प्रचण्डको चीन भ्रमणले आेलीको कुर्सी हल्लिने संकेत, आेलीले आफू निकट नेतालाई दिए यस्तो निर्देशन !
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भ्रमणका लागि शनिबार दिउँसो चीन प्रस्थान गरेसंगै नेकपाका केहि आफू निकट नेताहरुलाई बोलाएर प्रधानमन्त्री केपी शर्मा आेलीले सतर्क रहन निर्देशन दिएका छन् ।
प्रचण्डको चीन भ्रमणले आफ्नो सरकारको वचाउ गरेजस्तो गरेर सरकारलाई नै घेराबन्दीमा हाल्न कुटनीतिक चाल चल्ने योजनामा रहेको भन्दै आेलीले यस्तो जनाएको स्रोतले जनाएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा चीन प्रस्थान गरेका प्रचण्डले भने पर्टी टू पार्टी सम्बन्ध बनाउने भनेर पत्रकारहरुलाई जनाएका थिए । तर, प्रचण्ड भारत भ्रमण लगत्तै मुहारमा चमक लिएर फर्केको भन्दै आेलीले चीन भ्रमणले थप उर्जा प्रदान गर्ने र सरकारको नेतृत्वमा उनको प्रहार केन्द्रित हुने जनाएको स्रोतको दावी छ ।
प्रचण्डले आफू निकटका नेताहरुसंग पार्टी अध्यक्ष या प्रधानमन्त्री हुने निश्चित नहुन्जेल चुप लागेर बस्ने स्थिति नभएको जनाउदै आएको समेत स्रोतको दावी छ ।
टिमुरेमा दुईको मृत्यु, नौ घाइते
निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरोका कारण शनिबार राति दुई जनाको मृत्यु भएको छ ।
सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार मृत्यु हुनेमा रुकुम जिल्ला भूमे गाउँपालिका– ९ का ५० वर्षीय भीम रोकाको स्थानीय मेडिकलमा उपचारका क्रममा र मकवानपुर जिल्ला हेटौँडा नगरपालिका–११ मकवानपुरका २२ वर्षीय रमेश कप्तौलाको घटनास्थलमै मृत्यु भएको हो ।
उनीहरु टिमुरेस्थित भन्सार कार्यालयको मोटर पार्किङ गर्ने स्थलको भोटेकोशी पारिपट्टिको गोसाइँकुण्ड गाउँपालिका–१ स्थित आयोजनाको सुरुङ प्रवेश गर्ने क्रममा माथिबाट झरेको पहिरोबाट मृत्यु भएको हो । सुरुङ निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी सी.डब्लू्.ईमार्फत रात्रिकालीन काम गर्न सुरुङभित्र जाने क्रममा टिपरमाथि ढुङ्गा खस्दा उनीहरुको मृत्यु भएको हो ।
सोही दुर्घटनामा गम्भीर घाइते रुकुम जिल्ला भूमि गाउँपालिका–२ का २५ वर्षीय जगदीश रोका, रुकुम जिल्लाकै काक्रेका २२ वर्षीय टेकमान बुढा र ४२ वर्षीय चिनियाँ नागरिक छेत्यो थअतजभथय रहेका छन् ।
उनीहरुलाई गएराति नै थप उपचारार्थ काठमाडाँै पठाइको थियो । धुञ्चे अस्पतालमा भर्ना भएका अर्का प्रकाश भट्ट भने थप उपचारार्थ आज बिहानै काठमाडाँै पठाइएको रसुवा जिल्ला अस्पताल धुञ्चेले जनाएको छ ।
सामान्य घाइते भएका अन्यको ठेकेदार कम्पनी चिनियाँ सी.डब्लू.ईको टिमुरेस्थित मेडिकल क्याम्पमा उपचार भइरहेको जलविद्युत् आयोजनाले जानकारी दिएको छ ।
जनप्रतिनिधिकै घरमा स्थानीय सरकार
यहाँका जनप्रतिनिधिले सदरमुकाममा रहेका आफ्नै घरमा स्थानीय सरकार चलाएका छन् ।
आफ्नै घरमा चलाएका कार्यालयको पनि आवास खर्चस्वरुप रकम झुक्तानी लिने गरेको पाइएको छ ।
जिल्लाको बारेकोट गाउँपालिकाले सदरमुकाममा कार्यालय राखेर काम गर्दै आएको वर्ष दिन बित्यो । उता लिम्सामा सम्पर्क कार्यालय भए पनि सबै काम सदरमुकामबाटै हुने गरेको छ । गाउँपालिकाका लेखापाल राजबहादुर सिंहको घरमा एक वर्षअघि देखि कार्यालय सञ्चालन हुँदै आएको छ ।
त्यस्तै कुशेगाउँपालिकाको कार्यालय पनि सदरमुकाममै छ । यो गाउँपालिकाको काम पनि सदरमुकाममै हुने गरेको छ । कुशेगाउँपालिकाकी उपाध्यक्ष रामछाया शाहीको सदरमुकामको घरमा कार्यालय सञ्चालन हुँदै आएको हो । गाउँमा पनि सम्पर्क कार्यालय स्थापना गरी कहिलेकाहीँ काम हुने गरेको छ ।
सदरमुकाम र गाउँमा गरी बारेकोट र कुशेगाउँपालिकाले डबल भाडा तिर्दै आएका छन् । सदरमुकाम खलङ्गामा भेरी नगरपालिकाको आफ्नै भवन बन्दै छ । भवन नबन्दासम्म भेरी ज्ञानोदय क्याम्पसको भवन भाडामा लिएर काम सञ्चालन भइरहेको नगरपालिकाले जनाएको छ ।
गाउँमै कार्यालय सञ्चालन गरी भाडाको भवनमा बस्दै आएको नलगाडले पनि वडादेखि नगरपालिका कार्यालयसम्मको भाडा तिर्दै आएको छ । नलगाड नपा–८ स्थित मन्मैमा साबिकको खगेनकोट गाविसको भवन छँदाछँदै वडाध्यक्ष गोविन्द शाहीको मनोमानीका कारण भाडामा कार्यालय राख्नु परेको कार्यपालिका सदस्य नरबहादुर विकले बताउनुभयो ।
शिवालय गाउँपालिकाले घर भाडाबापत मासिक रु ५५ हजार भुक्तानी गर्दै आएको छ । छेडागाड नगरपालिकाले पनि गाउँमा रहेको कार्यालय र सदरमुकाममा रहेको कार्यालय गरी दोहोरो भाडा तिरेर दैनिक काम गर्दै आएको छ । सदरमुकाममै घर भएका जनप्रतिनिधिले समेत आवासको सुविधा भन्दै रकम लिने गरेका छन् । यहाँका सात स्थानीय तहले गत आवमा रु ५० लाख घर भाडामा खर्चेको तथ्याङ्क रहेको छ ।