लमजुङमा बाढीपहिरो– ४ जनाको मृत्यु, ३ जना बेपत्ता : उद्धारमा गएको हेलिकप्टर ल्यान्ड हुन सकेन



हाम्रो इकोनोमि

 

 

 

बुधबारदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परि लमजुङमा चार जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा मर्स्याङदी गाउपालिका वडा नम्बर तीनकी ६० वर्षीया अतिरुपा थापा, उनकी १० वर्षीया नातिनी शिरिषा, मर्स्याङ्दी गाउपालिका वडा नम्बर ४ का विष्णुकलि गुरुङ रहेका छन् । अर्का एक जना मृतकको भने नाम खुल्न सकेको छैन ।

बाढीमा परि चार जना बेपत्ता भएका छन् ।

दोर्दी खोला हाइड्रोपावरमा काम गर्ने कामदारलाई खोलाले बगाएको स्थानीयले बताएका छन् । वेपत्ता भएकामा २८ वर्षीय वलिराम चौधरी, २२ लक्ष्मी प्रसाद थारु, ललितमाया गुरुङ रहेका छन् ।  यस्तै अर्का एकजना पनि पहिरोसँगै बगेका छन् ।

बाढीले एउटा ट्याक्टर, ३ वटा मोटरसाइकल,  २ वटा जीप बगाएको छ।

लमजुङको मर्स्याङदी गाउँपालिका वडा ३,४ ५ र ६ का क्षेत्रमा मर्स्याङदी, खुदी ङ्यादीलगायतका खोलामा बाढी आएको लमजुङ पुनर्निर्माणका अधिकृत शिव रेग्मीले बताए ।

लम्जुङको उत्तरी क्षेत्रमा वर्षासँगै आएको पहिरोमा केही सर्वसाधारणसमेत फसेका छन् ।

‘ताघ्ग्रिङको विभिन्न स्थानमा पहिरोले बाटो अवरुद्ध हुँदा अन्नपूर्ण पद मार्ग र मनाङ जाने सर्वसाधारण फसेका छन्’ रेग्मीले भने,‘उनीहरुको उद्धारका लागि जिल्लाबाट हेलिकप्टर गएका छन् ।’

पहिरोमा फसेका सर्वसाधारण र पर्यटकको उद्धारका लागि वेशिसहरबाट गएको हेलिकप्टर अवतरण गर्ने स्थान अभाव भएपछि फर्किएको छ ।

पर्यटकको उद्धारका लागि एउटा हेलिकप्टर र सर्वसाधारणको उद्धारको लागि नेपाली सेनाको हेलिकप्टर खटिएको छ ।

लम्जुङका सांसद देव गुरुङ, पूर्व सांसद जमिन्द्रमान घलेसहितको टोली प्रभावित क्षेत्रको अनुगमन गरि सदरमुकाम फर्किएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...