निर्मला पन्तको हत्यमा प्रहरीकै संलग्नता, निलम्बित एसपी बिष्टको डिएनए परीक्षण हुने
घटनाक्रमले कञ्चनपुर भिमदत्तनगरकी निर्मला पन्तको बलात्कारपछिको हत्यमा प्रहरीको संलग्ना रहेको पुष्टि हुँदै गएको छ । प्रहरीले योजनावद्ध रूपमा प्रमाण मेटाउनुले बलात्कार र त्यसपछिको हत्या पनि योजनावद्ध रूपमै भएको हुनुपर्ने निष्कर्ष निकालिएको छ ।
प्रहरीले दोषी भनेर सार्वजनिक गरेका दिलीप बिष्ट निर्दोष ठहर भएपछि स्थानीयले दोषी बचाउन निर्दोष फसाउने प्रहरी अधिकारी नै घटनामा संलग्न रहेको आशंका मजबुत भएको बताएका छन् ।
निर्मला पन्त हत्याकाण्डका दोषी बचाउन र घटना ढाकछोप गर्न प्रहरी नै सक्रिय रहेको भन्दै उनका बुबाअामाले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्ली बिष्ट र डिएसपी ज्ञानबहादुरको सेठीको डिएनए परीक्षण गर्न माग गरेका छन्।
निर्मलाका एक जना मामा केशव भण्डारीले एसपी बिष्ट, डिएसपी सेठी र सिआइबीका डिएसपी अंगुर जिसीलाई निलम्बन मात्र होइन, हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने र एसपी बिष्ट र डिएसपी सेठीको डिएनए पनि परीक्षण गरिनुपर्ने बताए ।दैनिकीबाट
निर्मलालाई डान्स सिक्न कर गरेको नयाँ खुलासा, प्रहरीको उल्टो अनुसन्धान
फौजदारी कसुरको अनुसन्धान गर्ने जिम्मेवारी पाएको प्रहरीको मुख्य कर्तव्य अपराधी उम्किन नदिन घटनाको दसी प्रमाण सुरक्षित राख्नु हो ।
तर, कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा प्रहरीको भूमिका ठीक उल्टो देखिएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
न्याय माग्न बुधबार राजधानी आइपुगेका निर्मलाका बावुआमा र कञ्चनपुरका महिला अधिकारकर्मीहरूका अनुसार निलम्बित एसपी डिल्लीराज विष्ट र उनी मातहतका प्रहरीले योजनाबद्ध रूपमै प्रमाणहरू नष्ट गरेको देखिन्छ ।
फेसबुकको जालमा पार्दै आर्मीको मेजर बनेर धनाढ्य महिला फसाउँने रात्री बसको कन्डक्टर राजा खड्का पक्राउ परेपछि सबै कुरा खुल्न थाल्यो । परिवारका सबै सदस्य बेल्जियमका स्थायी बासिन्दा भइसक्दा पनि फेसबुकमा झुल्किएको एउटा केटाले ‘आई लभ यु डार्लिङ’ भनेकै भरमा ४५ वर्षीया एक महिलाले नाइट बसमा पैसा उठाउने (कन्डक्टर) राजा खड्कालाई अँगालेकी छिन् ।
आफ्ना दुई छोरा र श्रीमानलाई बेल्जियमा छाडेर काठमाडौँ आएकी पोखराकी स्थायी बासिन्दा उमा गुरुङ आजभोलि बिहान–बेलुका खानाको पोको बोकेर महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासत कक्षमा पुग्छिन् ।
काठमाडौँको सुन्धारामा उनको पाँच तले घर छ, ‘उमा यातायात’ नामका दुईवटा नाइट बस छन्, झापाको दमकमा गाडी मर्मत गर्ने ग्यारेज छ तर किन उनी सामान्य कन्टेक्टरलाई खाना लिएर हिरासतमा पुग्छिन् रु त्यसभित्रको कहानी भनै रोचक छ ।
