पूर्व कानूनमन्त्री तामाङको जीत, सार्वजनिक पदमा बसेकाले अनिवार्य सम्पति विवरण सार्वजनिक गर्नुपर्ने



 

 

आफू कानुनमन्त्री हुँदा सार्वजनिक पदमा रहेका ब्यक्तिले अनिवार्य आफ्नो सम्पत्ति बिवरण सार्वजनिक गर्नुपर्ने ब्यवस्थासहित कानुनको मस्यौदा तयार गरेपनि पछि मन्त्री परिषदको बैठकले सो बुँदा नै हटाएपछि पूर्व कानूनमन्त्री शेरबहादुर शेरबहादुर तामाङले यसबारे चर्को आवाज उठाए ।

 

मन्त्री पदबाट राजीनामा दिए पनि अन्तत्वोगत्वा उनको यो पहल सार्थक बनेको छ । मौलिक हक कार्यान्वयनका लागि संसदको राज्य व्यवस्था समितिमा छलफलमा रहेको ‘व्यक्तिको वैयक्तिक स्वतन्त्रता विधेयक’ मा समितिले उक्त व्यवस्था राख्ने सहमति गरेपछि अब अनिवार्य रुपमा सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भएको छ ।

 

सिंहदरबारमा भएको समितिको छलफलमा विधेयकमा यस्तो व्यवस्था राख्न सहमति भएको तामाङले बताएका छन् । यसअघि गोप्य राख्ने प्रस्ताव गरिएको थियो । तामाङ कानुनमन्त्री हुँदा मस्यौदा गरेको विधेयकमा उक्त दफामा सार्वजनिक गर्ने भनिएको थियो ।

 

तर, मन्त्रिपरिषद्बाट पारित भई प्रतिनिधिसभामा दर्ता हुँदा सार्वजनिक गर्नुपर्ने व्यवस्था हटाइएको थियो ।

 

तामाङका अनुसार यसअघि गोप्य रहने भनि राखिएको वैयक्तिक गोपनियतासम्बन्धी कानुनमा ‘सार्वजनिक पदधारण गरेका पदाधिकारीहरुको सम्पत्ति विवरण प्रचलित कानुन बमोजिम सार्वजनिक गर्न यस कानुनले कुनै बाधा नपर्ने’ भन्ने वाक्य राख्ने सहमति भएको छ ।

मध्याह्नसम्म तीन लाख भक्तजनले पशुपतिनाथको दर्शन गरे

 

भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका (तीज) पर्वका दिन मध्याह्न १२ बजेसम्म तीन लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजा गरेका छन् ।
बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खोली भक्तजन प्रवेश गराइएको थियो ।

 

यस वर्ष लाम व्यवस्थित भएकाले चक्रपथको तिलगङ्गा–गौशाला–चावहिल मार्ग सवारी चलिरहेको छ । यसले गर्दा भक्तजनलाई आवतजावत गर्न सहज भएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।

दर्शन गरेका महिलाले पशुपति क्षेत्रमा तीजका गीत गाई नृत्य प्रस्तुत गरिरहेका छन् । महिलाको विशेष उपस्थिति रहेको छ । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिलाको पशुपति परिसरमा भीड छ । उपत्यकाको गोकर्णेश्वर, डोलेश्वरलगायत शिवालय, उपत्यकाबाहिर धनेश्वर, कुशेश्वर, हलेसीलगायत शिव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो छ ।

तीजका दिन सक्नेले निराहार, नसक्नेले जलाहार र फलाहार गरी व्रत बस्ने परम्परा छ । कति भक्तजनले आजै हरितालिकाको पूजा लगाउँछन् । पूजा नलगाउनेले भाद्र शुक्ल चौँथीका दिन बिहान गोदान र पूर्णपात्र गरेपछि व्रत समापन हुन्छ ।

 

विवाहित नारीले पारिवारिक कल्याण एवं सुख शान्ति, अविवाहितले सुयोग्य वरको कामना गरी व्रत बस्ने परम्परा सत्य युगदेखि नै चली आएको धार्मिक विश्वास छ । यो व्रत सर्वप्रथम हिमालय पुत्री पार्वतीले गरी महादेव स्वामी पाएको पौराणिक कथन छ ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको