छोरी बलात्कार गर्नेलाई २२ वर्ष जेल



हाम्रो इकोनोमि

 

 

छोरी बलात्कार गर्ने कञ्चनपुरको महाकाली नगरपालिकाका एक बाबुलाई २२ वर्ष जेल सजाय सुनाइएको छ। जिल्ला अदालत कञ्चनपुरले महाकाली नगरपालिकाका एक बाबुलाई २२ वर्ष जेल सजाय सुनाएको हो।

अदालतले क्षतिपूर्ति पनि भराउने फैसला गरेको छ। गत असार १३ गते राति घरमा खाना आएर सुत्ने क्रममा रहेकी १२ वर्षीया छोरीलाई जरबजस्ती करणी गर्ने बाबुलाई अदालतले १२ वर्ष र जबरजस्ती करणी र हाडनातामा १० वर्ष गरी २२ वर्ष सजाय तोकेको जिल्ला न्यायाधीवक्त  खेमराज भट्टले जानकारी दिए।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश प्रकाशकुमार अधिकारीको एकल इजलासले २२ वर्ष सजाय सुनाएको हो। ती युवक यसअघि पूर्पक्षका लागि थुनामा थिए।

‘असार १३ गते घरमै जबरजस्ती करणी गरेको रहेछ’ न्यायाधीवक्ता भट्टले भने, ‘३० गते मात्रै पीडितले जाहेरी दिएपछि तत्कालै प्रहरीले पक्राउ गरेको थियो।’ बालिकाको समेत पहिचान हुने भएकाले बलात्कारी बाबुको नाम भने खुलाइएको छैन्।

दोषी ठहर भएका बाबुले यसअघि २ पटक भारतमासमेत आफ्नै छोरीको बलात्कार गरेको खुल्न आएको छ। घरमा आएर पनि बलात्कार गरेपछि ती बालिकाले परिवारका अन्य सदस्यलाई भनेपछि घटना सार्वजनिक भएको हो।

असार ३० गते पक्राउ परेका ती बाबुलाई मुद्दा चलाएर साउन १५ गते सरकारी वकिल कार्यालयले साउन १५ गते अदालतमा अभियोग पत्र दायर गरेको थियो।

जिल्ला न्यायाधीशको आदेशले साउन १६ गते नै पूर्पक्षका लागि कारागार चलान गरिएको थियो। भदौ १७ गते कसुर ठहर भएपछि जिल्ला न्यायाधीशको फैसलाले मंगलबार २२ वर्ष जेल सजायको फैसला गरेको हो।

 

यो पनि पढनुस्

६१ वर्षे बृद्धको हत्यापछि दुई दिदीबहिनीले गरे आत्मसमर्पण

रामेछापमा १३ र १८ वर्षीया दुई किशोरीले एकजना बृद्धको हत्या गरेका छन् ।

जिल्लाको रामेछाप नगरपालिका-७ मुडाजोरका ६१ वर्षीय ढालबहादुर श्रेष्ठको हत्या गरी ती दिदीबहिनीहरुले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

ढालबहादुरको हत्या गरेको भन्दै सोही ठाउँकी १३ वर्षीया दालकुमारी श्रेष्ठ र उनकी दिदी १८ वर्षीया सुष्मता श्रेष्ठले प्रहरी समक्ष आत्मासमर्पण गरेका हुन् ।

ढालबहादुरलाई उनकै घर अगाडि बाटोमा बिहान ७ बजेतिर रडले हानेर हत्या गरेको दालकुमारी र सुष्मताले बताएको रामेछाप प्रहरीले जानकारी दिएको छ

उनीहरुले बृद्धको बानिब्यहोरा ठीक नभएकोले हत्या गरेको बयान दिएको रामेछापका प्रहरी नायब उपरीक्षक अमरेन्द्रबहादुर सिंहले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...

बुथ कब्जा गर्ने कल्पना कसैले नगरे हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीप्रति प्रश्न उठाउने ठाउँ नै नभएको...

भदौ २४ को बिध्वंशका १० हजार भिडिओ क्लिप संकलन

    भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की...