उमा बेल्जियममा थिइन् । ५ वर्षअघि नेपाल आर्मीका मेजरको युनिफर्म लगाएका एक युवाले फेसबुकमा मेसेज गरे, ‘हेलो हाउ आर यु ?’ ‘तिमीलाई कस्तो छ ?’ बाट सुरु भएको संवाद भाइबर, इमो मार्फत झाँगिँदै गयो । उमा बेल्जियमबाट झापा जिल्ला दमक नगरपालिका–५ स्थायी घर भएका ३१ वर्षीय राजा खड्कालाई भेट्न काठमाडौँ आइन् ।
कुरा करिब १० महिनाअघिको हो । सुन्धाराबाट नाइट बसमा झापा जान लागेका राजाले उमालाई सुन्धारास्थित आर्मी अफिसर क्लब अगाडिको ‘गुलाब स्विट्स’मा बोलाए । आर्मी अफिसर क्लबबाट निस्केका राजा खड्काले आफूलाई आर्मीको मेजर भनेका थिए ।
जङ्गी अड्डातिरबाटै निस्केका राजाको कुरा उनलाई विश्वास लाग्यो । त्यति मात्रै कहाँ हो र ? सुन्धारास्थित उनको घर भाडामा लिएर होटल सञ्चालन गर्ने व्यक्ति र उमाको बीचमा विवाद थियो । राजा खड्कालाई उनले बराल थरका होटल सञ्चालकलाई त्यहाँबाट हटाउनका लागि आग्रह गरिन् ।
घरको विवाद लिएर महानगरीय प्रहरी वृत्त जनसेवाका तत्कालीन डीएसपी मोहन थापा समक्ष पुगेकी उमाले राजालाई चिनाउँदै भनेकी थिइन्, ‘उहाँ मेरो साथी, आर्मीको मेजर हुनुहुन्छ ।’ तिनै आर्मीका मेजर अहिले ‘साइबर अपराध’ मुद्दामा महानगरीय प्रहरी परिसर काठमाडौं, टेकुको हिरासतमा छन् ।
उमेरले ४५ पूरा भइसकेकी उमाको पेटमा राजा खड्काको बच्चा छ । मङ्गलबार प्रहरी समक्ष उमाको पेटमा भएको बच्चा आफ्नो भएको स्वीकार्दै राजाले भनेका छन्, ‘मेरो बच्चा हो, हामीले विवाह गरेका हौँ ।’
अर्काकी श्रीमतीलाई अश्लील मेसेज पठाउँदा ‘
चन्द्रिका (नाम परिवर्तन) उमेरले ३९ पुगिन्, युरोप बस्छिन् । विगत १५ वर्षदेखि युरोपमा बसेर नेपाल आउनेजाने गरिरहेकी चन्द्रिका र राजा खड्का फेसबुक मार्फत नै नजिक हुन्छन् । सुरुमा राजा आफूलाई आर्मीको क्याप्टेन हुँ भन्दै राम्रो कुरा गर्छन् । चन्द्रिकाको सबै कुरा बुझेपछि उनको निर्वस्त्र फोटा पठाउन र पचास हजार पैसा पठाउन आग्रह गर्छन् ।
‘नेपाल आएर आफूसँग विवाह गर्नुपर्ने अन्यथा पीडितको छोरा र श्रीमानलाई अप्ठ्यारो पार्ने भन्दै अश्लील मेसेज पठाएको खुलेपछि महानगरीय अपराध महाशाखाले राजा खड्कालाई पक्राउ गरेर पठाएको छ । हामी थप अनुसन्धान गरिरहेका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (डीएसपी) मोहन थापा भन्छन्, ‘विगत तीन महिनादेखि सामाजिक सञ्जाल (फेसबुक) र इमो मार्फत उनले यसरी अश्लील फोटो तथा मेसेज पठाएको देखिन्छ । थप अनुसन्धान गरिरहेका छौं ।
’ तीन महिनादेखि शरीरमा कुनै कपडा नलगाई ‘लाइभ देखाऊ नत्र छोरा र श्रीमानको राम्रो गति हुँदैन्’ भन्दै धम्की दिएपछि चन्द्रिकाको श्रीमान जाहेरी बोकेर महानगरीय अपराध महाशाखामा पुगेका थिए । सुन्धारास्थित उमा गुरुङको घरमा बस्दै आएका राजाले उमासँग विवाह गरेपछि नाइट बसको काम छाडेर कार चढेर हिँड्न थालेको बताइएको छ ।
