उकालो लाग्न सकेन शेयर बजार



हाम्रो इकोनोमि

 

आइतबार दोहोरो अंकले बढेको धितोपत्र बजारमा शेयर आज सामान्य अंकले घटेको छ ।

शेयर कारोवार मापक नेप्से परिसूचक ०.३१ अंकले घटेर एक हजार २५६.४० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४९ बिन्दुले घटेर २६६.४४ बिन्दुमा कायम भएको छ ।

कूल १६७ कम्पनीको २४ लाख २५ हजार ३०३ कित्ता शेयर ६८ करोड ७६ लाख ८८ हजार ६५३ मा खरिद बिक्री भएको छ । नेप्से परिसूचक घटे पनि कारोवार रकममा भने वृद्धि भएको छ ।

स्टकका अनुसार ६ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ७.०२, होटल १८.८४, विकास बैंक ५.१५, जलविद्युत् १०.२८, फाइनान्स २.४४ र अन्य समूह २.४८ बिन्दुले घट्दा व्यापार ३.१७, निर्जीवन बीमा २०३.४६, उत्पादन २४.५१, माइक्रोफाइनान्स ५.६३ तथा जीवन बीमा ११९.७३ बिन्दुले बढेको छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...