संसदमा गृहमन्त्रीको जवाफ : ‘शान्ति सुरक्षाको अवस्था सुध्रिएको छ



हाम्रो इकोनोमि

 

गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको छानविन गर्न गठित समितिका सबै सदस्य तथा उनीहरुका परिवारलाई सरकारले आवश्यक सुरक्षा दिएको बताएका छन् ।

 

छानविन समितिका एक सदस्यले राजीनामा दिएको विषयमा संसदमा विपक्षी सांसदहरुले प्रश्न गरेपछि गृहमन्त्री थापाले सरकारले सुरक्षाको प्रत्याभूति दिलाएपछि उनी समितिमा फर्किएको बताए ।

 

निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको विषयले आम जनमानसमा चिन्ता उत्पन्न गरेको भन्दै गृहमन्त्री थापाले पन्तको हत्याको विरोधमा भएको आन्दोलनका क्रममा मृत्यु भएका सनि खुना र पन्तको परिवारलाई १०/१० लाख क्षतिपूर्ति दिएको बताए ।

 

‘मृतकलाई शहिद घोषणा गरिएको छ । घटनाको बिस्तृत छानविन भइरहेको छ’ उनले भने । छानविनकै क्रममा लापरवाही वा गल्ती भएको पाइएमा दण्डित गर्न मन्त्रलाय गम्भीर रहेको गृहमन्त्रीले बताए ।

 

प्रहरी हिरासतमा कुटपिटले होइन, रोगले मृत्यु भयो– गृहमन्त्री
बर्दियाको गुलरियामा ७ भदौमा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव सहभागी कार्यक्रममा कालो झण्डा देखाएपछि पक्राउ परेका राम मनोहर यादवको मृत्यु प्रहरीको कुटपिटबाट नभएको बताएका छन् ।

 

प्रहरी हिरासतमा रहेकै समयमा यादव बेहोस भई ढलेको र उपचारको क्रममा उनको मृत्यु भएको उनले बताए । ‘शव पोष्टमार्टमको रिपोर्टले शरीरमा कुनै चोटपटक नभएको र रोगको कारणले मृत्यु भएको भन्ने छ । यसबारे परिवारलाई जानकारी गराएका छौँ’ मन्त्री थापाले भने ।

 

मृतक यादव स्वतन्त्र मधेसको नाममा राष्ट्रिय हित प्रतिकुल काम गर्दै आएका सिके राउत समुहका रहेको उनले बताए । उपप्रधानमन्त्री सहभागी कार्यक्रम भाड्ने काम गरेको तथा राष्ट्रिय हित प्रतिकुल कार्य गरेकाले यादवलाई पक्राउ गरी राज्य विरुद्धकको कसुरको मुद्धा दर्ता गरिएको र प्रहरीकै नियन्त्रणमा रहेको बेला बेहोस भएर ढलेको उनले बताए ।

 

बागलुङ ढोरपाटन घर भई काठमाडौंमा बस्दै आएका २२ बर्षीय संगिन जिसीको स्वयम्भुको जंगलमा शव फेला परेको विषयमा गृहमन्त्री थापाले उनको आत्महत्या भएको हुनुसक्ने आशंका व्यक्त गरे । ‘जिसीको सवको पोष्टमार्टम भई आफन्तलाई बुझाइएको छ । कल डिटेलको अध्ययन भइरहेको छ । हत्या नभएर आत्महत्या हो भन्ने छ तर अन्तिम रिपोर्ट आउ बाँकी छ’ मन्त्रीले भने ।

 

रोल्पामा तरुण दलका नेता रोहित पुनको हत्या सम्बन्धमा एक रेष्टुरेन्टमा देवबहादुर घर्तीले चलाएको गोलीबाट घाईते भई उपचारका क्रममा मृत्यु भएको सरकारले जनाएको छ । घर्ती र मृतक पुनबिच झगडा भएपछि गोली चल्न पुगेको भन्दै गृहमन्त्री गौतमले घर्तीलाई पेस्तोल र गोली सहित पक्राउ गरेर मुद्धा दर्ता गरिएको बताए ।

 

गृहमन्त्री थापाले खोजतलास पत्रिकाका अध्यक्ष तथा प्रधान सम्पादक राजु बस्नेतले ‘प्रतिनिधि कि जग्गा दलाल’ भन्दै सांसद पम्फा भुसाल र राजकाजी मर्हजन को फोटो राखेर समाचार प्रकाशन गरेकाले पक्राउ गरिएको बताए । पक्राउ गरेका पत्रकार बस्नेतलाई विद्युतीय कारोबार ऐन अनुसार पक्राउ गरी कारबाही अघि बढाइएको उनले बताए ।

 

राजपाले माग्यो जवाफ
प्रतिनिधिसभाको शुक्रबारको बैठक प्रारम्भमै राजपा नेपालले प्रहरी हिरासतमा मृत्यु भएका राम मनोहर यादवको मृत्यु हुनाको कारणबारे जानकारी माग गरेको थियो । राजपाका नेता लक्ष्मणलाल कर्णले शान्तीपूर्ण आन्दोलनको पक्ष भनेकै कालो झण्डा देखाउनु भएको बताउदै झण्डा देखाउदैमा पक्राउ गर्नु र हिरासतमा मृत्यु हुनु शंकास्पद भएको बताए ।

 

‘शान्तीपूर्ण आन्दोलनको पक्ष भनेकै झण्डा देखाउनु हो । नत्र के लट्ठी,भाला देखाउने बन्दुक देखाउने ?’ उनले प्रश्न गरे । उनले संसदीय छानविन समिति गठन गरेर निष्पक्ष छानविनको माग गरे ।

 

बर्दियामा प्रहरीले हिरासतमा लिएका यादवको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा १६ भदौमा मृत्यु भएको थियो । राजपाले उठाएको प्रश्नको गृहमन्त्री थापाले तत्काल जवाफ दिएका थिए । मेडिकल रिपोर्टमा कुटपिटबाट नभई रोगको कारणले मृत्यु भएको गृहमन्त्री थापाले बताए ।

 

एक प्रसंगमा गृहमन्त्री थापाले वर्तमान सरकार गठन भएको विगतको ६ महिना यताको समय सुरक्षाको दृष्टिकोणले झन् खतरा रहेको भन्ने विपक्षी सांसदको आरोपको खण्डन गर्दै भने, ‘यो छ महिना शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने, गुण्डागर्दी अन्त्य गर्ने, सिण्डिकेट अन्त्य गर्ने, भ्रष्टाचार अन्त्य गर्ने, विकासको सुरुवात गर्ने कालखण्ड भएको छ ।’

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...