लक्की मेनपावरका सञ्चालक गुरुङमाथि किन दलियो कालोमोसो ?



हाम्रो इकोनोमि

 

 

लामो समयदेखि पोखरामा लक्की मेनपावर चलाउँदै आएका मेनपावर सञ्चालक रस बहादुर गुरुङ बिप्लब नेतृत्वको नेकपाको कारवाहीमा परेका छन् ।

उनले लामो समयदेखि मेनपावरको नाममा अवैध धन्दा गर्दै आएको विप्लव माओवादीले दावी गरेको छ ।

विप्लव माओवादीको युवा संगठन योङ रेड फोर्सले आइतबार गुरुङलाई कालोमोसो दलेको हो।

कार्वाहीपछि फोर्सले गुरुङलाई कालोमोसो लगाउनु पर्नाको कारण भन्दै पर्चासमेत छरेको छ।

फोर्सले मेनपावरको अफिसमा तालाबन्दी समेत गरेको छ। गुरुङले अवैध रुपमा मेनपावर सञ्चालन गरी ठगी गरेको माओवादीको दावी छ ।

नेकपा र योङ्ग रेडफोर्सको पहलमा मेनपावर पनि खारेज भएको माओवादीले दावी गरेको छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...