूल सडक

 

शहरी विकासको क्रममा बढ्दो जनसङ्ख्यालाई ध्यानमा राखी भक्तपुर जिल्लाभित्र रहेका सबै नगरपालिकाका प्रत्येक वडामा मूल सडकले जोड्ने योजना अघि सारिएको छ ।

शहरी विकास मन्त्रालय, काठमाडौँ उपत्यका विकास प्राधिकरणमा भएको ‘विगतमा भएका सडकका स्तरोन्नति’ विषयको छलफल कार्यक्रममा सडक विस्तारलाई दु्रत गतिमा अघि बढाउने सहमति भएको छ ।

 

तीन वटै तहको सरकारले विकासको गतिलाई तीव्रता दिने क्रममा भक्तपुरमा भौतिक संरचनाको विकासलाई उच्च प्राथमिकता दिँदै एक वडा एक मूल सडकको अभियानकै रुपमा सञ्चालन गरिने भएको छ ।

 

यसै क्रममा अरनिको राजमार्ग आदर्शबाट घ्याम्पेडाँडासम्मको १५ मिटर चौडाइको पाँच किलोमिटर, पात्लेटारबाट अनन्तलिङ्गसम्मको १५ मिटरको चार किलोमिटर, सूर्यविनायक चोक गणेश मन्दिरबाट कृष्ण मन्दिर–प्राणी उद्यानको किनार हुँदै नारायण सडक १५ मिटरको पाँच किलोमिटर, सरस्वतीखेल बसपार्कदेखि मूलपानी जाने १७ मिटरको ४.५ किलोमिटरका साथमा १८ ठूला सडकलाई स्तरोन्नति गर्न प्राधिकरण र स्थानीय जनप्रतिनिधिबीच सहमति भएको छ ।

 

छलफलमा प्राधिकरणले एक मात्र शर्त निर्माणाधीन सडक विवादमुक्त बनाउनुपर्ने बताएको छ । त्यस्तै उक्त जिल्लाका लागि प्राधिकरणले १० ठूला सडकको स्तरोन्नति गर्ने भएको छ । यसैगरी काठमाडौँ उपत्यका सडक विस्तार आयोजना, शहरी तथा भवन निर्माण विभाग तथा स्थानीय सरकार मिली अन्य आठ सडकको स्तरोन्नति गरिने भएको छ ।

उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त डा भाइकाजी तिवारीले जनमुखी विकासका योजना जनप्रतिनिधिले ल्याएमा प्राधिकरण काम अघि बढाउन तयार रहेको बताउनुभयो ।

 

उहाँले कुनै पनि योजना सम्बन्धित निकायले प्रक्रिया पूरा गरी आएमा रोकछेक हुँदैन नहुने भन्दै सडक विस्तारलाई अघि बढाउने क्रममा अधिकांश सडकको विस्तृतच परियोजना प्रतिवेदन सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

उपत्यका सडक विस्तार आयोजना प्रमुख दीपक केसीले सडक विस्तार गर्न सीमा विवादको अन्त्य गर्नुपर्ने बताउँदै विवाद अन्त्य नभएमा ठेक्का प्रक्रिया अघि बढाउन नसकिने स्पष्ट गर्नुभयो ।

 

शहरी तथा भवन निर्माण विभागका प्रमुख मणिराम गेलाले विकास निर्माणमा आएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले विकासको विरोधका नाममा विकास विरोधी गतिविधि गर्न नहुने बताउँदै तत्कालै रु एक करोड बराबरका साना साना पाँच आयोजना ल्याउन जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

 

कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुर केन्द्रीय राजधानीसँगै जोडिएको जिल्ला भए पनि विकासका गतिले बत्तीमुनिको अँध्यारोजस्तै भएकाले आगामी दिनमा शिक्षा, स्वास्थ्य, सडक, सञ्चार, विद्युत्, खेलमैदान, प्राणी उद्यान, सभागृह, स्मार्ट सिटीजस्ता राष्ट्रिय गौरवका आयोजना प्रक्रियागत रुपमा सरकारले थालनी गरिसकेको जानकारी दिनुभयो ।

 

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सडक विस्तार तथा अन्य विकास निर्माणका क्रममा आउने सीमा विवाद स्थानीय सरकारले नै समाधान गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्र श्रेष्ठ भेट

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी

    उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल

प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु