प्रदेश १ का मुख्यमन्त्री शेरधन राई मंसिरमा वैवाहिक जीवनमा बाधिदै, को होलिन ती भाग्यमानी युवती ?



 

 

अविवाहत हुँदै मुख्यमन्त्री बन्न सफल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले छिट्टै बिहे गर्न लागेको कुराको खुलासा गरेका छन् ।

 

राजनीतिमा लाग्दा बिहेको बारेमा सोच्ने नभ्याएको बताउदै आएका राईले यसरी लगन गाँठो कस्न अहिले चाहिँ कसरी समय मिलाए होलान बन्ने जिज्ञासामा राईले जीवनमा साथीको महशुस हुँदै गएकाले बिहे गर्नि निधोमा पुगेको जनाए ।

 

यस्तै, राजनीतिलाई बुझ्ने र यो पेशालाई सम्मान गर्ने युवतिको खोजीमा रहेको भन्दै राईले बिवाह हुने युवतीको नाम भने खुलाउन चाहेनन् । यसै वर्षको मंसिरमा लगनगाँठो कस्ने सुरसारमा रहेका राईले विवाह भने सामान्य तरिकाले हुने जनाए ।

 

बिवाहको प्रसंगमा राईले भने,‘राजनीतिमा लागेर देशको सेवा गर्दागर्दै मैले विवाह गर्ने सोच्नसम्मपनि सकिँन् । अब भने यही मंसिरमा विवाह गर्छु । मैले विवाह गर्ने निर्णय गरें ।’

 

केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार दिन कुनै किसिमको सम्झाैता गर्न नहुने तर्क समेत उनको छ । संघियताको मर्म र संविधानको मरमलाई सवैलाई कडाइका साथ पालना गरे यस्ता समस्या आउन नै नपाउने तर्क राईको छ ।

केसीको राजीनामा फिर्ता,

गृहमन्त्रीले सरुवा मिलाइदिने आश्वासन दिएको संकेत

कञ्चनपुरकी वालिका निर्मला पन्तको बलात्कारपछि हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिबाट सोमबार राजीनामा दिएका उपसचिव वीरेन्द्रबहादुर केसी फेरि समितिमा फर्किएका छन् । केसीको ढुलमुलेगतिविधि र लटरपट कुरा गराईले हत्याको अनुसन्धान प्रक्रिया थप सन्देहास्पद बनेको छ ।

 

ज्यानकै सुरक्षा नहुने भो भन्दै छानविन समितिबाट राजीनामा दिएको ४८ घण्टापछि बुधबार गृह मन्त्रालयमै पत्रकार सम्मेलन गरेर केसीले आफू समितिमा फर्किएको बताए ।

यो ४८ घण्टाको वीचमा केसीले गृहमन्त्री रामबहादुर थापा बादल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र छानविन समितिका संयोजक हरिप्रसाद मैनालीलाई भेटेका थिए ।

 

केसीका अनुसार सोमबार राजीनामा दिनुअघि पनि गृहमन्त्रीलाई भेट्ने प्रयास गरेका थिए । तर, सम्भव नभएपछि पत्रकार सम्मेलन नै गरेर राजीनामा घोषणा गरेका थिए । निर्मलाले न्याय नपाउने देखेपछि राजीनामा दिनुपरेको केसीले बताएका थिए ।

 

तर, बुधबार भएको छलफलमा आफ्नो र गृहमन्त्रीको धारणा एउटै पाइएकाले समितिमा बसेर काम गर्न सहमत भएको केसीले बताए । उनले भने- ‘हिजो छोड्दा पनि निर्मला हत्याकाण्डका वास्तविक अपराधीहरु न्यायको कठघरा आउनुपर्छ भन्ने हो ।’

 

राजीनामा दिँदा भनेका थिए केसीले ?

