रेडलाइट एरिया खोल्नु पर्छ भन्ने मुख्यमन्त्री गुरुङको राजीनामा माग



हाम्रो इकोनोमि

 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको राजीनामा माग गरिएको छ।

आइतबार संसद बैठकमा बोल्दै राष्ट्रिय जनता पार्टीकी सांसद चन्दा चौधरीले रेडलाइट एरिया खोल्ने भन्दै महिला अस्मिता माथी प्रहार भएको मन्दै मुख्यमन्त्री गुरुङले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिन्।

 

मुख्यमन्त्री गुरुङको भनाईले नेपाली नारीको अपमान भएको उनले बताइन्।

 

‘महिला हिंशा रोक्न नसक्ने रेडलाइटको कुरा गर्ने,’ उनले भनिन्, ‘उहाँको भनाईले महिला अस्मिता माथी प्रहार भएको छ।’

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनामा सरकारले अझै दोषी पत्ता लगाउन नसकेको भन्दै पीडितलाई न्याय दिन उनले न्याय माग गरिन्।

‘निर्मलाको हत्यारा पत्ता नलाग्दै फेरी दुई जनाको बलात्कार भएको छ’, उनले भनिन्, ‘आठ महिनाका शिसुको हत्यारा पत्ता लाग्न सकेको छैन।

यी घटनामा दोषि समात्न नसक्नुको कारण के हो ?’ उनले थपिन, ‘हाम्रो सिआइवी विदेशमा सम्मानित हुनछ तर यहाँ किन दोषी पत्ता लाग्न सकेको छैन ?’

केही दिन अघि गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले ‘रेडलाइट एरिया’ खोलेर परिचयपत्र दिनु पर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...