मेयर- उपमेयरको लफडा मिलाउन सीडीओले गरे हस्तक्षेप



हाम्रो इकोनोमि

 

 

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल र उपमेयर विष्णुकुमारी कँडेलबीचको विवादले उग्ररुप लिएको छ । उपमेयर कँडेलले नगरपालिका कार्यालयमा ताला लगाएपछि मेयर पौडेल चौतारोमा पुगेका छन् ।

आर्थिक पारदर्शीताको विषयमा उपमेयरले ताला लगाएपछि चर्किएको विवादले उग्ररुप लिँदा यसलाई मिलाउन मेयर जिल्ला अधिकारीको सहारा लिइएको छ । मेयर र उपमेयरको विवाद मिलाउनकै लागि सात सदस्यीय समिति गठन गरिएको छ । मेयर पौडेल र उपमेयर कँडेलबीच नगरपालिकाका योजना र खर्चबारे विवाद हुँदै आएको छ ।

त्यही विषयलाई लिएर उपमेयर कँडेलले मंगलबार मेयर र प्रशासकीय अधिकृतको कार्यालयमा तालाबन्दी गरेकी थिइन् । तालाबन्दी गरेपछि उत्सर्गमा पुगेको विवाद मिलाउन प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको संयोजकत्वमा बैठक बसेर समिति नै गठन गरिएको हो ।

नगरपालिकामा १८ वडा छन् । २०७५ जेठसम्म हुने कार्यक्रम नगरसभाले पास गरेअनुरुप सम्पन्न भएका थिए । तर असार १ देखि हुने कार्यक्रमलाई कार्यपालिकाले संशोधन गरी बाँडफाँड गर्ने निर्णय गरेको थियो ।

कार्यपालिकाले ‘१–१८ कार्यक्रम’ शीर्षक राखेर कार्यक्रममा बजेट छुट्टाउने निर्णय भएको थियो । तर कार्यपालिकाको बैठकबाट अनुमोदन नगराई त्यही शीर्षकको रकमबाट मेयर पौडेलले रकम बाँडेको उपमेयर कँडेलको आरोप छ ।

उक्त शीर्षकबाट तारजाली, डस्टबिनन वितरणलगायत जनचेतनामुलक कार्यक्रममा रकम खर्च भएको लेखाअधिकृत दुर्गादत्त शर्माले बताए ।

असार १ देखि २५ गतेसम्म सम्पन्न भएका कार्यक्रम र खर्चको विवरण सार्वजनिक हुनुपर्ने कँडेलको माग छ । त्यही माग अनुसार गठन भएको समितिमा कोष तथा लेखा नियन्त्रक महेशशरण भण्डारीलाई संयोजक तोकिएको छ ।

सदस्यहरुमा उपमेयर कँडेल, वडाअध्यक्ष धु्रव पौडेल, नगरकार्यपालिका सदस्य कुमारी रेखा पौडेल, नगरसभा सदस्य कृष्ण सापकोटा, जिल्ला प्रशासन कार्यालयका अधिकृत आनन्द भुषाल र गैंडाकोट नगरपालिकाका लेखाअधिकृत दुर्गादत्त शर्मा छन् ।

समितिले केही दिनमा कार्यक्रम र खर्चबारे प्रतिवेदन पेश गर्ने छ । समिति गठनपछि बिहीबारबाट नगरपालिकामा लगाइएको ताला खुलेको छ । कार्यपालिका र नगरसभाले अनुमोदन गरेको कार्यक्रममा रकम खर्च गरेको मेयर पौडेलले बताए । उनले व्यक्तिपिच्छे कार्यक्रमका बिल देखाउन जरुरी नभएको बताए ।

नगरपालिकाबाट भएका सम्पूर्ण खर्चबारे कोलेनिकाले समेत रुजु गरिसकेको अवस्थामा उपमेयर कँडेलले बखेडा निकाल्नु उचित नभएको मेयर पौडेलले बताए ।

नगरपालिकामा मेयरसहित १० जना नेकपाका छन् भने उपमेयरसहित १८ जना नेपाली कांग्रेसका जनप्रतिनिधि छन् । बहुमत र अल्पमतका कारण विभिन्न समयमा योजना र खर्चबारे नगरपालिकामा विवादहुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...