श्रीमति र छोराको नाममा पूर्वप्रधानसेनापति क्षेत्रीले जोडे यति धेरै अकुत सम्पत्ति, अख्तियार प्रमुखले थाले यस्तो तयारी !



हाम्रो इकोनोमि

 

भर्खरैमात्र प्रधानसेनापतिबाट अवकास प्राप्त सेनाका महारथी राजेन्द्र क्षेत्रीको सम्पत्ति विवरण एकसरो नजर डुलाउदा सामान्य मानिस बेहस हुन सक्छ ।

 

कारण हो सेनाको जागिरे एक जना राष्ट्र सेवक कर्मचारीले कमाएको अकुत सम्पत्ति । सेनापति क्षेत्रीले प्रधानसेनापति बने देखि जोडेको सम्पत्तिलाई मात्र हेर्ने हो भने पनि सेनामा कतिसम्म पैसा भ्रष्टाचार गर्न सकिदो रहेछ भन्ने कुराको स्पष्ठता देखिन सक्छ ।

 

केहि दिन पहिले अवकास प्राप्त प्रधानसेनापति क्षेत्रीले कान्छा छोरा आभूषणको नाममा ललितपुरको धोविघाटमा कित्ता नम्बर ८३८ मा पर्ने १ रोपनी १४ आना १ पैसा क्षेत्रफल भित्र फैलिएको जग्गासहितको बंगला खरिद गरेर अकुत सम्पत्ति जोडेको प्रमाण आफैले खोलेका छन् ।

 

जुन सम्पत्ति पूर्वराजदरबारको कारवाहीमा परेका गडुल समशेर जबराका छोरा संजोग जवराबाट २० करोड रुपैयामा खरिद गरेका हुन् ।

 

क्षेत्रीले काठमाडाैंमा मात्रै यसरी सम्पत्ति जोडेका भने होइनन् । उनले पोखरा, हेटाैडा र चितवनमा समेत करोडाैको सम्पत्ति जोडेको खुल्न आएको छ । क्षेत्रीले मकवानपुरमा बिनु कुँवरको नाममा रहेको ४ कठ्ठा ५ धुर जग्गालाई २० करोडमा खरिद गरेका छन् ।

 

यस्तै, उनले काठमाडाैं मै लिलामी जग्हालाई ९ करोडमा अग्रवाल थरका मान्छेले किन्न लागेको जग्गा डवल १९ करोड हालेर किने ।

 

चितवनको जगतपुरमा समेत क्षेत्रीले ३८ करोडमा ३ बिघा जमिन खरिद गरेका छन् तर, उनले खरिद गरेका सवै सम्पत्ति भने छोरा श्रीमतिको नाममा राखेका छन् । उनको नाममा भने पुर्ख्याैली सम्पत्ति बाहेक अरु देखिदैन ।

 

 

४० बर्षे सैनिक जीवनमा उनले २ बर्ष संयक्त राष्ट्रसंघीय मिसन (यूएन)को न्युयोर्क स्थित मुख्यालयमा काम गरेका थिए । जहाँ राम्रै आम्दानी हुने गरेको सुनिन्छ तर, उनले त्यहाव तीन करोडसम्म कमाएको स्रोतको दावी छ ।

 

उनको सैनिक जीवनमा उनले झण्डै १० करोड अवकास पाउँदा पाउन सक्ने समेत जनाइन्छ र आजीवन कमाइ १० करोड सम्म हुने विज्ञहरुको कुरा छ । र अर्को कुरा कमाएको जति सम्पत्ति जम्मा पनि हुँदैन भने क्षेत्री डेढ करोडदका मालिक कसरी भए यो भने संसयको विषय बन्न पुगेको छ ।

 

सरकारले भने उनलाई छानविनको दायरामा ल्याउन कुनै किसिमको तयारी थालेको छैन् । स्रोतका अनुसार अख्तियार दुरुपतयोग अनुसन्धान आयोगले समेत यसबारे चासो देखाउन अनकनाएको जनाइन्छ ।

 

पूर्वप्रधानसेनापतिलाई चलाउदा आफ्नो पद गुम्ने हो कि भन्ने डर पालेर बसेेका अख्तियार प्रमुखले सरकारको दर्हो साथ पाए छानविन गर्न सक्ने समेत जनाएको स्रोतको दावी नेपालपानाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...