निर्मला हत्याकाण्डः एक रातमै किन फेरियो केसीको मन ? दवाव, प्रभावकी सरुवाको लाभ !



हाम्रो इकोनोमि

 

बुधबार गृह मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरियो । पत्रकार सम्मलेनको मुख्य पात्र थिए बलाल्तकार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको सम्पूर्ण घटना विवरणको सत्य तथ्य छानविनको लागि सरकारद्वारा गठित उच्च स्तरीय आयोगका सदस्य वीरेन्द्रबहादुर केसी, सोमबार निर्मलाले न्याय पाउनेमा आशंका रहेको जनाउदै राजीनामा घोषणा गरेका केसीले आफु पुनःकाममा फर्किएको जानकारी गराउन उनले संचारकर्मीहरुलाई मन्त्रालयमै उपस्थित त गराए तर बुधबार केसीले गरेकोे गतिविधिले सम्पूर्ण छानविन प्रक्रियालाई शंकाको घेरामा तानिदिएको छ ।

 

आफ्नो र परिवारको सुरक्षामा समेत खतरा रहेको बताउँदै केसीको राजीनामा आएपछि घटना झनै पेचिलो मात्र बनेको थिएन त्यसले चुनैतिपनि थपिदिएको थियो । तर गृहमन्त्री रामबहादुर थापा, मन्त्रालयका सचिव प्रेमकुमार राइ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायतसँग २ घण्टा लामो छलफल गरेपछि आफू समितिमा फिर्ता हुने निर्णयमा पुगेको केसीले संचारकर्मीलाई बताइ रहँदा उनको मुहारले बताउँथ्यो उनीमा त्यतिबेला आत्माविस्वास थिएन ।

 

संचारकर्मीको एक माथि आर्को प्रश्न थपिँदै जाँदा उनी अलि लड्खडाएका थिए र भने अनुसन्धानका लागि प्रमुख जिल्ला अधिकारीको गाडीमा घटनास्थलमा गएका बेला एकजनाले मनोबैज्ञानिक त्रास दिएको थियो । “म एक्लै अनुसन्धानमा गएको थिएँ, एकजना मोटो मान्छेले यहाँ त ब्रेक फेल भएको ट्रकले किचेर एकजनाको हत्या भएको थियो” केसी अडिए “त्यो मान्छेले तपाईं पनि बचेर हिडनुहोस् भन्यो”।

सोमवार राजीनामा दिँदा केसीले यसो भनेका थिए “अनुसन्धान टोली हत्यारासम्म पुग्न सक्दैनन त्यही भएर फरक मत राख्दै राजीनामा दिएको हुँ ”। केही डराएका र अत्तालिए जस्तो देखिएका केसीले पत्रकार सम्मेलनमा दिएका धेरै जवाफ चित्त बुझ्दो थिएन उनको अभिव्यक्तिले घटनाको विषयवस्तुलाई प्रष्ट्याउने भन्दा घटनालाई झनै धुमिल बनाउने जस्तो देखिन्थ्यो । कहिले राजीनमा दिने कहिले काममा फर्किएँ भन्ने द्वैध चरित्र त केसीले देखाए नै तर खास के कारण उनी काममा फर्किए भन्ने जिज्ञास आम जनमानसमा रहेको छ । सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजक्तमा गठन गरेको समिति जस्का सदस्य उपसचिव वीरेन्द्रबहादुर केसीको गतिविधिले अनुसन्धान नै शंकाको घेरामा परेको छ भन्दा असान्दर्भीक नरहला । प्रदेश–७ को आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत रहेका केसी आफुलाई त्यहाँ पठाइएकोमा त्यति सन्तुष्ट थिएनन् भन्ने सन्देश उनी संगै काम गर्ने केही साथीहरुले दिएका छन ।

सोमबार दिएको राजिनामा प्रदेश–७ मा भएको सरुवा रद्द गर्ने उनको हतकण्डा वा चाला पनि नहोला भन्न सकिँदैन किनकी केसीले नै त्यो संकाको सुविधा दिएका छन । कञ्चनपुर प्रहरी र काठमाडौँबाट गएको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धानबाट दीलिपसिँह बिष्टको संलग्नता रहेको दावी गरेको थियो । तर प्राविधिक जाँचले उनलाई निर्दोष सावित गरेपछि मंगलबार बिष्ट रिहा भैसकेका छन । केसीले सोमबार उठाएका बिषय र बुधबार त्यस बिषयमा दिएको जवाफ एक आपसमा परस्पर विरोधी बनेका छन जस्ले गर्दा निर्मलाले न्याय पाउनेमा झनै संशय थपिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...

बुथ कब्जा गर्ने कल्पना कसैले नगरे हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीप्रति प्रश्न उठाउने ठाउँ नै नभएको...

भदौ २४ को बिध्वंशका १० हजार भिडिओ क्लिप संकलन

    भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की...