बलात्कारी जोगाउन निर्दोषलाई यातना दिने निलम्बित एसपी विष्ट आफू पुगेको जिल्लामा यस्तोसम्म गरे, लाग्ला त दोषी पत्ता ?



हाम्रो इकोनोमि

 

प्रहरी सेवामा प्रवेश गरेपछि अधिकांश समय सुदुरपश्चिमका विभिन्न जिल्लामा पोस्टिङ भएका निल्मबित एसपी डील्लिराज विष्ट सधै विवादित रहेको तथ्य खुल्न आएको छ ।

 

उनी पुगेका अधिकांश जिल्लामा कुनै न कुनै विवादित घटनामा उनको संलग्नता रहेको पुष्टि भएको छ ।

 

कञ्चनपुर घटनाका बारेमा अन्तराष्ट्रिय रुपमै चासोको विडय बनेपछि प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल कञ्चनपुर पुगेर घटनामा छानविन हुने र अपराधी कुनैपनि हालतमा उम्किन नपाउने भन्दै निलम्बित एसपी विष्टलाई इङ्गित गर्दै, ‘नालायक नेतृत्वले लज्जित बनाएको छ, दोषी नै मानेर एसपीलाई निलम्बन गरिएको हो, या या यो घटनाले गम्भीर पाठ सिकाएको छ ।

 

निलम्बित एसपी विष्ट दुई वर्ष दार्चुलामा डीएसपीको रुपमा बसेको रेकर्ड जिल्ला प्रहरी कार्यालयमा छ । उनी ०६४ पुष ३० देखि ०६६ मंसिर १८ सम्म दार्चुला प्रमुख भएर कार्यालय चलाएको खवर समेत सार्वजनिक भएको छ ।

 

उक्त अवधिमा जिल्ला प्रहरी कार्यालयमै कार्यरत महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप लगाएरस्थानीयले जिप्रका घेराउ र आन्दोलन गरेपछि जिल्ला बाहिर तानिएको स्थानीयको भनाई छ ।

 

विष्ट कञ्चनपुर जिल्लाको प्रहरी प्रमुख बएको बेला दुहु गाँउपालिका ३ को ब्रहमदेव प्रहरी चाैकीमा प्रहरी हिरासतमा एक जनाको मृत्यु समेत भएको थियो ।

 

यस्ता कुरा गृहमन्त्री बादलको कानमा परेपछि बादलले महानिरिक्षक सर्वेन्द्र खनाललाई यसबारे गम्भीर भएर अनुसन्धान गर्न निर्देशन दिएका नेपालपानाले जनाएको छ ।

कानुनअनुसार नै पत्रकार बस्नेतको गिरफ्तारीः गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा बादलले कानुनअनुसार नै पत्रकार राजु बस्नेत पक्राउ परेका बताएका छन् । यसले प्रेस स्वतन्त्रता हनन नभएको बताए ।

 

राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बादलले उजुरी परेपछि बस्नेतलाई पक्राउ गरिएको बताए । उनले भने, ‘सम्बन्धित निकायले कानुन बमोजिम नै कदम चालेको छ । यसले प्रेस स्वतन्त्रता हनन भयो भन्ने लाग्दैन ।’

पत्रकार बस्नेतलाई नेकपा नेताहरुबारे लेखिएको समाचारलाई लिएर पक्राउ गरिएको हो ।

 

कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रकरणबारे राष्ट्रिय सभा बैंठकमा जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले छानबिन अन्तिम चरणमा पुगेको बताएका छन् ।

 

बिहीवारको प्रतिनिधिसभा बैंठकमा प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले जवाफ माग गरेपछि थापाले शुक्रवार जवाफ दिएका हुन् ।

 

‘घटनाको छानबिन करीब–करीब अन्तिम चरणमा पुगेको छ,’ गृहमन्त्री थापाले भने, ‘जनस्तरबाट गम्भीर चिन्ता पैदा भएको छ, दोषीमाथि कठोर कारवाही होस्, न्यायको कठघरामा परुन् र पीडितलाई न्याय मिलोस् भन्ने चिन्तामा गृहमन्त्रीको तर्फबाट सम्मान गर्छु र जिम्मेवारी रुपमा काम गर्न निर्देशन दिइएको छ ।’

 

गृहमन्त्री थापाले अपराधीहरु छिट्टै कानूनको कठघरमा उभिने बताएका छन् ।

 

उच्चस्तरीय छानबिन समितिका एक जना सदस्य उपसचिव विरेन्द्र केसीले राजीनामा दिएको सन्दर्भमा गृहमन्त्री थापाले गृह मन्त्रालयले शान्तिसुरक्षा दिने प्रतिवद्धता जनाएपछि केसी काममा फर्किएको बताए ।

 

‘उहाँको सुरक्षाका लागि हामीले प्रहरी खटाएका छौं,’ उनले भने । प्रतिपक्षीले सदनमा जवाफ मागेपछि गृहमन्त्रीले जवाफ दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...