सरकारमा बसेरै कालो दिन मनाउने तयारी, मुख्यमन्त्री राउतले विरोध सभाका लागि मन्त्री नै खटाइए



हाम्रो इकोनोमि

 

 

प्रदेश २ सरकारका मन्त्री नै संविधान दिवसमा हुने विरोध सभामा खटिने भएका छन् । संविधानको विरोधका लागि राजपाले सभा गर्न आफ्ना मन्त्री खटाएको छ ।

 

राजपाले संविधान संशोधनको मागलाई लिएर ३ असोजमा बृहत् विरोधका कार्यक्रम गर्ने निर्णय गरेसँगै त्यसको नेतृत्वका लागि नेता परिचालन गरेको हो ।

 

राजपाले भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनाललाई सप्तरी खटाएको छ । त्यस्तै, उद्योग, पर्यटन, वन तथा वातावारणमन्त्री रामनरेश रायलाई सिरहा र सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई धनुषा खटाएको छ ।

 

राज्यमन्त्री डिम्पल झालाई महोत्तरी र सुरेश मण्डललाई रौतहट खटाएको छ । मधेस अन्दोलनमा असई थमन विकको हत्या अभियोग खेपिरहेका राज्यमन्त्री अभिराम शर्मालाई सर्लाही खटाइएको छ ।

 

राजपाका शीर्ष नेता पनि विरोधसभामा खटिने भएका छन् । अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरलाई बारा र पर्साको जिम्मेवारी दिइएको छ । त्यस्तै, अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोलाई बाँके र बर्दिया, महेन्द्र राय यादवलाई नवलपरासी, रुपन्देही र कपिलवस्तु खटाइएको छ ।

 

शरत्सिंह भण्डारीलाई झापा, राजकिशोर यादवलाई मोरंग र सुनसरी तथा अनिलकुमार झालाई कन्चनपुर र कैलालीमा हुने विरोध कार्यक्रमको जिम्मा दिइएको छ ।

 

राजपाले स्थानीयस्तरमा राजपाबाट निर्वाचित जनप्रतिनिधिलाई खटाएको छ । प्रचार गर्ने र जनसहभागिता गराउने जिम्मा उनीहरूलाई दिइएको धनुषाका एक मेयरले बताए ।

 

सरकारमा बसेरै कालो दिन मनाउने तयारी
संविधान दिवसका दिन ३ असोजमा प्रदेश सरकारले वृक्षरोपणको तयारी गरेको छ । प्रदेश मन्त्रिपरिषद्को २८ भदौमा बसेको बैठकले वृक्षरोपणलगायत कार्यक्रम बनाएको हो । तर, सत्तामा सहभागी दल राजपाले भने कालो दिवस मनाउने तयारी गरेको छ ।

 

सरकार र सडकबाट संघर्ष : मन्त्री यादव
प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री विजय यादवले पार्टीको निर्देशनअनुसार आफूहरूले विरोध दिवस नै मनाउने बताए ।

 

वीरगन्जमा सम्पन्न दोस्रो महाधिवेशनबाट राजपाले सडक, सदन र सरकार तीनै स्थानबाट संघर्ष गर्ने नीति लिएकाले आफूहरू पनि विरोध सभामा सहभागी हुने बताए ।नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...