निर्मला पन्तको हत्या र त्यसपछि भएको आन्दोलनमा प्रहरीले चलाएको गोलीकाण्डबारे छानविन गर्न सरकारले गृहमन्त्रालयका सह-सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानविन समिति बनाएको थियो । प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिवसमेत रहेका केसी सो छानविन समितिका एक सदस्य हुन् ।

 

मैनाली नेतृत्वको समितिले तत्कालीन प्रहरी नेतृत्वको घटनाको अनुसन्धानमा लापरवाही गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ । तर, समितिको प्रतिवेदन लेख्ने क्रम नसकिँदै केसीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेपछि एक प्रकारको तरंग आयो ।

 

राजीनामा घोषणा गर्दैगर्दा केसीले छानविन समितिको म्याद थपिएकोमा असन्तुष्टि मात्रै जनाएनन्, निर्मलाका हत्यारा पत्ता लगाई दोषीमाथि कारबाही हुनेमा समेत शंका गरे ।

राजीनामाका क्रममा केसीले दुईवटा विषय उठाएका थिए-

 

१- दिलिपसिंह बिष्टको डीएनए टेष्टको कम्प्लिकेशन र १५ दिनभित्र प्रतिवेदन पेश नगरेमा हुन सक्ने सम्भावित दुर्घटना र अपराधी उम्कन सक्ने सम्भावनाबारे समितिसमक्ष बारम्बार आफ्ना धारणा राख्दै आएँ । मेरा धारणा र तथ्य ओझेलमा पर्न सक्ने सम्भावना देखेर जिम्मेवारीबाट हटेँ ।

 

२- पन्ध्र दिन म्याद थप गरेको यससन्दर्भमा निर्मला पन्तको बर्वरतापूर्वक जघन्य अपराधको विरुद्धमा उभिई निर्मलाको आत्मा र परिवारलाई यस समितिको सदस्यबाट न्याय दिन मेरो तर्फबाट असम्भव देखेँ ।

 

पत्रकारले र्‍याख र्‍याखी पारेपछि….

बुधबार तब घटनाले नाटकीय रुप लियो, जब केसीले गृह मन्त्रालयमा अर्को पत्रकार सम्मेलन गरेर आफू फेरि छानविन समितिमै फर्किएको घोषणा गरे ।

 

गृहमा आयोजित पत्रकार सम्मेलनमा केसीलाई साञ्चारकर्मीले सोधे- ‘हिजो छानविन समितिले न्याय दिन सक्दैन भन्नुभएको थियो, अब यही समिति न्याय दिन सक्ने कसरी भयो ? तपाईलाई कसले ज्यान मार्ने धम्की दियो ?

 

पत्रकारले र्‍याखर्‍याख्ती पारेपछि केसीले असुक्षित महसुस गर्नुको कारण सुनाए । उनका अनुसार १५ गते उनी एक्लै निर्मलाको साइकल र शव भेटिएको ठाउँको अध्ययन गर्न घटनास्थलमा गएका थिए । सीडीओसँग गाडी मागेर गएका उनले निर्मलाको साइकल देखेका व्यक्ति र निर्मलाका बुबालाई मात्रै त्यहाँ बोलाएका थिए ।

 

आफू स्थलगत अध्ययन गरिरहेका बेला केही स्थानीय पनि आए । त्यही क्रममा एकजना मोटरसाइकलमा आएको मोटो व्यक्ति त्यहाँ आए र भने, ‘सर, तपाईले काम सह्रानीय छ । तर, यस अगाडि पनि मान्छेलाई ब्रेक फेल भयो भनेर ट्रकले किचेर मारेका छन् । अलि ख्याल गर्नुस्, सोच्नुस्’ भनेर हिँडे ।

 

त्यसपछि आफू जिल्ला प्रशासन कार्यालयमा फर्किएको त्यसपछि संयुक्तरुपमा मात्र अनुसन्धानमा खटिएको उनले सुनाए । तर, ती मोटो व्यक्तिको मोटरसाइकल नम्बर थाहा नभएको केसीले बताए ।

 

हुन त केसीले असुक्षित महसुस गरे होलान् । तर, यो ‘धम्की’ र सोमबार राजीनामा दिँदा समितिबाट निर्मलाको आत्मा र परिवारलाई न्याय दिन असम्भव देख्नुमा कुनै तालमेल छ कि छैन ? अनि त्यसरी छानविन समितिका सदस्य केसीलाई धम्की दिने भनिएको व्यक्तिलाई अनुसन्धानको दायरामा किन ल्याइएन ? यो अर्को प्रश्न हो ।

 

