यती एयरलाइन्सको जहाजभित्रै युवतीको मृत्यु, १३ दिनपछि यसरी बाहिरियो घटना



हाम्रो इकोनोमि

 

यती एयरलाइन्सको जहाजभित्रै एक किशोरीको मृत्यु भएको छ । तर, ती युवतीको मृत्युको खबर १३ दिनपछि मात्र बाहिरिएको छ ।

 

भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाइन्सको जहाजमा सवार कपिलवस्तुकी ३० वर्षीया पुष्पा राईको मृत्यु भएको हो । असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाडौं आउँदै गर्दा उनको जहाजमै मृत्यु भएको मृतक राईको पारिवारले जानकारी दिएका छन् । तर, उनको मृत्युलाई गुपचुप राखिएको थियो ।

 

यती एयरको एटीआर ७२–५०० नामक ७२ सिट क्षमताको जहाजमा यात्रा गरिरहेकै रायमाझी भैरहवाबाट जहाज उडेको १० मिनेटमै अचेत भएको र उपचारमा ढिलो हुँदा मृत्यु भएको परिवारले आरोप लगाएका छन् ।

 

विमान चढेको १० मिनेटमै अचेत भएर ढलेकी पुष्पालाई जहाज कम्पनीले भैहरवा नै फकाएर छिटो उपचार गराउनेतर्फ ध्यान नदिंदा उनले ज्यान गुमाउनु परेको मृतक पुष्पाका काका विष्णुबहादुर रायमाझीले बताए ।

 

पुष्पा, उनकी फुपू माया खड्का र ७८ वर्षीय हजुरआमा दाँतको उपचारका निम्ति काठमाडौं आउँदै थिए । यती एयरलाइन्सले लुकाउन चाहेको यो घटना मृतकका परिवारले १३ दिनपछि सार्वजनिक गरेका हुन् ।

 

मृतक पुष्पाका आफन्त यतीको कमजोरीका कारण जहाजभित्रै पुष्पाको मृत्यु भएको दाबीसहित बुधबार यती एयरलाइन्समा डेलिगेसन गएका छन् । पुष्पाको परिवारले आफूहरूलाई क्षतिपूर्ति दिनुपर्ने, बिमा रकम उपलब्ध गराउनुपर्ने तथा यस्ता लापरबाही भविष्यमा गर्न नहुनेसहितको माग गरेको बाबुराम रायमाझीले बताए ।

 

भैरहवा–काठमाडौंको करिब ३५ मिनेटको उडान भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण गर्नुभन्दा छिटो भैरहवा पुग्न हुने भन्दै पुष्पाका आफन्तले यतीको लापर्बाही भएको दाबी गरेका छन् । पुष्पालाई त्रिभुवन विमानस्थलबाट सीधै एयरलान्इसले नै काठमाडौं मेडिकल कलेज पु¥याएको थियो ।

 

हस्पिटल लगेपछि पनि आफन्त कसैलाई भेट्न नदिइएको र भोलिपल्ट मात्रै मृत्यु भएको भन्ने बहाना बनाएको रायमाझीको दाबी छ । जहाज चढेको १० मिनेटमै पुष्पाले गाह«ो भयो भनेको मृतक पुष्पासँगै यात्रा गरेकी फुपू माया खड्का बताउँछिन् ।

 

यता यती एयरलान्इसका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले भने हस्पिटल लगेर उपचार गरिरहेको अवस्थामा घटनाको भोलिपल्ट मात्रै पुष्पाको मृत्यु भएको दाबी गरेका छन् । ‘जहाज भैरहवाबाट उडेको १५ मिनेटपछि पुष्पालाई असहज भएको थियो ।

 

एयरलाइन्सका कर्मचारीले अक्सिजन दिएको र काठमाडौं टावरलाई खबर गरेर आकस्मिक अवतरणको अनुमति मागिसकेको थियो’, उनले भने । जहाजलाई भैरहवा लैजानुभन्दा काठमाडौंमै अवतरण गर्दा पाँच मिनेट छिटो हुने र काठमाडौंमै राम्रो उपचार हुने भएकाले क्याप्टेनले त्रिभुवन विमानस्थलमै अवतरणको निर्णय गरेको उनले बताएका छन् ।

 

पर्यटन गुरुयोजना तयार

जलजला गाउँपालिकाले पर्यटकीय गन्तव्यको पहिचान गरी गुरुयोजना तयार गरेको छ । गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलको प्रवद्र्धन गर्न चालू आर्थिक वर्षदेखि पूर्वाधार निर्माण गर्न योजना तयार पारिएको हो ।

 

पहिलो चरणमा बेनीदेखि हम्पाल लेकसम्मको पर्यटकीय पदमार्गको पहिचान गरिएको छ भने पदमार्गभित्र पर्ने पर्यटकीय तथा धार्मिक महत्वका स्थानलाई गाउँपालिकाको मुख्य ‘सर्किट रुट’ समेट्ने गरी काम शुरु गरिएको पूर्वाधार समितिका संयोजक देवेन्द्रबहादुर भण्डारीले जानकारी दिनुभयो ।

