अदालतको अवहेलना गर्दै पर्यटन मन्त्रालय



 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषको सदस्य सचिव बिष्णुप्रसाद ढकालको नियुक्ति कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको अवहेलना गरेको छ ।

 

पर्यटन मन्त्रालयले ढकाललाई मन्त्रालय अन्तर्गतका विभाग, संघ संस्था र कोषका प्रमुखहरूलाई बोलाएर समीक्षा गर्नेक्रममा ढकाललाई लुम्बिनी विकास कोषको सदस्य सचिवको हैसियतमा नेमप्लेटसहित राखेको समाचार छ ।

 

सरकारले २०७५ साउन १० मा ढकाललाई कोषको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरी ११ गते पत्र दिएको थियो । कोषमा ढकालको नियुक्ति गैरकानूनी भएको दाबी गर्दै २०७५ साउन १६ मा शिव अर्याल र रामेश्वर श्रेष्ठले रिट दायर गरेका थिए ।

 

उक्त रिटमा सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीले २०७५ साउन २४ मा ढकालको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएका थिए । तर अदालतको अन्तरिम आदेशलाई बेवास्ता गर्दै पर्यटन मन्त्रालयले ढकाललाई मन्त्रालयका कार्यक्रममा लुम्बिनी विकास कोषको सदस्य सचिवकै हैसियतमा बोलाउने गरेको छ ।

 

ढकाल पनि लुम्बिनी विकास कोषको काठमाडौं सम्पर्क कार्यालय बबरमहलमा जाने र सबै कामकारबाहीमा भाग लिने गरेको स्रोत बताउछ । उनले अदालतको फैसला आफ्नै पक्षमा हुने कुरा तय भइसकेको भन्दै कोषको सम्पर्क कार्यालयमा नियमित जाने गरेको स्रोतले बताएको छ । यसरी अदालतले नियुक्ति नै नगर्न अन्तरिम आदेश दिएको छ भने अर्कोतिर उनी नियमित कार्यालयमा जाने गरेका छन् ।

 

रिटमा २०७४ पुस १८ मा कोषको सदस्य सचिवका लागि आवेदन माग गरी विज्ञापन प्रकाशित गरेको । आवेदकबाट कार्ययोजना प्रस्तुत गराई छनौटका सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको थियो ।

 

तर विज्ञापनको नतिजा प्रकाशित नगरी आवेदन नै नदिएका नेपाल सरकारका प्रमुख जिल्ला अधिकारीलाई नियुक्ति गरेकाले उनको नियुक्ति बदर गर्न माग गरिएको छ । र, २०७४ पुस १८ को विज्ञापनको नतिजा सार्वजनिक गर्न माग गरिएको छ । २०७४ पुस १८ मा कोषको सदस्य सचिवमा आवेदन दिने २२ निवदेनकर्तामध्ये अर्याल र श्रेष्ठ पनि थिए ।

 

बिष्णुप्रसाद ढकाल निजामती प्रशासनमा अति विवादित पात्र हुन् । उनी ठूलो रकम खर्च गरी कोषमा नियुक्त भएको चर्चा छ । पाल्पामा प्रमुख जिल्ला अधिकारी हुँदै उनी कोषको सदस्य सचिवमा नियुक्त हुन सफल भाग्यमानी कर्मचारी हुन् ।

 

नेपाल कम्युनिष्ट पार्टीमा कोषका लागि एक से एक लायक पात्रहरू थिए, पार्टीका  लागि बलिदान गरेका त्यस्ता कार्यकर्तालाई उपेक्षा गर्दै पर्यटन मन्त्री रविन्द्र अधिकारीले ब्यक्तिगत स्वार्थका आधारमा ढकाललाई नियुक्ति दिएकोमा ५ नम्बर प्रदेशको पार्टीमै असन्तुष्टि छाएको छ ।

 

ढकाल सर्वेन्द्रनाथ शुक्ल पर्यटन मन्त्री हुँदा लुम्बिनी विकास कोषमा उपसचिवकारुपमा सरुवा भएका थिए । त्यहीबेला नै उनले कोषको बजेट हिनामिना गरी भ्रष्टाचार गरेको आरोप खेप्दै आएका थिए । त्यही भएकाले करोडौं कमाउन सकिने देखेर न्वारानदेसखको बल लगाएर नियुक्तिका लागि लागेका थिए ।

 

ललितपुरको एलडीओ हुँदा उनले ढुंगा गिटी उत्खनन् गर्न दिएर प्राकृतिक दोहन गर्न छुट दिएबापत क्रसरवालाहरूसंग करोडौं असुलेको आरोप लागेको थियो । उनी रुपन्देहीका सीडीओ हुँदा नेकपाका महासचिव बिष्णु पौडेलेको नजिक हुन पनि सफल भएका थिए ।

साँधुबाट

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा

    नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन्

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको