शहीद स्मारक ‘ए’ डिभिजन लिगको खेल तालिका सार्वजनिक, पहिलो खेल एनआरटी र आर्मीबीच



 

यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल न्युरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुने भएको छ ।

 

अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा गठित लिग कमिटीले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा असोज १३ गते शनिबार दिउँसो ३ बजे हुनेछ ।

१३ चरणसम्म खेलाइने लिगको सबै खेल तालिका सार्वजनिक गरिएको छ । सो अवसरमा ‘ए’ डिभिजनका १४ वटै क्लबका प्रतिनिधि सहभागी थिए । गोला प्रथाद्वारा सार्वजनिक गरिएको तालिकामा पहिलो राउन्डमा सात वटा खेल हुनेछन् ।

खेल तालिकाअनुसार पहिलो चरणको खेलमा यही असोज १३ एनआरटी क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । १४ गते दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले मनाङ–मस्र्याङ्दी क्लबसँग खेल्नेछ ।

१४ गतेको दोसो खेलमा मछिन्द्र क्लबले च्यासल युथ क्लबसँग सशस्त्र प्रहरी बलको हल्चोकस्थित मैदानमा सामना गर्नेछ । असोज १५ हुने पहिलो खेलमा फ्रेन्ड्स क्लबले थ्री स्टार क्लबसँग र दोस्रो खेलमा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

असोज १६ गते हिमालयन शेर्पा क्लबले सशस्त्र प्रहरीको विभागीय क्लब एपिएफ क्लबसँग एन्फा मैदानमा खेल्नेछ भने दोस्रो खेलमा हलचोक मैदानमा सरस्वती युथ क्लबले सङ्कटा युथ क्लबको सामना गर्नेछ ।

पहिलो चरणका खेलहरू सकिएपछि तीन कुनै पनि खेल हुँदैनन् भने १९ गतेदेखि दोस्रो चरणका खेलहरू हुनेछन् । दोस्रो चरणको पहिलो खेल असोज १९ गते एनआरटीले मनाङ–मस्र्याङ्दी क्लबसँग, दोस्रो खेल सोही दिन त्रिभुवन आर्मीले च्यासल युथ क्लबसँग खेल्नेछ । २० गते ब्रिगेड ब्वाइजले थ्री स्टार क्लबसँग खेल्नेछ ।

सोही दिन हुने दोस्रो खेलमा मछिन्द्र क्लबले नेपाल पुलिसको सामना गर्नेछ । त्यसैगरी २१ गते फ्रेन्डस क्लबले एपिएफसँग र सोही दिन दोस्रो खेलमा हिमालयन शेर्पाले सरस्वती युथ क्लबसँग तेस्रो खेलमा जावलाखेल युथ क्लबले सङ्कटासँग खेल्नेछ ।

असोज २४ गतेदेखि तेस्रो चरणका खेलहरू हुनेछन् । तेस्रो चरणपछि चाडपर्व शुरु हुने भएकाले एक महिना लिग स्थगित हुनेछ । महत्वपूर्ण चाडपछि आगामी मङ्सिर २ गतेदेखि पुनः लिगका खेलहरू हुनेछन् ।

लिगमा १४ ’ए’ डिभिजन क्लबहरू थ्री स्टार, मनाङ मस्याङ्दी, नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले खेल्ने छन् ।

राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख पाउने छन् ।

लिगको चौथो टोलीले १५ लाख, पाँचौ टोलीले सात लाख र छैठौंले पाँच लाख पाउने छन् । फेयर प्ले टिमले एक लाख पाउने छ । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार दिनेछ ।

यस्तै लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लोपटक २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो ।

रेलिगेसन बिना’को लिग
एन्फा अध्यक्ष शेर्पाले नियमित ‘रेलिगेसनसहित लिग सञ्चालन गर्न एक वर्ष समय लाग्ने हुनाले यसपटक फुटबलको रौनक ल्याउन रेलिगेसन बिनाको लिग गर्न लागेको बताए ।

चार वर्षदेखि ‘मोफसल’ का खेलले नेपाली फुटबल धानेको बताउँदै उनले समय अभाव र क्लब मानसिक रूपमा तयार नभएका कारण यसपालि यस्तो निर्णय लिन बाध्य भएको दाबी गरे ।

नियमित रेलिगेसनसहित लिग सञ्चालन गर्न एक वर्ष समय लाग्ने हुनाले यसपालि फुटबलको रौनक ल्याउन रेलिगेसन बिनाको लिग गर्न लागेको हो । संयोजक शर्माले रेलिगेसन नहुँदैमा यो वर्ष केही फरक नपर्ने बताउँदै अर्को वर्षदेखि नियमित ‘रेलिगेसन’ सहितको लिग गर्ने बताए ।

एशियाली फुटलब संघ (एफसी) र विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले नेपालमा फुटबलको रौनक सिर्जना गर्न रेलिगेसन बिनाको लिग गर्न अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्र श्रेष्ठ भेट

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी

    उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल

प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु