महानिर्देशक झुठ बोलेपछि प्रधानमन्त्रीले यसरी हप्काए, कहिले खुल्छ दशैंको बुकिङ



हाम्रो इकोनोमि

 

 

 बडादशैं नजिकिँदै गर्दा अहिलेसम्म यातायातमा टिकट बुकिङ खुल्न सकेको छैन । सरकारले भदौ २४ गतेदेखि बुकिङ खुल्ने भनेर पहिले घोषणा गरे पनि यातायात व्यवसायीसंग कुरा मिल्न नसकेपछि बुकिङ कम्तीमा एक हप्ता अझै खुल्ने सम्भावना छैन ।

 

यातायात व्यवसायीहरुले सरकारद्धारा सिन्डिकेट हटाइएको बताएर आफूहरुको रोजगारी खोसेको भन्दै आक्रोश पोखेका छन् । उनीहरुले बैंक खाता रोक्का गरेर आफूहरुको सम्पत्तिमाथि सरकारले आधिपत्य जमाएको आरोपसमेत लगाएका छन् ।

 

व्यवसायीहरुले सरकारले सिन्डिकेटको नाममा समिति नै खारेज गरेर कम्पनीमा जानुपर्छ भनेपछि व्यवसायीहरु अलमलमा छन् ।

 

उनीहरु व्यवसायलाई नियमित गर्ने कि छाड्ने भन्ने दोधारमा छन् । यस्तोमा उनीहरुले दशैंलाई नै केन्द्रबिन्दूमा राखेर सरकारसंग बार्गेनिङ गरिरहेको बुझिन्छ ।

 

तर प्रधानमन्त्री केपी शर्मा ओली भने यातायात व्यवस्था विभागका महानिर्देशक  लावण्यकुमार ढकाललाई गलपासो लगाएर उम्किएका छन् ।

 

‘जनतासंग प्रधानमन्त्री’ कार्यक्रममा उनले दशैंको टिकट बुकिङ छिट्टै खोल्न निर्देशन दिएर उम्किएका हुन् ।

 

स्पष्टै छ –गृहमन्त्री रामबहादुर थापा बादल र यातायात मन्त्री रघुवीर महासेठबीच टक्कर छ । बादल सिन्डिकेट हटाउन चाहन्छन् भने महासेठ सिन्डिकेट कायम राख्न चाहन्छन् ।

 

दुई मन्त्रीबीच एकता नभएसम्म यो प्रक्रिया रोकिइरहने छ । महानिर्देशक ढकालले केही दिनमै समस्या समाधान हुने भनेका छन् ।

 

यातायात व्यवसायीहरुसंग सरकारले तीन पटक वार्ता गरिसकेको छ । आगामी आइतबार (भदौ ३१) गते पनि वार्ता हुँदैछ ।

 

यो वार्ता सफल भएन भने यातायात व्यवसायीहरुले असोज १ गते विश्वकर्माको पूजा गरी २ गते यातायात विभागमा गाडीको चाबी बुझाउने छन् ।

 

सरकार पक्कै पनि दवावमा छ । यात्रुहरुको चाप थेग्न सक्ने छैन । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘पहिले बैकल्पिक व्यवस्था गरेर सिन्डिकेट हटाउन सम्भव थिएन, त्यस्तो समस्या छैन, समाधान हुन्छ ।’

 

कानुनी अड्चन नआउने गरी कार्वाही अगाडि बढाउन प्रधानमन्त्रीले निर्देशन दिए पनि महानिर्देशक ढकालले भने वास्तविक विवाद लुकाएर केही दिनमा समाधान गर्छौं भनेका छन् ।

 

एक व्यवसायीले हाम्राकुरालाई भने, ‘समस्या ज्यूँका त्यूँ छ दुई दिनमा समाधान हुने सम्भावना हुने कम छ ।’ उनले महानिर्देशक झुठो बोल्न खप्पिस रहेको भन्दै समाधानका लागि कुनै राम्रो पहलसमेत हुन नसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...

बुथ कब्जा गर्ने कल्पना कसैले नगरे हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीप्रति प्रश्न उठाउने ठाउँ नै नभएको...

भदौ २४ को बिध्वंशका १० हजार भिडिओ क्लिप संकलन

    भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की...