प्रचण्डले भने गृहमन्त्री थापालाई हटाउनुस, ओलीले भने हुन्न, अहिले बेला भएको छैन



 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारको नेतृत्व आधा आधा बाँड्ने अध्यक्षद्वय खड्डप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भद्र सहमति लागू नहुने स्थिति देखिएपछि मन्त्री फेरबदल हुने हल्ला चलाएर सरकारलाई कमजोर पार्न खोजिएपछि नेकपाभित्र तरंग उत्पन्न भएको छ ।

 

अध्यक्ष प्रचण्डले मन्त्री फेरबदलको हल्ला चलाएर ओली नेतृत्वको कम्युनिस्ट सरकारलाई झन् कमजोर बनाउन खोजेको निश्कर्षमा ओली निकटका मन्त्री र नेताहरू पुगेका हुन् ।

 

प्रचण्डले मन्त्रिमण्डलका केही मन्त्रीहरू फेरबदल हुने हल्ला चलाएर दुई तिहाई बहुमत प्राप्त सरकार नेतृत्वलाई असफल पार्ने षड्यन्त्र गरेको सुइको पाएपछि प्रधानमन्त्री ओलीले पनि नयाँ कदम चलोका छन् । ओली र गृहमन्त्री रामबहादुर थापाले सरकारको पक्षमा एउटै स्वर दिन थालेका छन् । ओली र थापाले मन्त्रिमण्डल परिवर्तन नहुने धारणा सार्वजनिक गरेका छन् ।

 

मन्त्रिमण्डलका सदस्यहरू फेरबदल गर्दा पहिलो नम्बरमा गृहमन्त्री थापाको नाम रहेको प्रचण्ड पक्षधरहरूको भनाइ थियो । मन्त्रीबाट हटाउने पहिलो सूचीमा रहेका गृहमन्त्री थापा र प्रधानमन्त्री ओलीले त्यसको खण्डन गरेका छन् ।

 

प्रचण्ड भारत भ्रमण जानुअघि मन्त्रिमण्डलका केही सदस्य फेरबदल गर्न सकिने संकेत गरेका थिए । प्रचण्ड भारत रहेकैबेला काउन्टर जवाफ दिँदै ओली र गृहमन्त्री थापाले मन्त्रिपरिषद् सदस्यहरू फेरबदल नहुने जवाफ दिए ।

 

ओली र थापा मिलेको चालपाएपछि प्रचण्डले त्रिभुवन विमानस्थलबाटै भने, ‘प्रधानमन्त्रीले मन्त्रिपरिषद् फेरबदल बारे जे भन्नुभयो त्यही हो ।’ प्रचण्ड आफ्नो भनाइमा अडिन सकेनन् ।

 

हत्या, अपहरण, बलात्कारसहितका घट्नाक्रम र शान्ति सुरक्षा बनाउन नसकेको भन्दै गृहमन्त्री थापाको चर्को आलोचना भइरहेको बेला सरकारबाट फिर्ता बोलाउने भन्ने प्रचार बाहिर गरिएको प्रधानमन्त्री र गृहमन्त्री निकटका नेताहरूको भनाइ छ ।

 

प्रचण्डले गृहमन्त्री थापालाई हटाएर ‘रिक्स’ मोल्न नचाहेको बताए पनि दुई वर्षपछि सरकारको नेतृत्व फेरबदल हुने प्रचण्ड निकटका नेताहरूले बताउने गरेका छन् ।

 

ओलीले एउटै पार्टीभित्र सरकार नेतृत्वका लागि किन आलोपालो गर्ने ? सरकार नेतृत्व फेरबदल हुन्न भन्ने सन्देश आफू निकटका नेताहरूलाई दिएपछि पार्टीभित्रको समीकरण बदलिएको स्रोतले उल्लेख गरेको छ । जुन घट्नाले प्रधामन्त्री ओली र गृहमन्त्री थापाबीच सम्बन्ध झन् कस्सिएको छ ।

 

सरकारलाई बलियो बनाउने विषयमा मात्रै ओली र थापा एक हुँदा पार्टीभित्रको समीकरणमा समेत उनीहरूले भिन्नता दिएका छन् । जसको परिणाम कुनै पनि बेला प्रधानमन्त्री हुन्छु भनेर डोल्पाबाट चुनाव लड्न तरखर गरेका वामदेव गौतमको यात्रामा समेत बे्रक लागेको छ ।

 

वामदेवले चुनाव जितेर आउनु भनेको सबैभन्दा बढी खतरा प्रधानमन्त्री ओलीलाई हुने एक नेताले बताए । ‘गौतमलाई प्रधामन्त्री हुन हतार छ’, स्रोतले भन्यो, ‘उनको चहानालाई पूरा गर्न सरकार अस्थिर बनाउनका लागि पार्टीभित्रै चलखेल शुरु हुँदा झन् भद्रगोल हुने संकेत प्रधानमन्त्रीज्यूले पाइसक्नु भएको छ ।’

 

प्रचण्डले गृहमन्त्रीलाई हटाउने हल्ला चलाएर गृह प्रशासनलाई कमजोर बनाउन खोजेको आरोप नेताहरूकै छ । प्रहरी अधिकृतहरूको मनोबल कमजोर पार्ने र त्यसको अपजस सरकार नेतृत्व प्रधानमन्त्री ओलीलाई दिने उद्देश्यले गृहमन्त्री हटाउने प्रपञ्च रचेको ओली र थापाले चाल पाएको स्रोतले जनाएको छ ।

 

एकताप्रक्रिया र सांगठनिक रुपमा पूर्वमाओवादीभित्र दोस्रो शक्तिशाली भएकाले पनि थापाप्रति आक्रमण भएको नेताहरूको बुझाइ छ ।

 

कतिपय नेता र मन्त्रीका स्वकीय सचिवहरूले सार्वजनिक रुपमै गृहमन्त्रीका विरुद्ध अभिव्यक्ति दिएका छन् । त्यो षड्यन्त्रलाई प्रधानमन्त्री र गृहमन्त्रीले बेलैमा बुझेको सचिवालयका एक सदस्यले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको