मनकामना पुनर्निर्माण सकियो, दशैंमा मन्दिरभित्रै पूजा गर्न पाइने



हाम्रो इकोनोमि

 

गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुननिर्माण सकिएको छ ।

मूल मन्दिरको संरचना पुननिर्माणको काम सकिएको मन्दिर जिर्णोद्धार समितिले जनाएको छ । ‘स्टक्चरको काम सकियो,’ समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले भने, ‘आँगनमा ढुङ्गा छाप्ने र रिटेनिङ वाल लगाउने काम बाँकी छ ।’

मन्दिरको पश्चिम भागमा ‘रिटेनिङ वाल’ लगाउन पूरातत्व विभागले स्टिमेट गरिरहेको उनले बताए । ‘आगँनमा छाप्ने ढुङ्गा नुवाकोट बाट ल्याउने निर्णय भइसकेको छ भोलिदेखि ढुङ्गा ल्याएर छाप्ने काम शुरु गर्छाै,’ श्रेष्ठले भने ।

मन्दिरको संरचना पुननिर्माणका लागि १३ करोड रुपैयाँ खर्च भएको उनको भनाइ छ । ‘सुन मात्र १८ किलो लाग्यो, त्यसकै लागि करिव दश करोड रकम खर्च भयो,’ उनले भने । मन्दिर जीणर्ाेद्धारका लागि पुरातत्व बिभागबाट निकासा भएको चार करोड रकमले सात किलो सुन खरिद गरिएको थियो । मन्दिर पुननिर्माणका लागि भक्तजनबाटै करिब दश करोड रकम संकलन भएको थियो ।

दशैंसम्ममा भक्तजनले मन्दिरभित्रै पूजा गर्न पाउने श्रेष्ठले बताए । अहिले मन्दिर नजिकै अस्थायी टहरा बनाएर भक्तजनलाइ पुजाआजाको व्यवस्था मिलाइएको छ । भूकम्प अघि नै मन्दिर ६ इन्च ढल्किएको थियो । २०७२ वैशाखको भूकम्पले थप ढल्किएपछि पुननिर्माण थालिएको हो । रकम बाँकी रहे मन्दिरको पुर्वतिर धर्मशाला बनाउने योजना समितिको छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...