बुधबार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यही प्रश्न गर्दा उपसचिव केसीले भने, ‘तपाईले कसरी असुरक्षित महसुस गर्नुभयो भनेर सोध्नुभएकाले मैले यो घटना बताएको हुँ । छानविन समितिमा भएका मतमतान्तर सबै भन्न सक्दिनँ ।’

 

अब निर्मलाका वास्तविक हत्यारा पत्ता लाग्छन् त ? तपाई समितिमा फर्किएकै भरमा कसरी विश्वास गर्ने ? उपसचिव केसीले यसको प्रष्ट जवाफ दिएनन् । उनी ‘मेरो स्टेटमेन्ट अहिले पनि हेर्नुस्’ भन्दै पन्छिए ।

 

गृहमन्त्रीसँग भएको भेटमा अनुसन्धानका क्रममा आफूले देखेका तथ्यहरु ढुक्कसँग राख्न सक्ने वातावरण बनाउने विश्वास दिलाएको केसीले बताए । अब प्रतिवेदन लेख्ने क्रममा सहमत भएका विषय संयुक्तरुपमा आउने र कुनै फरक मत भए त्यहीरुपमा राख्ने उनले बताए ।

 

तर, यत्तिले मात्रै छानविन समितिको सदस्यबाट केसीको राजीनामा र ४८ घण्टापछिको फिर्तीलाई पुष्टि गर्न कठिन छ ।

 

गृह मन्त्रालय स्रोतका अनुसार केसीले राजीनामा दिएपछि उनीमाथि नै छानविन गर्ने गृहकार्य थालिएको थियो । त्यसैले सरकारले दबाव वा प्रभावमा पारेर केसी हतार-हतार छानविन समितिमा फर्कन बाध्य भएका हुन सक्छन् । किनकि केसीको राजीनामाले निर्मला हत्याको छानविनमाथि नै गम्भीर प्रश्न उठाएको छ ।

 

अब अर्को आशंका केसी माथि नै सोझिएको छ । कानुन समूहका केसी काठमाडौंबाट प्रदेशमा जान तयार थिएनन् । तर, सरकारले खटाएपछि बाध्यताबस गएका उनले यो प्रकरणमा व्यक्तिगत लाभ लिन खोजेको र काठमाडौं फिर्ता आउने बाहना पनि हुन सक्ने मन्त्रालय स्रोतको अनुमान छ ।

 

काठमाडौं आउने चाहना पूरा गरेको हो कि भन्ने आशंकालाई बल पुग्ने गरी केसीले पत्रकार सम्मेलनमा भने, ‘गृहमन्त्रीज्यूले तपाईलाई सरुवा, शान्ति सुरक्षाको कुनै अप्ठ्यारो भएको छ भने हामी छौं भन्नुभएको छ ।’

 

केसीको फिर्तीले थप सन्देह

गत साउन १० मा साथीकहाँ गएकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । घटनाको अनुसन्धानमा प्रहरी प्रशासनको भूमिकामाथि स्थानीयले सुरुदेखि नै शंका गर्दै आएका छन् ।

 

‘भीआईपी’ अपराधीलाई उन्मुक्ति दिन खोजेको भन्दै कञ्चनपुबासीले आन्दोलन गरिरहेका बेला मानसिक सन्तुलन ठीक नभएका दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गर्‍यो । जसले आन्दोलनको आगोमा ध्यू थप्ने काम गर्‍यो ।

 

आन्दोलनकै क्रममा प्रहरीको गोलीबाट एक बालकको मृत्यु भएपछि मैनालीको नेतृत्वमा छानविन समिति गठन गरिएको थियो, जसमा केसीलाई पनि राखिएको थियो ।
छानविन समितिका सदस्य केसीले राजीनामा दिएको भोलिपल्टै मंगलबार दिलिप सिंह विष्टको डीएनए रिपोर्ट नेगेटिभ आएको खबर आयो । त्यही साँझ विष्टसँगै आँचल भनिने रोशनी बम र उनकी दिदी बविता बम पनि हिरासत मुक्त भइसकेका छन् ।

 

सबै घटनाक्रमले निर्मला हत्या प्रकरणको अनुसन्धान जटिल र सन्देहास्पद बनेको छ । र, यहीबेला वास्तविक अपराधी पक्राउ गर्नेमा संशय पैदा भएको भन्दै निर्मलाका आमाबुबा सरकारलाई दबाव दिन काठमाडौं आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको