धादिङको पृथ्वीराजमार्गअन्तर्गत थाक्रे गाउँपालिका–७ जंङ्गेखोला नजीकै आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
खानीखोलाबाट गजुरीतर्फ जाँदै गरेको बा७९प ७२६५ नंको मोटरसाइकल राजमार्गमा पल्टिँदा मोटरसाइकलमा सवार तीन जनामध्ये एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ ।
मृत्यु हुनेमा धुनीबेंशी नगरपालिका निवासी १८ वर्षीय अनिल लामा रहेका छन् ।
उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
अन्य दुई जना सख्त घाइते छन् ।