नीजि क्षेत्रसंगको सहर्कायबाट मात्र प्रदेशको दिगो विकास सम्भव : मुख्यमन्त्री पौडेल
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल संघीयताको अभ्यासमा रहेकोले अनावश्यक बिरोध नगर्न अपिल गर्नुभउको छ । प्रदेश सरकार नीति तथा योजना आयोग र नेपाल उद्योग परिसंघको आयोजनामा भएको प्रदेश ३ को समृद्धिको मार्गचित्र विषयक अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री पौडेलले संघीयताको अभ्यासमा हरेक क्षेत्र मिलेर अगाडि बढे मात्र विकास र आर्थिक समृद्धि हासि हुने बताउनु भएको हो ।
प्रदेश सरकारले नीति तथा कार्यक्रममा सुखी नेपाली समृद्ध नेपालको परिकल्पना गरेको बताउँदै आर्थिक क्रान्तिको चरणमा रहेको बताउनुभयो । उहाँले उहाँले भन्नुभयो,‘प्रदेश सरकारले उच्च दरको आर्थिक वृद्धि हासिल गर्ने, सन्तुलित र सुदृढ अर्थतन्त्र निर्माण गर्ने, विकासलाई समावेशी र सामाजिक न्यायमा आधारित वनाउने र सुशासन कायम गर्ने प्रमुख उद्देश्य लिएको छ ।’
मुख्यमन्त्री पौडेलले परिकल्पना र उद्देश्य पुरा गर्न सरकारको एकल प्रयासले मात्र सम्भव नहुने बताउनु भयो । संविधानले नै सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागितबाटनै मुलुकको अर्थतन्त्र सुदृढ हुने नीति लिए अनुसार निजी क्षेत्रलाई उच्च प्राथामिकता दिएको पनि उहाँको भनाई थियो ।
नीजि क्षेत्रसंगको सहर्कायबाट मात्र प्रदेशको दिगो विकास सम्भव छ सरकार नीजि क्षेत्रसंग रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो–‘ हामी तपाईहरुसँग आपसी सहकार्य गरेर अगाडि वढन तयार छौ ।’
प्रदेश सरकारको काम देखिन अब केहि समय लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘ अहिले हामी जहाजमा उडिरहका छौं, उडेको समयमा जहाजको गति थाहा हुँदैन, जहाजको गन्तब्यमा पुगेपछि मात्र जहाज उडेको दुरी थाहा हुन्छ, त्यस्तै प्रदेश सरकार अहिले उडिरहेको छ ।’
उहाँले उद्योग क्षेत्रलाई प्रवद्र्धन गर्न ठोस कार्ययोजना भए संरचनाहरु तयार गर्न सरकार तत्पर रहेको पनि उहाँले जानकारी दिनुयभो । ‘हाम्रा उद्योगहरु प्रतिस्पर्धी हुन्, आयतलाई प्रतिस्थापन गर्ने खालका हुन, निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने खालका हुन,’ मुख्यन्त्री पौडेलले भन्नुभयो ।
निजी क्षेत्रको लगानी प्रवद्र्धधन मार्फत् उच्च आर्थिक बृद्धि र रोजगारीको अवसर सिर्जना गर्न प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यलाई संस्थागत गर्नुपर्नेमा उहाँको जोड थियो ।
स्थानीय स्रोत तथा सिपमा आधारीत एक पालिका एक विषेश उत्पादन, एक टोल एक उद्यम तथा व्यवसाय प्रबद्र्धन कार्यक्रम सञ्चालन गर्ने प्रकृयामा प्रदेश सरकार अगाडि बढिरहेको पनि उहाँले जानकारी दिनुभयो ।
सार्वजानिक निजि साझेदारी र सार्वजानिक सहकारी साझेदारी सम्बन्धी प्रदेशस्तरको नीति तत्काल जारी गरी स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई लगानीमैत्री वाताबरण सिर्जना गरी आर्थिक रुपान्तरण गर्न प्रदेश सरकारको चाहना रहेको बताउनुभयो ।
पौडेले अवका केहि बर्षलाई प्रदेश सरकार औद्योगिक बर्षका रुपमा सञ्चालन गर्न चाहेको बताउँदै यसका लागि प्रदेश सरकार लगानीकर्ताहरुलाई सहजरुपमा एकद्वार प्रणालीद्वारा सम्पूर्ण आवश्यक प्रकृया सञ्चालन गर्नेगरी अगाडि बढेको पनि बताउनुभयो ।
यस्तै जलविद्युत उत्पादनमा जनताको लगानी आकर्षण गर्न प्रदेश विद्युत लगानी बोर्डको स्थापना गरिनेपनि उहाँले जानकारी दिनुभयो । विद्युत वितरणका विद्यमान र नयाँ प्रणालीहरु मार्फत प्रदेशका सम्पूर्ण स्थानिय तहमा विद्युत सेवा सुचारु रुपले पु¥याईने व्यवस्था मिलाईने पनि उहाँले विश्वास दिलाउनुभयो ।
उहाँले नीजि क्षेत्रसंगको सहकार्यमा सुरुङ मार्गलगायत अन्य ठुला ठुला परियोजना निर्माण गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै ३ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले स्रोत र साधन प्रयोग गरी सुखी नेपाली र समृद्ध नेपालको परिकल्पनामा अगाडि बढ्ने बताउनुभयो ।
३ नम्बर प्रदेश सौन्दर्य, वातावरण, संस्कृति, पर्यावरणको उत्कृष्ठ भएको कारण पर्यटन सम्भावन धेरै रहेको उहाँको भनाई थियो । उद्योगको विकास र विस्तारमा देखिएको समस्यालाई कानुनी तवरबाट सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।
सार्वजानिक, नीजी र सहकारी क्षेत्रको सहभागितामा प्रदेशको औद्योगिक कोरीडोर तथा औद्योगिक क्षेत्र स्थापनाको लागि बजेट तथा कार्यक्रम समेत तर्जुमा गरिएको उहाँले बताउनुभयो ।
यस्तै ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले समृद्ध मुलुक निर्माणमा नीजि क्षेत्रको सहयोग अपरिहार्य भएको बताउनुभयो ।
संघीयता प्राप्तिका लागि नीजि क्षेत्रको पनि योगदान रहेको भन्दै मन्त्री ढुंगेलले नीजि क्षेत्रलाई संगै लिएर जान प्रदेश सरकार तत्पर रहेको बताउनुभयो । कृषि र हाईड्रोको संभावना बोकेको प्रदेशमा हरेक प्रकारका सम्भावना रहको बताउनुभयो ।
कार्यक्रममा ३ नम्बर प्रदेशका निति तथा योजना आयोगका उपाध्यक्ष डा। खिमलाल देबकोटा र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा।शंकरप्रसाद शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको अध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका सांसद तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।