सहकारीको ताला फोडेर ९ लाख रुपैयाँ चोरियो



हाम्रो इकोनोमि

 

 

पोखराको मुख्य बजार सिर्जनाचोकमा गएराति सहकारी संस्थाको कार्यालयमा चोरी भएको छ ।

 

पोखरा महानगरपालिका ८ सिर्जनाचोक भन्दा करिब ५० मिटर माथि रहेको जनएकता बचत तथा ऋण सहकारी संस्थामा सटरको चाबी फोडेर ९ लाख १४ हजार ४ सय ५ रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।

 

आइतबार बैंकमा जम्मा गर्न ढिलाइ भई सहकारीको कार्यालयमा नै धेरै रकम भएको बेला चोरी भएको देखिएको छ । सुरक्षा गार्ड र सिसी क्यामरा दुबै नभएको मौका पारेर दराजको सेफभित्र राखेको रकम चोरी भएको प्रहरीको भनाइ छ ।

 

प्रहरीका अनुसार सेफमा चावी नलगाउँदा चोरले सजिलै चोरेर लगेको देखिएको प्रहरीले जनाएको छ ।

 

चोरी भएको विहान मात्र थाहा भएको थियो । सहकारी नजिकैको होटलका कर्मचारीले सोमबार विहान ९ बजे चावी फोडिएको देखेपछि सहकारी सञ्चालकलाई खबर गरेका थिए ।

 

लगत्तै सहकारीका व्यवस्थापक सुनिता पाण्डेले प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले बताए । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...