निर्मला हत्या प्रकरण : उच्चस्तरीय छानविन समितिका एक सदस्यलाई हृदयघात, उपचार हुँदै



 

 कञ्चनपुरको भीमदत्तनगर–२ की निर्मला पन्तको रहस्मय हत्या घटनाको छानविन गर्न गठित उच्चस्तरीय छानविन समितिका एक सदस्यलाई हृदयघात भएको छ ।

 

गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित उच्चस्तरिय छानविन समितिका सदस्य सशस्त्र प्रहरी वलका डिआइजी वसन्त बानियाँलाई हृदयघात भएको हो ।

 

घटनाको छानविन गर्ने क्रममा महेन्द्रनगरमा खटिएका बानियाँलाई छ दिनअघि एक्कासी हृदयघात भएको जानकारी सशस्त्रले ढिलोगरी दिएको हो । सशस्त्र प्रहरी वलका अनुसार उनको काठमाडौंकै एक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालकाे नाम भने दिइएकाे छैन ।

 

यसअघि त्यही समितिका सदस्य एवं उपसचिव वीरेन्द्र केसीले शान्तिसुरक्षाको माग गर्दै समितिबाट राजीनामा दिएका थिए । गृहमन्त्री रामबहादुर थापा र सचिव प्रेमकुमार राईसंँगको छलफल पछि उनी पुनःसमितिमा फर्किएका छन् ।

निलम्बित एसपी विष्ट : जहाँ–जहाँ गए, ती सबै ठाउँमा भए विवादित

 

‘नालायक नेतृत्वले लज्जित बनाएको छ’ भदौ २२ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुर नै पुगेर निर्मला हत्या घटनाको सम्बन्धमा एसपी डिल्लीराज विष्टलाई इंगित गर्दै भनेका थिए, ‘दोषी नै मानेर एसपीलाई निलम्बन गरिएको हो, यो घटनाले गम्भीर पाठ सिकाएको छ ।’

 

निलम्बित एसपी डिल्लीराज विष्ट दुई बर्ष दार्चुलामा डीएसपीको रुपमा बसेको रेकर्ड जिल्ला प्रहरी कार्यालयमा छ । विष्ट ०६४ पुस ३० देखि ०६६ मंसीर २८ सम्म दार्चुलामा प्रमुख भएर कार्यालय चलाएका थिए ।

 

उक्त अवधिमा जिल्ला प्रहरी कार्यालयमै कार्यरत महिला प्रहरीलाई दुव्र्यवहार गरेको आरोप लगाएर स्थानीयले जिप्रका घेराउ र आन्दोलन भए पछि जिल्ला बाहिर तानिएको स्थानीय बताउँछन् । विष्ट जिल्लामा प्रहरी प्रमुख भएको बेला दुहु गाउँपालिका ३ को ब्रहमदेव प्रहरी चौकीमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको थियो ।

 

‘महिला मामिलामा उनमा कमजोरी थियो’ एक जना स्थानीयले भने, ‘यहाँ बस्दा उनको व्यवहार र कामकारबाही निष्पक्ष नै थियो स्थानीय भएकाले पनि हुन सक्छ ।’,
उनी जुनजुन ठाउँमा प्रहरी प्रमुख भएर बसे ती सबै ठाउँमा महिलाका विषयमा विवादित मात्रै भएनन् राजनीतिक शक्तिको आडमा कारबाही बाट पनि जोगिए

प्रतिक्रिया दिनुहोस
फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल

चितवन रविको स्टन्टबाजीको शिकार भयो : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ

रास्वपा हावादारी हो, उसको कुनै योजना छैन : राजेन्द्र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम

अराजक क्रियाकलापलाई मौलाउन दिन्नँ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र