‘राजा खड्काले आफूलाई नेपाली सेनामा कार्यरत सेनानी दाबी गरे पनि त्यो नक्कली भएको पुष्टि भएको छ’, डीएसपी थापा भन्छन्, ‘कसैलाई फसाउन र प्रभावनमा पार्नका लागि मात्र उसले आफूलाई नेपाली सेनाको सेनानी दाबी गर्दै आएको रहेछ ।’ विद्युतीय कारोवार ऐनको मुद्दा खेपिरहेका खड्काको नाममा पछिल्लो समय उमाले नै दुईवटा रात्री बस खरिद गरिदिएको बताइएको छ ।
पहिले मेची यातायातमा अबद्ध रहेको उनका दुईवटा बस सिन्डिकेट खारेज भए पनि उमा यातायातको नाममा कम्पनी दर्ता भएर काठमाडौं–झापा चलिरहेका छन् । खड्काले उमाको पैसाले झापाको दमकमा ग्यारेजसमेत सञ्चालन गरेको पाइएको छ ।
फोटो स्टुडियोमा बनाउँथे नक्कली आर्मीको फोटो
झापामा एक युवती बलात्कार गरेर भागेका फरार अभियुक्त राजा खड्काले धनाढ्य महिला फकाउन आर्मीको मेजर भन्ने गरेको बयान दिएका छन् । प्रहरी समक्ष बयान दिँदै उनले भनेका छन्, ‘पुतलीसड्कस्थित पद्मोदय मोडमा रहेको फोटो स्टुडियोले मलाई आर्मीको हतियार बोकेको र युनिफर्म लगाएको फोटो बनाइदिने गरेको थियो ।
’ नेपालमा कन्टेक्टर काम गरेर कमाइ नभएपछि विदेश जाने सोचमा रहेका खड्कालाई एक मेनपावरको एजेन्टले आर्मीबाट राजीनामा दिएको डकुमेन्ट बनाए विदेशमा धेरै तलब आउने आश्वासन दिएपछि उनी त्यस्तो डकुमेन्ट बनाउन फोटो स्टुडियोमा पुगेका थिए ।
१० कक्षासम्म पढेका खड्काले प्रहरी समक्ष बयान दिँदै अरूको फोटोमा आफ्नो टाउको जोडेर स्टुडियोले बनाइदिएको फोटो फेसबुकमा राखेर आफूले पैसावाल महिलाहरू पट्याउने गरेको बताएका छन् । उनले ‘मेजर हुँ’ भन्दै आधा दर्जन महिलाहरूबाट आर्थिक लाभ लिएको र सामाजिक सञ्जालबाट मेसेज पठाएर प्रताडित बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
नोट : समाचार अमेरिका नेपाल डटकमबाट साभार गरिएको
याे पनि पढ्नुहाेस
थुक्क मेरो जात ! जोवन चल्ने, भोजन नचल्ने
शिवानी रानी
हिजो एकजना गाउँकै दाइले फेसबुकमा म्यासेज गर्नुभयो| “हेई शिवानी, फ्रेन्ड रिक्वेष्ट पठाएको छु, किन एसेप्ट नगरेको ?” लेख्नु भएको रहेछ| कसैको मित्रताको अनुरोध स्वीकार गर्ने नगर्ने मेरो खुसीको कुरा हो| मलाइ ठिक लागे गर्छु नत्र गर्दिनँ| झन् हदै चित्त नबुझ्दा उसलाई सधैंको लागि ब्लक गर्ने अधिकार मलाइ फेसबुकले दिएको छ|
मान्छेहरु किन आफुलाई यति महान सम्झिन्छन मैले बुझ्न सकेकी छैन| फेसबुकले निश्चित संख्यामा मात्रै साथी राख्न पाउने प्रणाली बनाएको छ| त्यो संख्या मेरो पहिला नै पुरा भईसकेको कारणले मैले नया अनुरोधलाई खासै वास्ता गरेकी छैन|
अरुले के कारण र उदेश्यले फेसबुक चलाउछन मलाइ थाहा भएन| तर मैले केहि सिक्न जान्न र नया खबरहरु पढ्नको लागि चलाउछु| गाउँकै दाजु भएको कारणले उहालाई अर्को एकजना साथि हटाएर भएपनि मैले साथी बनाएँ|
तरपनि मनमा किन त्यस्तो आदेशात्मक शैली अपनाए भनेर खुल्दुली र दुखेसो भइराख्यो| अनुरोध स्वीकार्ने बित्तिकै फेरी म्यासेज आयो, “आहा! कति राम्री छौ है तिमी त|” मैले केहि प्रतिकृया जनाइन| साथी बनाएकोमा सामान्य आभार व्यक्त गर्नपनि कन्जुस्याई गरे| त्यसपछि लगातार मेरा पोष्ट र फोटाहरुमा गाउँले दाजुको कृपा हुनथाल्यो|
पाँच मिनेटमा लगभग मलाइ पचास लाइक र आठदश कमेन्ट दिएर धन्य बनाए| मैले धेरै मिहेनत गरेर लेखेका लेख र स्टाटस उनले यति छिटो पढेर प्रतिकृया दिए जस्तो मलाइ लाग्दैन| कति गहन र गम्भीर पोष्टमा पनि “कुरा सहि हो”, “ल ल दाम्मी छ” “यु आर राइट” जस्ता पदौरे कमेन्ट देखेर मलाइ धेरै दुख लाग्यो| मेरा तस्वीरहरूमा “आहा! कति राम्री ”, “वाउ लुकिंग सेक्सी ”, “स्स्सो हट J”जस्ता कमेन्ट देखेपछि मेरो रिसको पारो तात्यो|
फेरी दाजुले हत्तपत्त मलाई म्यासेज गरे “के छ रानी?”, यस्तो लाग्थ्यो मलाई पचास लाइक र आठदश कमेन्ट दिएर फकाइसके| मलाई तिनको पागलपन देखेर एकछिन कुरा गरौँजस्तो लाग्यो, मैले सोचें यिनले मलाइ चिन्छन कि चिन्दैनन्? कुरा गर्ने क्रममा थाहा भयो, यिनले मलाइ चिन्दैनन्|
गाउँको हो भन्ने थाह छ तर कसको छोरी या बहिनी भन्ने थाह छैन| धेरैबर्ष गाउँ बाहिर बसेर बुढेसकालमा बिदेशिएका यी दाइको बारेमा मलाइ भने धेरै कुरा थाह थियो| यिनकी छिमेकी बहिनी मेरी साथी भएकी र म त्यहाँ सानैदेखि जाने भएकोले यिनलाई म राम्ररि नै चिन्थे|
अाज पानिमा लगानि गरे भविष्यमा अाैषधि उपचारमा लगानि गर्न पर्दैन
अाज पानिमा लगानि गरे भविष्यमा अाैषधि उपचारमा लगानि गर्न पर्दैन
यसबीचमा यिनले दुइपटक मेरो मोबाइल नम्बर मागे भने तीनपटक म्यासेन्जरमा कल गरे| मैले दुबैलाई इन्कार गरें| मैले अब मेरो काम छ पछी कुरा गरौंला भन्दापनि नसुनिकन उनी आफ्नो काम र तलबको बढाईचढाई ब्याख्या गर्नेमा व्यस्त रहे| अन्तिममा केहि उपाय नलागेपछि मैले भनें “म तपाईलाई अंकल भन्छु नि ल J|” दाजु आत्तिदै भन्छन् “हैट! के भनेको त्यस्तो? बरु हामि लप गरौँ न, आइ लप यु ”
तिनको पछिल्लो शब्दले मलाइ रन्थन्यायो| आखिर के सम्झिन्छन छोरा मान्छेहरु आफुलाई? कसरि यस्तो सोच्न र भन्न सक्छन? एक छोरा र एक छोरीका बाउ भएर आफ्नो छोरीजस्ती केटीलाई आफ्नै गाउँको भनेर जान्दाजान्दै कसरि यस्तो कुरा भन्न सक्छन? के लाज, डर, घिन, इज्जत केहि हुन्न यिनको? म सरासर उनको प्रोफाइलमा गएँ| कतै फेक अकाउन्ट त होइन भन्ने जिज्ञासाले|
तर होइन उनको आफ्नै अकाउन्ट थियो, उनले केहि घण्टा अगाडी छोरीको फोटो हालेका रहेछन| “मेरी गुडिया आइ लप यु” लेखेर| मलाइ यो “आइ लप यु” शब्दसँग धेरै घिन लाग्यो| मलाइ पनि मेरा आफन्तले “आइ लप यु” भन्नुहुन्छ, हिजोसम्म प्रेमको, स्नेहको प्रतिक लागेको आइ लप यु एकाएक घृणित शब्द भयो|
