५५ रुपैयाँको चिनी १०० सम्म पुग्ने, दशै तिहारमा जनताको ढाड सक्ने तयारी



हाम्रो इकोनोमि

 

 

सरकारले यो वर्ष विदेशबाट एक लाख मेट्रिक टन मात्रै चिनी आयात गर्न दिने भएको छ । आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्न भन्दै सरकारले चिनी आयातमा कोटा तोकेको हो । आइतबार बसेको मन्त्रिपरिषद बैठकले १ लाख मेट्रिक टन आयात गर्दा आन्तरिक माग धान्न सकिने अवस्था रहेको ठहर गर्दै चिनी आयातको सीमा तोकेको हो ।

 

नेपालमा वर्षमा २ लाख ८० हजार मेट्रिक टन चिनीको माग हुनछ । नेपाली चिनी उदोगले वर्षमा मुस्किलले १ लाख २० हजार मेट्रिक टन चिनी उत्पादन गर्छन् ।

 

‘सरकारले तोकेको सिलिङले ६० हजार मेटि्रक टन चिनीको अभाव बजार हुन्छ,’ उपभोक्ताकर्मी प्रेमलाल महर्जन भन्छन्,’अब स्वतः बजारमा अभाव त भइहाल्छ । लुकाएर थप कालोजारी हुन्छ । यसले गर्दा चिनीको मूल्य अब सय रुपैयाँ प्रतिकिलोमा पुग्ने निश्चित भयो ।’

 

भारत र पाकिस्तानबाट आएको चिनी सस्तो भएपछि नेपाली चिनी उद्योगीहरुले विदेशी चिनी आयातमा प्रतिवन्ध लगाउन माग गर्दै आएका थिए । तर, सरकारले बजेटमार्फत आयात हुो चिनीको भन्सार १३ प्रतिशतले बढाएको थियो । त्यसपछि भन्सार ३० प्रतिशत पुगेको थियो ।

 

तर, पनि अन्तर्राष्ट्रिय बजारमा उत्पादित चिनी आयातमा कमी नआएपछि उद्योगीहरुले आयातमा प्रतिवन्ध लगाउन माग गरेका थिए । आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयले आयातमा प्रतिवन्ध लगाउन नसक्ने जनाउ दिएपछि उनीहरुले प्रधानमन्त्रीलाई भेटेका थिए ।

 

त्यसलत्तै प्रधानमन्त्रीले आपूर्ति मन्त्री, अर्थमन्त्री र सचिवहरुलाई बोलाएर चिनी आयात रोक्न निर्देशन दिएका थिए ।

 

तर, विश्व ब्यापार संगठनको सदस्य राष्ट्रका हिसावले प्रतिवन्ध लगाउन नसकिने अवस्था भएपछि एक लाख मेटि्रक टनको सिलिङ राख्ने गरी निर्णय भएको हो ।

 

विश्वबजारमा विगत १० वर्षमा सबैभन्दा मूल्य घटेकै चिनीको हो । यदि बजारलाई खुला रुपमा छाडिएको र भन्सार नबढाइएको भए नेपालमा चिनीको मूल्य यो वर्ष प्रतिकिलो ५५ रुपैयाँमा झर्ने अवस्था रहेको महर्जनले बताए ।

 

‘पाकिस्तानमा १८ रुपैयाँ किलोमा चिनी बिक्री भइरहेको छ । हामीले अहिले ८५ रुपैयाँ तिर्नुपरेको छ, सरकारको पछिल्लो निर्णयले त चिनीको मुल्य सय रुपैयाँमा पुर्‍याउने भयो,’ उनले भने,’खुला बजार अर्थनीतिलाई मानेर अघि बढेको सरकारले स्वदेशी उद्योगलाई प्रतिस्पर्धी बनाउनभन्दा बढी कालोजारी गराउन प्रोत्साहन गरिरहेको छ आयातको कोटाले ५५ रुपैयाँ प्रतिकिलोमा पाइने चिनी १०० रुपैयाँ पुग्दैछ ।’

 

उपभोक्ताकर्मीहरु सरकारको निर्णयका कारण अब भारतबाट चिनीको तस्करी मौलाउने बताउँछन् , यसमा कतिपय चिनी उद्योगी नै सक्रिय हुने आरोप उनीहरुको छ ।

 

‘भारतमा ३३ रुपैयाँ किलोमा चिनी पाइन्छ । अब त्यो चिनी वारी ल्याउनासाथ ८५ देखि सय रुपैयाँमा बेच्न पाइन्छ,’ महर्जन भन्छन्,’किलोमै मालामाल हुो भएपछि उद्योगीहरु नै भारतबाट चिनी ल्याएर आफ्नोमा प्याक गर्दै बेच्न लाग्दैनन् भन्ने छैन ।’

 

स्वदेशी उद्योगीले चिनी आयात नरोके घाटा बेहोर्नुपर्ने तर्क गरेपछि साल्ट ट्रेडिङ कर्पोरेशन ले ४ पटकसम्म किन्नका लागि प्रस्ताव आह्वान गरेको थियो । तर, उद्योगीले सरकारलाई चिनी बेच्न इच्छा देखाएका थिएनन् ।

 

सरकारले आइतबार नै चिनी किसानलाई प्रति मेट्रिक टन ६५ रुपैयाँ २८ पैसा अनुदान दिने निर्णय पनि गरेको छ ।

 

उखु किसानले घाटा बेहोर्नुपरेपछि उखुको उत्पादन घटेको छ । उखु किसानलाई रहात सदिने गरी सरकारले अनुदानको निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस
एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...

बुथ कब्जा गर्ने कल्पना कसैले नगरे हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीप्रति प्रश्न उठाउने ठाउँ नै नभएको...

भदौ २४ को बिध्वंशका १० हजार भिडिओ क्लिप संकलन

    भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की...