गगन थापाको गृहमन्त्रीलाई प्रश्न–बम दिदीबहिनीका पक्षमा किन प्रधानमन्त्री बोल्नु भयो ?



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले निर्मला हत्या प्रकरणमा आशंकित बम दिदि बहिनीका बिषयमा अभिब्यक्ति दिएर प्रधानमन्त्री केपी शर्मा ओलीले घटनालाई प्रभावित गरेको आरोप लगाएका छन् ।

 

गृहमन्त्री रामबहादुर थापा बादल मार्फत थापाले प्रधानमन्त्री ओलीले किन बम दिदिबहिनीका पक्षमा अभियब्यक्ति दिएको ? भन्दै प्रश्न गरेका थिए । ब्यवस्थापिका संसदको बैठकमा थापाले निर्मला हत्याकाण्डका आशंकितका पक्षमा प्रधानमन्त्रीले अभिब्यक्ति दिएर घटनालाई प्रभावित गरेको आरोप लगाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिभिजनको एक कार्यक्रममा बम दिदि बहिनीका बिषयमा अभिब्यक्ति दिएका थिए । तर उनले कुनै माथी अपराध प्रमाणित नभएसम्म आरोप नलगाउन प्रधानमन्त्रीले आग्रह गरेका थिए ।

 

तर त्यसलाई अहिले विरोधको कडी बनाएको छ । बैठकमा नेपाली कांग्रेसका अर्का सांसद अमेशकुमार सिंहले निर्मला हत्याकाण्डमा शक्तिशाली हत्यारा भन्ने चर्चा सुनिन्छ, ति हत्यारा को हुन् ? भनि प्रश्न गरेका थिए । सांसद दुर्गा पौडेलले पनि बम दिदि बहिनीलाई छानविनको दायरामा किन नलाएको भन्दै गृहमन्त्रीसँग प्रश्न सोधेकी थिइन ।

 

 

विहीबार नेपाली कांग्रेसले निर्मला हत्याप्रकरणका बिषयलाई लिएर संसद अवरुद्ध गरेको थियो । हत्या प्रकरण बारे संसदलाई जानकारी गराउन सभामुख कृष्णबहादुर महराले रुलिङ गरेका थिए । सभामुखको रुलिङपछि शुक्रवार गृहमन्त्री थापा संसदका दुवै सदनमा उपस्थित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...