उनले छोरीलाई पनि मैलाई जस्तो आइ लप यु भनेका होलान्, मलाइ यस्तै लाग्यो| मैले एकाएक तिनमा राक्षस देखें, भीमकाय शरीर, विकृत अनुहार र फोहोरी सोच भएको राक्षस| तिनलाई उचित शिक्षा दिने बिचार आयो|
म पुन म्यासेजमा फर्किसक्दा उनले “ बिहे नगरेपनि अनलाइन लप गरौँ, यसो समय कटाउने मेलो म बिदामा आउँदा तिमीलाई नया मोडेलको मोबाइल ल्याइदिन्छु ” लेख्न भ्याएका रहेछन| मेरो रिसको पारो झन् तातियो| मैले उक्त म्यासेज बक्सको स्क्रीनसट लिएँ र मेरो वालमा उनलाई ट्याग गरेर हालिदिएँ|
यी एक प्रतिनिधि पुरुष हुन् हाम्रो समाजका| यसो भन्दा सबै पुरुष यस्तै हुन्छन् भन्ने हुँदैन| धेरै राम्रा पुरुषहरु पनि छन्, तर राम्राहरुलाई यी र यस्ता कुपुरुषहरुले छाँयामा पारेका हुन्छन्| अझैपनि धेरै पुरुषहरु त्यस्ता छन् जसको म्यासेज रिप्लाई नगर्दा “ओइ #लु, एकरातको कति लिन्छेस?” “किन भाउ खान्छेस र#डी?” “बोल्दिनस भने किन अनुरोध स्वीकार गरिस?” भन्नेजस्ता म्यासेज पठाउछन्|
हाम्रो आफ्नै काम हुन्छ, आफ्नै व्यस्तता हुन्छ| सधैं सबैलाई जवाफ फर्काएर बस्न सकिदैन| फेरी मलाइ यसो भने भनेर कसलाई सुनाउदै हिड्ने? ब्लक या डिलिट कतिलाई गर्ने? कतिलाई ति दाजुलाई जस्तो शिक्षा सिकाउने? अर्कोकुरा फेरी, यो फेसबुक नचलाई पनि नहुने कुरो|
यस्तो कार्यमा सबैभन्दा अगाडी घर छोडेर परदेशिएकाहरु छन् मेरो निजि अनुभवमा| तिनीहरु कतार, दुबई, साउदीजस्ता खाडी मुलुकमा छन् कि त फेरी मलेशियामा छन्| तर तिनीहरु कै वालमा हेर्ने हो भने, देश बिग्रियो, समाज सकियो, संस्कारको सत्यानाश भयो भन्नेजस्ता राग अलापेर बसेका हुन्छन्| समाजको एउटा हिस्सा मपनि हुँ, मैले गरेको हर्कतले अरुलाई कति असर परेको छ भनेर कहिल्यै सोच्दैनन्|
आफ्नो निर्णय र आदेश लाद्न पल्केकाहरु नै देशको मुख्य दुश्मन हुन्| आफ्नो कुरा अरुले मान्दा र आफुले हेप्न पाउँदा आफुलाई मर्द सम्झेर मख्ख पर्छन| छोरीमान्छेलाई छाडा बोलेर, हेपेर, अपमान गरेर कोहिपनि मर्द हुँदैन|
मर्दले त नारीको इज्जत र रक्षा गर्छ| अशक्त र बच्चालाई प्रेम बाड्छ, पिडितको उद्दार गर्छ| धर्मको पालना गर्छ| करीब दश मिनेट पछि तीनले रोइ कराई गरेपछि त्यो पोष्ट हटाएँ मैले| सोचें उनकी छोरीले त्यो कुरा हेरी भने के सोच्छे होला? छोरीको आँखामा आफ्नो बाबु जस्तो भएपनि एउटा आदर्श पुरुष हुन्छ|
मेरी एउटी साथी छे, अन्जली| हामी सानैदेखि गाउँमा सँगै पढेर काठमाडौं पनि सँगै आएका हौँ| हामी दुबैका दाजुहरु यहिँ बस्ने भएकोले यता आएपछि बसाइ अलगअलग भयो| पढाइको रुचि अनुसार फरकफरक कलेज रोजियो|
पछिल्लो समय उसले स्नातक सकेर निजि बैंकमा जागिर खान्थी| म डिग्रीको पढाई सँगै एउटा निजि कम्पनीमा काम गर्थे| आज बिहान रुँदैरुँदै मलाइ “इमो”मा फोन गरि र छिट्टै भेट्न बोलाइ| म कामको शिलशिलामा पटनामा भएकोले तत्काल आउन नसक्ने बताएँ| साथै रुनाको कारणबारे पनि जिज्ञासा राखें|