 

“पर्यटनको मुख्य आकर्षण पदमार्ग नै हो”, उहाँले भन्नुभयो, “धुले सडकको विकल्पमा धेरैले पदमार्ग रुचाउँछन् ।” जलजलाभित्र धेरै पर्यटकीय तथा धार्मिक महत्वका स्थान छन् । तिनको व्यवस्थित प्रचारप्रसार तथा भौतिक संरचनाको सम्भाव्यता अध्ययन थालिएको उहाँले बताउनुभयो ।

जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल पहिलो चरणमा बेनीदेखि हम्पाल लेकसम्मको पदमार्ग निर्माण गर्न थालिएको बताउनुहुन्छ । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको पहलमा भू–गर्भविद्सहितको प्राविधिक टोलीले गाउँपालिकाका मुख्य पर्यटकीय गन्तव्यको स्थलगत अध्ययनसमेत गरेको छ ।

 

जलजला गाउँपालिका–२ वारिबेनीदेखि मल्लाज, सर्षकुमाई, गिद्धेश्वर, पूर्णगाउँ, तारे, दीपको बराहताल, सिर्कु, कालाञ्जर पर्वत हुँदै हम्पाल लेकसम्मको पदमार्गको सम्भाव्यता अध्ययन गरिएको हो ।

 

सबै क्षेत्रको प्याकेज बनाई यहाँ घुम्न आउने पर्यटकलाई बिक्री गर्न सकिने अध्ययन टोलीले सुझाएको जलजाल–४ का वडाध्यक्ष भीष्म मल्ल बताउनुहुन्छ । बेनीदेखि ती सबै ठाउँको अवलोकन गराई हम्पालको लेकसम्मको यात्रा गराउन सकिन्छ ।

वारिबेनीबाट शुरु भएको यात्रा मल्लाज दरबार, भगवती कोट, जलजला–४ को गुफा, सर्सकुमाईस्थित ऋषिले तपस्या गरेको स्थान, शालिजाको दीपस्थित बराहतालको अवलोकन गराउँदै हम्पाल पुग्न सकिन्छ । हम्पालबाट फर्केपछि जलजला–५ स्थित फलामेडाँडामा भ्युटावर अवलोकन गराउने गाउँपालिकाको योजना छ ।

 

“फलामे डाँडामा भ्युटावरको उपयुक्त सम्भावना छ”, मल्लले भन्नुभयो, “समग्र अध्ययनका लागि आएको प्राविधिक टोलीले पनि उपयुक्त भनेको छ । त्यो प्रक्रियामा हामी जुटिसकेका छौँ ।” त्यहाँ बन्ने भ्युटावरबाट म्याग्दी, बाग्लुङ र मुस्ताङका अधिकांश स्थानको अवलोकन गर्न सकिन्छ । हम्पाल गएर फर्केका पर्यटकलाई भ्युटावरबाट लहरै मिलेका हिमशृङ्खलाको अवलोकन गराउन सकिन्छ ।

फलामेडाँडा पर्यटकका लागि आकर्षक गन्तव्यका रुपमा चिनिएको छ । बेनी, बागलुङ र कुश्माका व्यवसायी, कर्मचारी र विद्यार्थीसमेत शीतल खोज्दै त्यहाँ पुग्ने गरेका छन् । गर्मी छल्नका लागि बेँसीबाट पर्यटक आउने गर्छन् । डाँडाकटेरीका होमस्टेको अवलोकन र बासपछि पर्यटक बेनी फर्कने वा त्यहाँबाट घोडेपानी जान सक्छन् ।

 

गाउँपालिकाले हम्पालको लेकमा २२ रोपनी क्षेत्रफलमा ताल बनाउने योजनासमेत बनाएको छ । समुद्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा रहेको सो ठाउँमा झण्डै १२ हेक्टर समथर जमीन छ । हम्पालको लेकबाट दलदले जमीन हुँदै बगेको पानीले पूरै जमीन लचकदार भएकाले पनि यो स्थानको नाम जलजला रहन गएको स्थानीयको भनाइ छ ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालको पहलमा हम्पालमा ताल निर्माण प्रक्रियासमेत थालिएको छ । यहाँ ताल निर्माण भएमा अन्नपूर्ण पदमार्गमा आउने अधिकांश पर्यटक जलजलाको कालाञ्जर पर्वत पुग्न सहज हुने अध्यक्ष मल्लले बताउनुभयो ।

 

“गुरुयोजनाको विस्तृत अध्ययन भइरहेको छ”, उहाँले भन्नुभयो, “सबै पूर्वाधार एकैपटक बनाउन सम्भव छैन । प्याकेजमा निर्माण गर्ने हो ।” अहिले दैनिक एक हजार बढी पर्यटक जलजलाकै बाटो भएर मुक्तिनाथ जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...