मुख्यमन्त्रीज्यू सीता र भृकुटीको देशमा महिलालाई बेश्या बनाएर राज्यकोष भर्ने हो ?



हाम्रो इकोनोमि

 

 

रेडलाइट तोकेर यौन व्यवसायलाई वैधता दिने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङको अभिब्यक्तिप्रति महिला सांसदले आपत्ति जनाएका छन् ।

 

सांसद चन्दा चौधरीले मुख्यमन्त्री गुरुङको राजीनामा मागेकी छिन् । ‘यो सीता र भृकुटीका देश हो, यहाँ रेडलाइट एरिया तोकेर महिलाको मोल मोलाई हुँदैन’ राष्ट्रिय जनता पार्टीकी सांसद चौधरीले भनिन् ‘महिलाको शरिर बेचेर राजश्व असुल गर्ने तरिका मानवीय होइन ।’

 

नेपालको जस्तो धार्मिक सांस्कृतिक परिवेशमा यौन व्यवसायलाई कानुनी मान्यता दिन नुहने बताइन । ‘हामी महिला हिंसाको कुरा एकातिर गरिरहेका छौ भने अर्काेतिर महिलाको शरिर बेचेर राज्यकोष भर्ने अपराधी सोच पाल्छौ’ उनले भनिन् ‘अरु देशमा के छ त्यो त्यसको आधारमा नेपालमा रेडलाइट एरिया तोक्नु गलत हुन्छ ।’

 

उनले अरुदेशको समृद्धि तर्फ राज्य सञ्चालकको ध्यान नजाने तर नराम्रो कामप्रति पहिले ध्यान जान थालेको बताइन ।

 

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले लुकीछिपी यौन धन्दा चलिरहेको र त्यसलाई ब्यवस्थीत गर्न रेडलाइट एरिया छुट्टयाउनु पर्ने बताएका थिए । रेडलाइन बनाउने मुख्यमन्त्रीको धारणाप्रति असहमति जनाउँदै सांसद चौधरीले राजीनामा मागेकी हुन् ।

 

‘रेडलाइट बनाउँछु भन्दै हिड्ने मुख्यमन्त्रीको दलले उहाँलाई कारवाही गर्नुपर्दछ र उहाँले राजीनामा दिनु पर्दछ’ सांसद चौधरीले भनिन् ।

 

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...