धेरैबेरको रोदन र मेरो लगातारको प्रश्नले उसले समस्याको पोको खोली| उसकै बैंकमा कामगर्ने सहकर्मीसँग उसको प्रेमसम्बन्ध रहेछ| मनदेखि शुरु भएको प्रेम तनवदन हुँदै जातमा गएर अड्किएछ| अन्जली कथित दलित हो, बिश्वकर्मा|
उसको प्रेमी उपाध्याय बाहुन रहेछ| अहिलेको समयमा कम्तिमा हाम्रो पुस्ताले जातभातको कुरा गर्नु एकदमै दुखलाग्दो कुरा हो| उनीहरुलाई एकअर्काको जातको बारेमा थाह नभएको पनि होइन| दुबैलाई थाहा भएर पनि जातलाई गौण मानेर प्रेम गरेछन, अन्त्यमा बिहे गर्ने कुरा आएपछि परिवारको कारण देखाएर प्रेमी टाढियो| अन्जलीदेखि टाढा हुनलाई जागिरै सरुवा गरेर लगेछ|
आजको पढेलेखेको पुस्ता यस्तो छ, जो आफ्नै घरमा आफ्ना बाआमालाई मनाउन सक्दैन| भोलिको बाटोमा आउनसक्ने अवरोध र व्यवधानको लागि पुर्व तयारी गर्दैन भने उसले पढेको के काम भयो| उसले हाँसिल गरेको ज्ञान र शिक्षाकै बेईज्जत भएन र? अरुबेला देश बदल्ने ठुलाठुला कुरा गर्नेहरुले पहिला आफुलाई र आफ्नालाई बदलेर देखाउन|
अन्जलीले आफु सानो जातको भएर भोग्नुपरेको यो पहिलो घटना भने होइन| सानैदेखि यस्तो व्यवहार हुन्थ्यो, हामीले सम्झाउथ्यों| कति बुझ्थी कति बुझ्दिनथिइ उसैले जानोस्| हामी साथीहरु एकअर्काको घरमा आउजाउ गर्थ्यौं|
झन् केहि बिशेष पुजाआजा, बिहे बटुलो हुँदा त नगई नहुने| छोरीले कर गरेर बोलाउने बाउआमाले घरमा पस्न नदिने धेरै पटक हुन्थ्यो| यसरि अपमानित हुँदापनि उसले कहिल्यै साथ छोड्दिन थिइ, शायद आफुलाई त्यहि अनुरुप तयार पारेकी थिइ|
मलाइ अचम्म लाग्छ, जब कोहि दलितको घरमा केहि पवित्र कार्य हुन्छ| कथित ठुला जातकाले फलफुल प्रसाद बाहेक अरु खाँदैनन| फलफुल छोइदैन अरु छोइन्छ रे! दलितको घरमा पालेका सुँगुर, खसी बोका, कुखुरा खान हुन्छ रे, तर उसले छोएको खान हुँदैन रे|
उनीहरुले खसी बोका के रिमोटले चल्ने बनाएर पालेका हुन्छन् र? दलितको खेतमा फलेको अन्न खान हुने, उसको धाराको पानि पिउन हुने, छोएको खान नहुने रे! कति हास्यास्पद छ है चलन? मेरो गाउँका प्राय दलितहरु रक्सि पार्छन र बजारका भट्टीवालालाई बेच्छन|
त्यहि रक्सीले मातेर सुतेका उपल्लो जातिका महामानवहरु भोलिपल्ट बिहान उठेर एक आम्खोरा पानीले जिउ पखाल्छन्, जनै मुसार्छन र चोखिन्छन्| उपल्लो जातमा जन्मिएकाहरू जति मैलिए पनि नुहाएर चोखिन्छ्न|
सुनपानी र जप गरेर दुरुस्त हुन्छन्| तर जिन्दगीभर सत्कर्म गर्ने दलितहरु किन कहिल्यै पवित्र हुनसक्दैनन? यो प्रश्नको जवाफ धर्म संस्कार र समाजको ठेक्का लिएका आफुलाई महान सम्झिने पात्रहरुले दिनुपर्दछ|
म बुझ्दछु शायद अन्जली यतिबेला आत्महत्या गर्नेबारे सोच्दैछे| नभएपनि उसलाई यो समाज र यसका देखावटी रिति रिवाजप्रति रुष्ट छे| जसलाई उसले आफ्नो सर्वस्व सुम्पिएकी थिइ उसैले आज नगरेको गल्तिको सजायँ दियो|
