‘गो ब्याक’ भन्दै बाबुरामविरुद्ध अमेरिकामा प्रदर्शन



हाम्रो इकोनोमि

 

 

नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन भएको छ । अमेरिकामा रहेका केही नेपाली युवाले डा. भट्टराईको बिरोध गरेका हुन् ।

 

डा. भट्टाराई एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनीमाथि कालो झण्डा सहित केही युवाले विरोध प्रदर्शन गरेका हुन् ।  डिसी मेट्रो एरियाबाट टेक्सस जाने क्रममा डा भट्टराई र हिसिला यमीको बिरोधमा कालो झण्डा देखाउँदै नेपाली युवाले नाराबाजी समेत गरेका थिए ।

 

तत्कालिन माओवादी युद्धमा हजारौं नागरिकको मृत्यु भएको भन्दै उनीहरुले डा. भट्टराईविरुद्ध प्रदर्शन गरेको बताएका छन् ।

 

तत्कालिन माओवादीका नेताहरुले नेपालीमाथि ठूलो अपराध गरेको उनीहरुको आरोप छ । ‘गो ब्याक’ भन्दै उनीहरुले प्रदर्शन गरेका थिए ।

 

डा भट्टराई भाद्र २८ गतेदेखि अमेरिका भ्रमणमा छन् । उनी असोज २२ सम्म उनी अमेरिकमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...