पहिरोका कारण चिनियाँ नाकामा सडक अवरुद्ध, कन्टेनर बाटैमा रोकिए



हाम्रो इकोनोमि

 

 

ढुंगासहित पहिरो खसेपछि रसुवागढी भएर भित्रिने मालवाहक सवारीका साधन बाटैमा रोकिएका छन् ।

 

रसुवाको धुन्चे बजार देखि ३ मीटर नजिकको खोपङ्गभीर भन्ने स्थानमा पहिरो खसेपछि करिब मालकवाहक गाडी बीच बाटोमा नै रोकिएका छन् ।

 

रसुवाका निमित्त प्रहरी प्रमुख इन्सपेक्टर ओमप्रकाश वाग्लेले बाटोअवरुद्ध भएर मोटरसाईकल समेत ओहोर–दोहोर गर्ने अवस्था नरहेको बताए ।

 

आईतबार पहिरो खसेपछि अवरुद्ध भएको सडक अझै सुचारु हुन नसकेको उनले बताए । खोपङ्ग भीरमा पहिरो खसेपछि धेरै गाडीहरु रसुवागढी नाकातर्फ रोकिएका छन् । चीनबाट फर्किएका धेरै कन्टेनरमा स्याउ र मोबाइल सेवा प्रदायक कम्पनी एनसेलका सामानहरु भएको निमित्त प्रहरी प्रमुख वाग्लेले जानकारी दिए ।

 

चीनबाट दशैंका लागि तयारी कपडा, जुत्ता, चप्पल, खाद्यान्न, बिद्युतीय उपकरण लगायतका सामाग्री लिन जान लागेका करिब डेढ सय कन्टेनर र ट्रकहरु पनि अगाडि जान सकेका छैनन् ।

 

टिमुरेबाट स्याफ्रुसम्ममात्रै करिब ५० ट्रक र कन्टेनर रोकिएको सीमा प्रहरी चौकी टिमुरेका इन्सपेक्टर दिलिप क्षेत्रीले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार धुन्चेमा करिब ४० ट्रक र कन्टेनर अलपत्र परेका छन् ।

 

चाडबाडका बेला पटक–पटक बाटो अवरुद्ध हुँदा बजारमा समेत अभाव सिर्जना हुन थालेको व्यवसायीको गुनासो छ ।

 

यसअघि पनि खोपाङ्गभीर भन्ने स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध हुने गरेको थियो । गत भदौ १ गते धुञ्चे नजिक दुई ठाउँमा पहिरो जाँदा १५ दिन बाटो ठप्प भएको थियो ।

 

 

पहिरो पन्छाउने प्रयास भइरहेको छः प्रजिअ

बाटो खुलाउने प्रयास भइरहेको रसुवा जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले  भने– ‘चीनतर्फ जान लागेका र लिएर आएका करिब ३ सय कन्टेनर र ट्रक बाटैमा रोकिएका छन् । मंगलबारदेखि नै पहिरो पन्छाउने काम थालिए पनि ठूला ढुंगा हटाउन कठिनाइ भइरहेको छ ।’

 

सडक विभागसँग समन्वय गरेर बाटो खुलाउने प्रयास भइरहेको उनको भनाइ छ । पहिरो हटाउनका लागि दुई वटा स्काभेटर तथा एक एक वटा लोडर र जेसीभी प्रयोग भइरहेको छ ।

 

बाटो छेकेका दुईवटा ढुंगा ब्रेकरले फुटाएर हटाउने प्रयास भइरहेको तर पानी पर्ने क्रम नरोकिएकाले माथिबाट फेरि पहिरो खस्ने जोखिम रहेको प्रजिअले बताए ।

प्रतिक्रिया दिनुहोस
एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...

बुथ कब्जा गर्ने कल्पना कसैले नगरे हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीप्रति प्रश्न उठाउने ठाउँ नै नभएको...

भदौ २४ को बिध्वंशका १० हजार भिडिओ क्लिप संकलन

    भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की...