दलितको कोख अन्जलीले रोजेर पाएकी होइन| न कसैले उपाध्यायको कोख रोजेर या आफ्नो मिहेनतले पाएको हो| जुन कार्यमा आफ्नो केहि योगदान छैन त्यसमा घमण्ड किन गर्ने? अन्जलीलाई हौसला र ढाडस दिनेकाम मेरो लागि गाह्रो काम हो| उसलाई एकदिन पक्कै छुवाछुत र भेदभावको अन्त्य हुन्छ भनेर धेरैपटक हामीले ढाडस दियौं|
समय झन्डै दश बर्ष बित्यो तर आज हामी उही स्थानमा, उस्तै समस्यामा छौं| अब फेरी त्यहि कुराले उसलाई दिलासा दिएँ भने उसले पत्याउने छैन| उसको नजरमा मेरा कुरा फोस्रा हुनेछन| दशबर्ष अघि एउटी साथीले आफ्नी दिदीको बिहेमा बोलाएकी थिइ हामि सबैलाई| मिल्ने साथी भएकोले उसकी दिदी हामीलाई पनि प्यारो गर्थिन्|
अन्जलीले त आउदिन भन्दापनि दिदी आफैले जसरि पनि आउनु पर्छ भनेकी थिइन्| बेहुली निकाल्नु केहि अघि पुगेका हामीलाई बेहुली हुँदा दिदी कस्ती भईन भनेर हेर्ने रहर थियो, जो सबै केटीलाई हुन्छ| बेहुलीलाइ सिगार्ने मौका पनि पाइन्छ भनेर हामि चारपाँच जनाको हुल हुरुरु बेहुली राखेको कोठामा पस्यौं| बेहुली हेर्दै मात्रै थियौं बेहुलीकी हजुरआमाले अन्जलीलाइ भन्नु नभन्नु भनिन् |
आफ्नो साथीको कोठामा पस्नु उनको अपराध थियो| भन्नलाई त हजुरआमाले “बाहुनको घरमा के भनेर पस्छेस ए कमिनी” भनिन्| तर हामि बाहुनको घरमा पसेका क्षेत्रिनी, लिम्बुनी, कमिनी र नेवारनीहरु पसेका थिएनौं| हामि त साथीको घरमा पसेका साथीहरु थियौं| हजुरआमाले चिन्न सक्नुभएन, निम्तो गर्ने साथीले रोक्न खोजिन तर उ निरिह भई |
त्यसबेला बिहेको कार्यक्रम बहिष्कार गरेर हिडेका हामीहरु असाध्यै दुखी भयौं| अन्जलीले बरु सामान्य बन्ने प्रयास गरि हुनसक्छ यो उसको दैनिकी थियो| तर हामि उसका साथीहरुलाई ज्यादै नरमाइलो लाग्यो|
बिहेमा आएका धेरै मान्छेहरुका अगाडी त्यसरी गरेको बेइज्जती हामीले त भुल्न सकेका छैनौँ भने उसले झन् कसरि सक्थी होला र? अहिले उसले प्रेम गरेको मान्छे पनि कथित उपल्लो जातीको हो| शायद उसले प्रेममा प्रेम मात्रै देखि होला, जातभात देखिन| त्यस्तो बेला कसैले पनि जातभात, उमेर, क्षेत्र, वर्ण र वर्ग हेर्दैन| हेरियो भने त्यो प्रेम हुनैसक्दैन, सम्झौता हुन्छ|
यतिबेला म अन्जलीलाइ के भनेर सम्झाउने भनेर सोच्दै छु| भोलि म काठमाडौं पुग्छु, उसकोमा जान्छु| मलाइ भेटेपछि उ झन् धेरै रुनेछे| यहाँ उसको आत्मसम्मान र हौसला मात्रै होइन मनमुटु सबै लुटिएको छ| यो देशमा केटि भएर जन्मिनु एउटा अभिसाप हो| झन् ग्रामिण भेग, पुरातन र रुढिबादी सोच भएको समाजमा जन्मिनु अर्को अपराध हो| झन् दलितको कोखमा जन्मिनु अर्को पाप हो| यी सबैको सजायँ भोगिराखेकी छे अन्जली|
अब मैले बिद्रोह गर्नुको बिकल्प देख्दिनँ| म नभए कोहि न कोहि त बोल्नैपर्छ| आज नभए भोलि त बोल्नैपर्छ| अन्जली, अब हामीले चुनौती दिनुछ यो समाजलाई र यसका टाउकेहरुलाई|
तिमीहरुले बनाएको नियम, तिमीहरुले लादेको संस्कार हामीलाई स्वीकार्य छैन| तिमीहरुले बिना पौरख पाएको तिमीहरुको जात तिम्रा बाउ बराजेले कुनै युध्द जितेर पाएका होइनन्| जबर्जस्ति लादिएको यो जात हामि अब त्यागीदिन्छौं| मर्ने बेलामा घिटघिट हुँदा रगत दिनेको जात कसैले सोध्दैन| दवाई कुन जातको मान्छेले दियो कसैले खोज्दैन| किनकि त्यो बेला तिमीहरुलाई बाँच्नु मुख्य कुरा हुन्छ|
अन्जली, यी सबै ढोंगीहरु हुन्| तिम्रा डाक्टर मामाले दलित भएपनि दिएको स्लाइन र सिटामोल यिनलाई चल्छ तर तिमी घरमा पसेको सहदै
नन| आफ्नो अभिष्ट पुरा गर्न, बैंश पोख्ने ठाउँ नपाउदा कसैले कुनै युवतीलाई सोध्दैन कुन जातकी भनेर | अझ जबर्जस्ति गर्न तम्सिन्छन ब्वाँसाको जस्तो रुप लिएर| गुहुमा किरा गाडिए जसरि गाडिन्छन् हाम्रो शरीरमा |
तर त्यसैलाई आफ्नी श्रीमती बनाउन यिनलाई संस्कारले रोक्छ रे| यिनलाई दलित पछाडी हिडेको मनपर्छ, सँगै हिड्नु हुँदैन |
हुनत अन्जली म पनि तिमीलाई पींडा दिने पीडक जातको हुँ| मैले पींडा नदिए पनि मेरा सजातियहरुले तिमीलाई सदियौं देखि सहिनसक्नु पींडा दिए| तर अब मलाइ मेरो जातमोह छैन| हो, मलाइ घिन लाग्छ मेरो उपल्ल्लो भनिएको जातसंग, मैले बिना मिहेनत पाएको यो जात यहि समाजलाई फिर्ता दिन्छु| थुक्क मेरो जात! जोवन चल्ने, भोजन नचल्ने
किशोरी निर्मला पन्तलाई उनकी साथी रोशनी बमले घटना हुनु एक साताअघिदेखि नै डान्स सिक्न जान कर गरिरहेकी थिइन् । ‘साउनमा स्कुल वर्षेबिदा भएदेखि ऊ दिनहुँ आउँथी र जतिखेर पनि निर्मलालाई डान्स सिक्न पठाउनु न आन्टी भनेर कर गरिरहन्थी,’ आमा दुर्गादेवी पन्त भन्छिन्, ‘मैले हुँदैन, डान्स सिक्ने हाम्रो अवस्था पनि होइन र इच्छा पनि छैन भनेर टारेँ । तर उसले जिद्दी गरेको गर्यै गरेपछि अर्काकी छोरीलाई सम्झाइरहनुभन्दा आफ्नै छोरी नजाओस् भनेर निर्मलालाई दुई–चार चड्कन लगाएकी थिएँ ।’
त्यसको दुई दिनपछि साउन ९ गते आमा नभएका बेलामा रोशनी निर्मलालाई भेट्न उनको घर पुगिन् । गुजाराका लागि निर्मलाका बा घरदेखि अलि पर कञ्चनपुरकै भासी भन्ने ठाउँमा ठेलामा पानीपुरी बेच्थे ।
निर्मलाकी आमा पनि घरमै चटपटे बेच्ने गर्थिन् । आफू नभएका बेलामा आएकी रोशनीले उधारोमा चटपटे खाएको र ‘भोलि घरमा पैसा लिन आउनू’ भनेको कुरो पछि मात्रै आफ्नी अर्की छोरीबाट दुर्गादेवीले थाहा पाइन् ।
साउन १० गते बिहान ९ बजे दुर्गादेवीले निर्मला र अरू दुई छोरीसँगै खाना खाइन् । अनि निर्मलालाई होमवर्क गर्दै पसलमा बस्नु भनेर सामान लिन बजारतिर हिँडिन् ।
‘दिउँसो १ बजे फर्केर आउँदा कान्छी छोरी मात्रै थिई, जेठी छिमेकीकोमा गएकी रहिछ,’ उनी भन्छिन्, ‘मैले निर्मला खोइ भनेर सोधें, उसले रोशनीकोमा गाइड बुक र अम्बा लिन जान्छु भनेर हिँडी भनी । निर्मला ११ बजे गएकी रहिछ ।उज्यालोपाटीबाट साभार गरीएको


