सिके राउतले सरकारलाई यसरी दिए ठाडो चुनौती



हाम्रो इकोनोमि

 

 

प्रहरीको खोजी सूचीमा रहेका सिके राउतले हजारौं कार्यकर्ताको बीचमा संविधानको विरोधमा सम्बोधन गरेका छन्।

 

जनकपुरको ‘रामानन्द चोक’मा राउतले सम्बोधन गर्दै गर्दा प्रहरी भने मूकदर्शक बनेको छ। मंगलबार साँझसम्म राउतको खोजी भइरहेको बताएको जनकपुर प्रहरी उनले मुख्य चोकमा सम्बोधन गर्दा मूकदर्शक बनेको हो।

 

संविधान दिवसकै दिन स्वतन्त्र मधेसको माग गर्दै विभिन्न कार्यक्रम गर्दै आएका राउतले प्रदेश २ को राजधानी जनकपुरकै मुख्य चोकमा संविधानको चर्को विरोध गर्दै सम्बोधन गरेका हुन्। सिके राउतले जनकपुरमा सम्बोधन गर्दा उता रुपन्देहीको गैडहवामा आमसभा भएको छ।

 

राउत नेतृत्वको स्वतन्त्र मधेश संगठनले आफ्ना कार्यकर्ता राममनोहर यादवको श्रद्धाञ्जलि कार्यक्रमसहित कालो संविधान भन्दै विरोध सभा गरेको हो।

 

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...

तोलामा १२ हजार ५ सय रुपैयाँ घट्यो सुनको भाउ

    आइतबार एकैदिन सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको...