निर्मल हत्याको उच्चस्तरीय छानविन समितिका सदस्य डिआइजी बाँनियालाई किन भयो ह्दयघात ?



हाम्रो इकोनोमि

 

कञ्चनपुरको भीमदत्तनगर–२ की १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या घटनाको छानविन गर्न गठित उच्चस्तरीय छानविन समितिका एक सदस्यलाई हृदयघात भएको छ ।

गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिका सदस्य सशस्त्र प्रहरी वलका डिआइजी वसन्त बानियाँलाई हृदयघात भएको जनाइएको छ ।

घटनाको छानविन गर्ने क्रममा महेन्द्रनगरमा खटिएका बानियाँलाई ६ दिनअघि एक्कासी हृदयघात भएको जनाइएको छ । सशस्त्र प्रहरी वलका अनुसार उनको काठमाडौंकै एक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालको नाम भने दिइएको छैन ।

यसअघि त्यही समितिका सदस्य एवं उपसचिव वीरेन्द्र केसीले शान्ति सुरक्षाको माग गर्दै समितिबाट राजीनामा दिएका थिए । गृहमन्त्री रामबहादुर थापा र सचिव प्रेमकुमार राईसंँगको छलफलपछि उनी फेरि समितिमा फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...