सहकारीको ताला फोडेर ९ लाख रुपैयाँ चोरियो



हाम्रो इकोनोमि

 

 

पोखराको मुख्य बजार सिर्जनाचोकमा गएराति सहकारी संस्थाको कार्यालयमा चोरी भएको छ ।

 

पोखरा महानगरपालिका ८ सिर्जनाचोक भन्दा करिब ५० मिटर माथि रहेको जनएकता बचत तथा ऋण सहकारी संस्थामा सटरको चाबी फोडेर ९ लाख १४ हजार ४ सय ५ रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।

 

आइतबार बैंकमा जम्मा गर्न ढिलाइ भई सहकारीको कार्यालयमा नै धेरै रकम भएको बेला चोरी भएको देखिएको छ । सुरक्षा गार्ड र सिसी क्यामरा दुबै नभएको मौका पारेर दराजको सेफभित्र राखेको रकम चोरी भएको प्रहरीको भनाइ छ ।

 

प्रहरीका अनुसार सेफमा चावी नलगाउँदा चोरले सजिलै चोरेर लगेको देखिएको प्रहरीले जनाएको छ ।

 

चोरी भएको विहान मात्र थाहा भएको थियो । सहकारी नजिकैको होटलका कर्मचारीले सोमबार विहान ९ बजे चावी फोडिएको देखेपछि सहकारी सञ्चालकलाई खबर गरेका थिए ।

 

लगत्तै सहकारीका व्यवस्थापक सुनिता पाण्डेले प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले बताए । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...