कञ्चनपुर प्रकरण : गृहमन्त्रीले दुई घण्टा कान फुकेपछि काममा फर्किए केसी



हाम्रो इकोनोमि

 

 

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र त्यसपछि भएको  हत्या प्रकरणमा छानविनका लागि गठित उच्चस्तरीय छानविन टोलीबाट राजीनामा दिएको घोषणा गर्ने एक सदस्यले फेरि काममा फर्केको घोषणा गरेका छन् ।

 

गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गत भदौ सात गते गठन गरेको ५ सदस्यीय छानविन समितिका सदस्य तथा प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट छानविन समितिमा प्रतिनिधित्व गरेका विरेन्द्र बहादुर केसीले फेरि काममा फकिएएको घोषणा गरेका हुन् ।

 

समितिबाट राजीनामा दिएको तीन दिन नवित्दै उनी पुन काममा फर्केका हुन् ।  उनले बुधबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफु फेरि काममा फर्केको घोषणा गरे ।

 

केसीले यसअघि छानविन समितिको म्याद थप तथा छानविनका क्रममा आफूमाथि विभिन्न धम्की आएको भन्दै राजीनामाको घोषणा गरेका थिए ।

 

तर, तिनै केसीले बुधबार गृहमन्त्रालय र उच्चस्तरीय छानविन समितिका संयोजकसँगको छलफलपछि मन्त्रालय र आफ्नो समेत बास्तविक दोषी पत्ता लगाई  कारवाहीको दायरामा ल्याउने उद्देश्यमा एकमत भएकाले काममा फर्किएको बताएका छन् ।

 

समितिको थप भएको अवधिमा छानविन कार्यमा फेरि संलग्न भई निश्पक्ष छानविन गर्नसके निर्मला पन्तप्रति न्याय हुने ठहर गर्दै काममा फर्केको घोषणा गरेका हुन् ।

 

पत्रकार सम्मेलनमा केसीले आफ्नो गृहमन्त्री रामबहादुर थापासँग २ घण्टा लामो छलफल भएको र सो क्रममा  अाफ्नाे सुरक्षाको प्रत्याभूति गर्नुका साथै निर्मला पन्तको हत्यामा संलग्न दोषीमाथि कारबाही गर्ने सवालमा पनि एकमत देखिएकाले काममा फर्किएको बताए ।

 

तपाईँलाई कहाँबाट धम्की आएको भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उनले  भदौ १५ गते मोटरसाइकलमा आएका एक व्यक्तिले धम्क्याएको दाबी गरे ।

 

उनले भने, ‘भदौ १५ गते मोटरसाइकलमा आएका एक मोटो व्यक्तिले एक्लै आउनु भएको रहेछ, यहाँ यसअघि पनि ट्रकले किचेर मान्छेको मृत्यु भएको सुनिएको थियो। त्यहाँ अली खतरै छ भने ।’ त्यसपछि आफ्नो हत्याको योजना बनेको बुझेर समितिबाट अलग भएको उनको प्रष्टिकरण थियो ।

 

अनुसन्धानको दायर फराकिलो बनाउनुपर्छ भन्नेमा गृहमन्त्री रहेको भन्दै अब वास्तविक हत्यारा पत्ता लाग्ने पनि विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...