पूर्व राजदुत झा हत्या प्रकरण : पाले र माली छुटे, अनुसन्धान गर्दा यातना ! अपराधी अझै भेटिएन



हाम्रो इकोनोमि

 

फ्रान्सका लागी पूर्व नेपाली राजदूत केशवराज झाको हत्या भएको करिब एक महिना भैसकेको छ । भदौ ४ गते काठमाडौँको बवरमहलस्थित आफ्नै निवासमा हत्या गरिएका झाको हत्यारा अझै पत्ता लागेको छैन् ।

 

सुतिरहेको ठाउँमा मृत फेला परेपछि घटनाको अनुसन्धान शुरु गरेको प्रहरीले उनको हत्या भएको निष्कर्ष निकाल्दै सुरक्षा गार्डको काम गर्दै आएका सानुकान्छा तामाङ, मालिको काम गर्ने आइतसिंह तामाङ र जय बहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो ।

तर, अनुसन्धानको क्रममा तिनैजनाको संलग्नता पुष्टि हुन नसकेपछि उनीहरु छुटेका छन् ।

 

‘हामीले अनुसन्धानको लागि नियन्त्रणमा लिएका तिनैजना धरौटीमा रिहा भएका छन्,’ घट्नाको अनुसन्धान गरिरहेको अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले भने, ‘अनुसन्धानको क्रममा नियन्त्रणमा लिएकाहरुको त्यति संलग्नता देखिएन्, थप अनुसन्धान भइरहेको छ ।’

 

महानगरीय अपराध महाशाखाले २४ दिन हिरासतमा राखेर सानुकान्छा, आइतसिंह र जय बहादुरबारे अनुसन्धान गरेको थियो । तर, पूर्व राजदुत झाको हत्यामा उनिहरुको संलग्नता पुष्टि गर्न नसकेपछि प्रमुख जिल्ला अधिकारीले उनीहरुलाई जनही ८–८ हजार धरौटी लिएर छाड्न आदेश दिएका छन् ।

 

केशव झाको हत्या अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार उनको टाउकोमा तीन चोट लागेको छ भने घाँटीमा दुई चोट लागेको छ ।

 

त्रिवी शिक्षण अस्पताल महाराजगञ्जले दिएको पोष्टमार्टम रिपोर्ट अनुसार झाको मृत्युको कारण ‘घाँटीमा जबर्जस्ती गहिरो चोट’का कारण भएको उल्लेख गरिएको छ ।

 

महानगरीय अपराध महाशाखाले घट्नाबारे अनुसन्धान गरिरहेको छ । तर, हत्यामा संलग्नको सामान्य पहिचान समेत खुल्न नसकेपछि घट्ना झनै रहस्यतर्फ धकेलिएको छ ।

 

अनुसन्धानमा संलग्न सुरक्षा अधिकारीहरुले घट्नामा संलग्नको सम्बन्धमा कुनै तथ्य–प्रमाण फेला पर्न नसकेको बताएका छन् ।

 

‘अहिलेसम्म केही निस्केको छैन’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘हेरिरहेका छौँ, हत्याका घट्नामा कतिपय अवस्थामा निश्चित समयपछि मात्रै अपराधीको पहिचान खुल्ने गरेको छ, माली र पालेको सम्बन्धमा पनि केही कैफियतहरु छन् ।’

 

भदौ ४ गते बिहान पाँचबजे नै मालीको काम गर्दै आएका दुईजना आइतसिंह तामाङ र जय बहादुर गुरुङ झाको घरमा पुगेका थिए । सहयोगीहरुले पानी भरेर बिहानको सवै काम सिध्याउँदा पनि झा नउठेपछि श्रीमतीले सेक्युरिटी गार्ड र मालिकै सहयोगमा ढोका खोल्दा उनी मृत अवस्थामा पल्टिरहेको अवस्थामा फेला परेका थिए ।

 

अनुसन्धान गर्दा यातना !

पूर्व राजदुत हत्याको अनुसन्धानको क्रममा केशवराज झाको घरमा १० वर्षदेखि सेक्युरिटी गार्डको काम गर्दै आएका सानुकान्छा तामाङले आफूमाथि प्रहरीले दुब्र्यवहार गर्दै यातना दिएको आरोप लगाएका छन् ।

 

प्रहरी हिरासतबाट छुट्नासाथ उनले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिँदै आफूलाई यातना दिने प्रहरी अधिकारीमाथि कारवाहीको माग गरेका छन् ।

 

राष्ट्रिय मानव अधिकार आयोग स्रोतका अनुसार तामाङको उजुरीपछि आयोगले यातना दिएको वा नदिएकोबारे अनुसन्धान शुरु गरेको छ ।

 

प्रहरीले पक्राउ परेका तिनैजनालाई पोलिग्राफ परिक्षण गराएको थियो । पोलिग्राफ परिक्षणका क्रममा सानुकान्छाले ‘ढाँटेको’ रिपोर्ट आएको बताइएको छ ।

 

कुटनीतिक क्षेत्रमा राम्रो दख्खल राख्ने झा १९९३ देखी १९९७ सम्म फ्रान्सका राजदूत थिए । पूर्व राजदूतहरुको निवर्तमान अध्यक्ष समेत रहेका उनले लामो समय चिफ अफ प्रोटोकलको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...

बुथ कब्जा गर्ने कल्पना कसैले नगरे हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीप्रति प्रश्न उठाउने ठाउँ नै नभएको...

भदौ २४ को बिध्वंशका १० हजार भिडिओ क्लिप संकलन

    भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की...